12.1 C
Makwānpur
Homeमुख्य समाचारलागुऔषध नियन्त्रणका लागि थालियो बहुक्षेत्रीय अभियान
spot_img

लागुऔषध नियन्त्रणका लागि थालियो बहुक्षेत्रीय अभियान

spot_img

हेटौंडा/रोकथाम, उपचार, पुनर्स्थापना र सामाजिक पुनःएकीकरणलाई एउटै ढा“चामा जोडिएको ऐतिहासिक पहल मकवानपुरमा लागुऔषध दुर्व्यसन बढ्दो सार्वजनिक स्वास्थ्य र सामाजिक चुनौतीका रुपमा देखि“दै गएको सन्दर्भमा त्यसको दीर्घकालीन समाधानका लागि तीन महिनासम्म सञ्चालन हुने लागुऔषधविरुद्धको एकीकृत अभियान सुरु गरिएको छ ।

जिल्ला प्रशासन कार्यालय मकवानपुरको आयोजनामा तथा सिआन पुनर्स्थापना केन्द्रको व्यवस्थापनमा सञ्चालन भएको अभियानले जिल्लामा रोकथाम, उपचार, पुनर्स्थापना र सामाजिक पुनःएकीकरणलाई एकै साझा ढा“चामा जोड्दै अघि बढाउने लक्ष्य लिएको छ । यसलाई जिल्लाको इतिहासमा बहुआयामिक र समन्वयात्मक अभियानका रुपमा हेरिएको छ ।

- Advertisement - Ad Banner

अभियानको पहिलो कार्यक्रम सोमबार थाहा नगरपालिकामा भएको छ । पालिकास्तरीय समन्वय बैठक आयोजना गरिएको थियो, जसमा नगर प्रमुख विष्णुबहादुर बिष्ट, उपप्रमुख भारत गोपाली र प्रमुख प्रशासकीय अधिकृत निरज पौडेल सहभागी भए । बैठकमा कार्यपालिका सदस्यहरु, जनप्रतिनिधि, रकभरिङ नेपाल महासंघ, सुरक्षा निकाय र सरोकारवालाको सहभागिता थियो ।

छलफलका क्रममा जिल्लामा लागुऔषध प्रयोगकर्ताको वर्तमान अवस्था, विद्यमान चुनौती र समाधानका उपायबारे विमर्श गरिएको थियो । २०७६ सालमा गृह मन्त्रालयद्वारा स्थानीय तहलाई जारी गरिएको कार्यान्वयन निर्देशन प्रभावकारीरुपमा लागु गर्नुपर्ने विषयमा ध्यानाकर्षण गराइएको थियो । थाहा नगरपालिकाभित्र अभियानअन्तर्गत् तीन फरक कार्यक्रम सञ्चालन गरिएका छन् । जनकल्याण माध्यमिक विद्यालयमा कक्षा–८, ९ र १० का १ सय ३० विद्यार्थीको सहभागितामा लागुऔषधको दुष्प्रभावबारे जनचेतनामूलक कार्यक्रम गरिएको थियो ।

नगर प्रहरीको समन्वयमा नगरपालिकाको प्रवेशद्वारनजिक होर्डिङबोर्ड स्थापना गरिएको छ भने थाहा नगरका मुख्य सार्वजनिक स्थल दोबाटो, बसपार्क तथा बजार क्षेत्रमा सूचनामूलक पम्प्लेट वितरण गरिएको थियो । अभियानमा थाहा नगरपालिकाका जनप्रतिनिधि, महाशाखा/शाखा प्रमुख, रिकभरिङ नेपाल महासंघ, नेपाल प्रहरी, थाहा नगर प्रहरी, विद्यालय, सामाजिक अगुवाहरु तथा सिआन पुनर्स्थापना केन्द्रका प्रतिनिधिको सक्रिय सहभागिता थियो ।

आगामी तीन महिनाभर जिल्लाका विद्यालय तथा क्याम्पस सचेतना कार्यक्रम, युवा संवाद, समुदायमा आधारित अन्तत्र्रिmया, सडकनाटक, अभिभावक परामर्श सत्र, घरदैलो अभियान, हेल्पडेस्क सञ्चालन तथा उपचार–पुनर्स्थापनासम्बन्धि सेवा प्रदान गरिने आयोजकले जनाएका छन् ।
सिआन पुनर्स्थापना केन्द्रले पुरुष र महिलाका लागि छुट्टाछुट्टै पुनर्स्थापना सेवा सञ्चालन गर्दै आएको अनुभव र दक्षतालाई प्रयोग गरी अभियानलाई अझ प्रभावकारी बनाउने प्रतिबद्धता व्यक्त गरेको छ ।

अभियानको समापनमा आयोजकहरुले ॅसचेत नागरिक, सुरक्षित समाज’ निर्माणका लागि लागुऔषधविरुद्ध लडाइ“ सामूहिक जिम्मेवारी हो भन्ने सन्देशसहित सबै नागरिक, स्थानीय सरकार, शैक्षिक संस्था, सञ्चारकर्मी तथा नागरिक समाजलाई सक्रिय सहभागिताका लागि आह्‌वान गरेका छन् ।

spot_img
Basanta Ad

प्रतिक्रिया दिनुहोस

spot_img
spot_img

ताजा सन्देश

spot_img
spot_img

यो पनि