9.6 C
Makwānpur
Homeमुख्य समाचारमकवानपुरे स्वाद फैलाउँदै ‘सान्साको भान्सा’
spot_img

मकवानपुरे स्वाद फैलाउँदै ‘सान्साको भान्सा’

spot_img

हेटौंडा/खानाको पारखी हेटौंडेली श्रुति आचार्य जबजब पसल जान्थिन्, तबतब उनलाई चटपट केही खाउँ भन्ने लाग्ने रहेछ । पसलमा रहेका खनेकुरा जब किनेर खान्थिन्, उनलाई यस भन्दा मिठो त आफंै बनाउन सक्छिन् भन्ने लाग्थ्यो र त्यस्तै खानेकुरा आफ्‌नै स्वादमा बनाएर परीक्षण गर्दै उनले आफ्‌नो स्नातक सक्काएर उद्योग नै दर्ता गरेर काम अघि बढाइन् ।
उद्योग दर्ता गर्दा भिन्न नाम सोच्दै उनले उद्योगको नाम आफ्‌नी छोरीको नाम ‘सान्सा’ सँग मिलाएर ‘सान्साको भान्सा उद्योग’ राखिन् । आफ्‌नो पहिलो उत्पादन चिकेन अचारको सुरुवात सँगै हौसिएकी उनले हाल बफ अचार, चिकेन किमा अचार, लसुन अचारलगायत उत्पादन सुरु गरेकी छन् । उद्योगमा केही युवाले पनि रोजगारीका साथै उद्योगसम्बन्धि केही सिक्ने अवसर पाएका रहेछन् ।
अब भेज मम, चिकेन मम, चिकेन पकौडा, बफ मम आदि उत्पादन गरेर फ्रोजन गरेर बेच्ने योजना बुन्दै छिन् । यस अवस्थामा उनले होटल एसोसिएसन मकवानपुरद्वारा हेटौंडामा आयोजित सडक खाना महोत्सवमा स्टल राखिन् । उनले आफ्‌नो स्टलमा अचारैअचार झिलिमिली पारेकी थिइन् भने उनको स्टलमा महोत्सवभरमा सबभन्दा धेरै चिकेन पकौडा र बफ तथा चिकेन अचारको माग रहेको जानकारी दिइन् ।

spot_img
Basanta Ad

प्रतिक्रिया दिनुहोस

spot_img
spot_img

ताजा सन्देश

spot_img
spot_img

यो पनि