हेटौंडा/बागमती प्रदेशमा रहेको ३३ वटा प्रतिनिधिसभा निर्वाचन क्षेत्रका लागि प्रदेशका १३ वटा जिल्लाबाट ७ सय १९ जनाले उम्मेद्वारी दर्ता गराएका छन् । जसमध्ये केही हेभिवेट नेताहरु आफूले आफंैलाई मतदान गर्न पाउ“दैनन् । जनमतबाट संघीय सांसद् बन्ने आकांक्षासाथ चुनावी मैदानमा होमिएका चर्चित नेताहरु आफूले आफैंलाई मतदान गर्न पाउ“दैनन् ।
आफैंलाई मतदान गर्न नपाउने चर्चित नेता हुन्, राष्टिूय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने । चितवन–२ बाट प्रतिनिधिसभा सदस्य उम्मेद्वार लामिछानेले आफंैलाई मतदान गर्न पाउ“दैनन् । काठमाडौं–६ स्थायी ठेगाना भएका उनी काठमाडौं क्षेत्र नम्बर–३ का मतदाता हुन् । २०७९ को प्रतिनिधिसभा निर्वाचनदेखि चितवन–२ नछाडेका लामिछाने तेस्रो पटक यसै क्षेत्रको उम्मेद्वार बनेका हुन् ।
रास्वपाबाट उम्मेद्वार बनेका अर्का चर्चित उम्मेद्वार राजीव खत्रीले पनि आफैंलाई मतदान गर्न पाउ“दैनन् । भक्तपुर–२ का लागि रास्वपाबाट उम्मेद्वार बनेका उनको स्थायी ठेगाना काठमाडौं–३० कालोपुल ज्ञानेश्वर हो । उनी काठमाडौं–४ को मतदाता हुन् । उनले सोही क्षेत्रबाट चुनावी प्रस्पिर्धामा होमिन चाहेका थिए । तर, रास्वपा सभापति लामिछानेले त्यहा“ पुकार बमलाई टिकट दिएर उनलाई एमाले सचिव महेश बस्नेतस“ग भिड्न भक्तपुर–२ को टिकट थमाएका थिए ।
नेपाली कांग्रेसबाट काठमाडौं–५ को उम्मेद्वार कांग्रेस महामन्त्री प्रदीप पौडेलले पनि आफंैलाई मतदान गर्न पाउ“दैनन् । तनहु“को शुक्लागण्डकी नगरपालिका–८ स्थायी ठेगाना भएका पौडेल तनहु“–२ का मतदाता हुन् । २०७४ को निर्वाचनमा तनहु“–२ (१) बाट गण्डकी प्रदेशसभा सदस्य उम्मेद्वारी दिएका पौडेल पराजित भएका थिए । २०७९ को प्रतिनिधिसभा निर्वाचनमा काठमाडौं–५ बाट उम्मेद्वार बनेका उनले एमाले नेता ईश्वर पोखरेललाई ५ हजार मतान्तरले पराजित गरेका थिए । पुनः काठमाडौं–५ कै उम्मेद्वार बनेका पौडेले आफंैलाई भने मतदान गर्न पाउने छैनन् ।
राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का उम्मेद्वार रवीन्द्र मिश्रले पनि आफंैलाई मतदान गर्न पाउ“दैनन् । काठमाडौं–१ को लागि राप्रपा उम्मेद्वार बनेका मिश्र ललितपुरको ललितपुर महानगरपालिका–१८ का स्थायी बासिन्दा हुन् । उनी ललितपुर क्षेत्र नम्बर–३ का मतदाता हुन् ।
राप्रपाका वरिष्ठ उपाध्यक्षसमेत रहेका मिश्र २०७४ को निर्वाचनमा पनि सोही क्षेत्रका उम्मेद्वार बनेका थिए । तर, कांग्रेसका प्रकाशमान सिंह विजयी हु“दा उनी पराजित भए । २०७९ को निर्वाचनमा पनि उम्मेद्वारी दिए तर दोस्रोपटक पनि पराजित भएका हुन पुगे । दुवै निर्वाचनमा प्रकाशमान सिंहस“ग उनी पराजित भएका हुन् । २०७४ को निर्वाचनमा सिंहस“ग ८ सय १९ मतान्तरले पराजय भोग्नुपरेका मिश्र गत निर्वाचनमा १ सय २९ मतान्तरले पराजित भएका हुन् । आफ्नो निर्वाचन क्षेत्र छाडेर काठमाडौं–१ रोजेका मिश्रको यो तेस्रो पटकको उम्मेद्वारी हो । थोरै मतान्तरले दुई पटकसम्म पराजित भएका उनले आउ“दो निर्वाचनमा पनि आफ्नो मत आफैंलाई दिन पाउ“दैनन् ।









