25.3 C
Makwānpur
Homeटप न्युजराससको समाचारबारे अन्तत्र्रिmया पत्रकारको खाचो महसुस नै भएन
spot_img

राससको समाचारबारे अन्तत्र्रिmया पत्रकारको खाचो महसुस नै भएन

spot_img

हेटौंडा/राष्ट्रिय समाचार समिति (रासस) को ६५ औं वार्षिकोत्सवको अवसरमा बागमती प्रदेशसभामा राससको समाचार’ विषयक अन्तत्र्रिmया गरिएको छ ।
राष्ट्रिय समाचार समिति (रासस) बागमती प्रदेश कार्यालय हेटौंडाले मंगलबार अन्तत्र्रिmया गरेको हो । प्रदेशसभा उपसभामुख अप्सरा चापागाईंको प्रमुख आतिथ्यमा तथा रासस बागमती प्रदेश कार्यालय प्रमुख अञ्जु बिश्वकर्माको सभाध्यक्षमा कार्यक्रम भएको हो । कार्यक्रममा प्रदेश उपसभामुख चापागाईंले पत्रकारहरुले सत्य, तथ्य र निष्पक्षमा आधारित भएर पत्रकारिता गर्न सके निष्पक्ष पत्रकारिता हुने बताइन् । ३ वटा परिकल्पनामा आधारित भएर राससले काम गर्ने देखिएको र रासस संस्था समयअनुसार परिवर्तन भएको अनुभूति आफूले गरेको उनले बताइन् । समयअनुसार संस्थाहरु आफैं सक्षम हु“दै स्थानीय समुदायलाई सत्यतथ्य सूचना सम्प्रेषणका लागि अग्रणी भूमिका निर्वाह गर्ने कुरामा कहिले पनि रासस नचुकेको उनले बताइन् । राससस“ग जोडिएका मिडियाहरुलाई प्रदेशसभाबाट सहयोग गर्ने कामबाट पछि नपर्ने उनले विश्वास दिलाइन् ।

प्रदेशसभाले कानुन निर्माण गर्ने, सरकार निर्माण गर्ने, वार्षिकरुपमा बजेट पारित गर्ने, प्रदेशसभामा प्रतिनिधित्व गरेर जनताको जनमतबाट आएका प्रतिनिधिहरुले प्रदेशसभाभित्र रहेर जनताहरुका कुरा उठाउने काम गर्ने गरेको उनले बताइन् । सरकार निर्माणको काममात्र नभइ सरकारले गरेको कामहरुको अनुगमन गरेर मूल्यांकन गर्ने र सरकारलाई जवाफदेही बनाउने काम प्रदेशसभाले गर्ने गरेको उनले स्पष्ट पारिन् ।

- Advertisement - Ad Banner

अन्तत्र्रिmयामा गैरसरकारी महासंघ बागमती प्रदेश अध्यक्ष कमलकुमार बिश्वकर्माले राज्यमा पत्रकारको खा“चो भएको कुरालाई कसैले पनि महसुस गर्न नसकेको गुनासो गरेका छन् । गैरसरकार महासंघ प्रदेश अध्यक्ष बिश्वकर्माले हाल विज्ञान र प्रविधिको युगको समयमा सामाजिकसञ्जालका प्रयोगकर्ताले घटना घट्दै गर्दा र घटना घटेपछि लाइभ भिडियो सामाजिकसञ्जालमा प्रत्यक्ष प्रसारण गरिदिने गरेकोले राज्यमा पत्रकारको खा“चो भएको कुराको महसुस कसैले पनि नगरेको गुनासो गरेका हुन् । फेसबुक, टिकटक, युट्युबलगायत सामाजिकसञ्जालमा जसले पनि घटना घट्दै गर्दाको समयमा प्रत्यक्ष लाइभ भिडियो प्रसारण गरिदिने गरेकाले विश्वासनीयतामा कमी पुग्न गएको उनले बताए ।

उनले हालको समय र परिस्थितिअनुसार सामाजिकसञ्जालमा आउने हरेक सामग्रीलाई समाचारका रुपमा लिने गरेपछि गलत समाचारहरु सम्प्रेषण भएर नराम्रा किसिमका घटनाहरु घट्ने अवस्थाको सिर्जना भएको धारणा राखे । यस्तो अवस्थामा पत्रकारहरुले आफ्‌नो पत्रकारिताको भूमिकालाई जिम्मेवारपूर्ण तरिकाले विश्वसनीयता बढाउनु आवश्यक रहेको उनले बताए ।

मिडिया पत्रकारहरुले समाचार लेखेर जनतालाई ढुंगाले लेखिएको अक्षर हो अर्थात् यो सही समाचार हो भन्ने कुराको विश्वास दिलाउनु आवश्यक रहेको उनले धारणा राखेका छन् । हाल चुनावको समयमा कुनै एउटा दललाई च्यापेर पत्रकारिता गरेको र पार्टीगत्‌रुपमा प्रयोग भइरहेको उनले जिकिर गरे । उनका अनुसार यस्तो अवस्थामा उम्मेद्वारले चुनाव जितेमा दलमा लागेको पत्रकारको हाइहाइ हुने र नत्र चुनाव हारे त्यही पत्रकारको विश्वसनीयतामा दाग लाग्ने दाबी उनको छ । पत्रकारिता गर्नेहरुले सन्तुलनमा रहेर आफ्‌नो भूमिका निर्वाह गर्नुपर्ने कुराहरुलाई ध्यान दिनु आवश्यक रहेको उनले बताए ।

कार्यक्रममा प्रदेशसभा सदस्य प्रेमबहादुर पुलामी, नेकपा एमाले प्रमुख सचेतक एकालाल श्रेष्ठ, सञ्चार रजिष्ट्रार कार्यालय बागमती प्रदेशका सञ्चार रजिष्ट्रार रेवती सापकोटा, पत्रकार महासंघ बागमती प्रदेश अध्यक्ष कृष्ण सारुमगर, जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवक्ता एवम् डीएसपी पुष्कर बोगटी, जिल्ला समन्वय समिति मकवानपुर सभापति ललितबहादुर घलान, पत्रकार महासंघ मकवानपुरअध्यक्ष बालकृष्ण अधिकारी र रासस मकवानपुरकी संवाददाता अञ्जली थापालगायतको उपस्थिति थियो ।

spot_img
Basanta Ad

प्रतिक्रिया दिनुहोस

spot_img
spot_img

ताजा सन्देश

spot_img
spot_img

यो पनि