हेटौंडा/मकवानपुरको कैलाश गाउ“पालिका–४, धुस्राङका लालकुमार प्रजाका दम्पत्ति काठले बनेको सानो छाप्रोमा जीविका चलाउ“दै आएका थिए । निःसन्तान प्रजा दम्पत्ति मेलापात र ज्यालदारीबाट दैनिक जीवन गुजार्दै गर्दै आएका थिए । आफ्नो कमाइले घर बनाएर बस्न सकिएला भन्ने लालबहादुरलाई कहिल्यै लागेको थिएन । हिउ“द लागेपछि घरनजिक पाखाको खर काटेर काटेर घर छाउने उनीहरुलाई अब यस चिन्ता सधैंका लागि हटेको छ ।
गाउ“मै रहेको आफ्नै १० धुर जग्गामा तीनकोठे पक्की घर बनेस“गै प्रजा दम्पत्तिको मुहारमा खुशी झल्किएको छ । घामपानी छिर्ने छाप्रोमा कठिन जीवन बिताउ“दै आएका उनीहरुलाई अब न हिउ“दमा खर काटेर घर छाउने चिन्ता छ, न त राम्रो घरमा बस्न नपाइने पीडा नै बा“की छ । ॅमैले कमाएर घर बनाम्छु भन्ने थिएन । अरुको ज्याला मजदुरी गरेर दुई बुढाबुढीको ज्यान पालेका छम्,’ नया“ घरतिर हेर्दै लालकुमारले भने–बागमती सरकारले हामी दुःखीको आ“सु देख्यो । धेरै खुशी छम् ।
लालकुमारकी पत्नी सानुमाया प्रजा पनि निकै खुशी छन् । एउटा हात कमजोर रहेको उनी एउटै हातले घरधन्दा धान्दै आएकी छन् । हरेक वर्ष खर काट्नु, बोक्नु र घर छाउनु नै उनका लागि कष्ट थियो । काठको खा“बो र खरले छाएको छाप्रोमा बसेर ३१ वर्ष बिताएकी सानुमाया पक्की घरमा बस्न पाउने भएपछि दंग देखिएकी हुन् । ॅ१९ वर्ष उमेरमा बिहे गरेको आइयो । त्यस बेला छाप्रोमै जीवन बित्यो,’ उनले भनिन्–म केही गर्न सक्दिन“ । एउटा हात चल्दैन । बुढाले अरुको दाउरा चिर्नी, मेला जानी गरेर कमाएको पैसाले खान पनि मुस्किल हुन्छ । घर बनाएर बस्न सक्ने त सोचेकै थिएनौं । घर हेर्दा पनि सपना जस्तो लागिराछ ।
प्रजा दम्पत्तिको घर बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानिया“ले निर्माण गरिदिएका हुन् । साउन २० गते बागमती प्रदेशको मुख्यमन्त्री नियुक्त भएका बानिया“ले आफ्नो निर्वाचन क्षेत्रका तीन जनाका लागि घर निर्माण गरिदिने निर्णय गरेका थिए । सपथग्रहणपश्चात् पदभारग्रहण गर्दै मुख्यमन्त्री बानिया“ले आफ्नो सेवासुबिधाबापत् रकमले अतिविपन्न परिवारको लागि घर निर्माण गरिदिने निर्णय गरेका हुन् ।
उनको निर्वाचन क्षेत्रअर्न्तगत् पर्ने मकवानपुरको मनहरी गाउ“पालिका, राक्सिराङ गाउ“पालिका र कैलाश गाउ“पालिकामा एक/एक वटा घर बनाउने निर्णयअनुरुप स्थानीय जनप्रतिनिधिहरुले अतिविपन्न परिवारको नाम सिफारिस गरे । सोहीअनुरुप बानिया“ले आइतबार दोस्रो घरका रुपमा कैलाशका लालकुमारको दम्पत्तिलाई घर हस्तान्तरण गरेका हुन् ।
ॅम मुख्यमन्त्री नियुक्त भएपछि आएको तलबभत्तालगायत रकम गरिब जनताको लागि खर्च गर्छु भन्ने निर्णय गरेको थिए“,’ मुख्यमन्त्री बानिया“ले भने–सोहीअनुसार पहिलो घर मनहरीकी दलित एकल महिलालाई तिहारअगाडि हस्तान्तरण गरें । दोस्रो घर आज हस्तान्तरण गर्दैछु । तेस्रो घर राक्सिराङमा बनिरहेको छ । मुख्यमन्त्रीको सेवासुबिधाबाट आएको रकममा आफ्नो व्यक्तिगत् रकम थपेर गरिब नागरिकको घर बनाइदिएको हु“ ।
उनले थपे–घरस“गै आर्यआर्जनमा जोड्नका लागि तत्काललाई २०/२० हजार रुपिया“समेत वितरण गरेको छु । जसले बाख्रापालन गरेर जीवन चलाउन सहज हुन्छ भन्ने उद्धेश्य हो । कोहीले मौरीपालन सुरु गर्नुहोला । कोहीले बाख्रा पाल्नुहोला । कुखुरा पाल्नुहोला । जे गरेर भए पनि आयआर्जन बढाउन मद्धत पुग्छ भन्ने आशाले सहयोग गरेको हु“ ।
कैलाश गाउ“पालिकाले अतिविपन्न परिवारको पहिचान गर्न सिंगो टिम परिचालन गरेको थियो । आयस्रोतसमेत नभएका र बाहिर गएर कमाउन सक्ने अवस्था नदेखिएका लालबहादुर प्रजा र सानुमायाको आवास निर्माणका लागि पालिका अध्यक्ष लोक मोक्तानले मुख्यमन्त्री बानिया“समक्ष सिफारिस गरेका थिए । अध्यक्ष मोक्तानको सिफारिसकै आधारमा प्रजा दम्पत्तिलाई शौचालयसहित तीनकोठे पक्की घर निर्माण गरी हस्तान्तरण गरिएको हो । घर हस्तान्तरणपछि बसोबासका लागि आवश्यक लत्ताकपडा र भान्साका सामग्रीसमेत पालिकाले सहयोग गर्ने अध्यक्ष मोक्तान बताउ“छन् । ॅकैलाश गाउ“पालिका सीमान्तकृत जातिको उल्लेख्य बसोबास रहेको पालिका हो,’ उनले भने–यहा“ यस्ता घरहरु थुप्रै छन् । जहा“ घरको छानो छ । बस्न कठिन अवस्था छ । त्यसमध्येबाट पनि हामीले पालिकामा अतिविपन्नलाई घर बनाइदिन मुख्यमन्त्रीज्युसमक्ष सिफारिस गरेका थियौं ।
उनले थपे–मुख्यमन्त्रीले घर बनाइदिनु भयो । तर, अब उहा“हरुका लागि ओढ्ने ओच्छ्याउने, भान्साको सामान र रासन सामग्री अभाव छ । त्यसको व्यवस्थापन अब कैलाश गाउ“पालिकाले गर्छ । उक्त घर ८ लाख लागतमा निर्माण सम्पन्न गरिएको बताइएको छ । यसअघि मुख्यमन्त्री बानिया“कै पहलमा मनहरी गाउ“पालिकाकी मिठुमायालाई ४ लाख ६५ हजार लागतमा तीनकोठे घर निर्माण गरी हस्तान्तरण गरिएको थियो । मकवानपुरकै राक्सिराङ गाउ“पालिका, इन्द्रुङमा सुमन चेपाङको घर निर्माण कार्य जारी छ । उक्त घर पनि केही साताभित्र निर्माण सम्पन्न गरी हस्तान्तरण गर्ने तयारी गरिएको जनाइएको छ ।
यसरी व्यक्तिगत् खर्चले आफ्नो निर्वाचन क्षेत्रका अतिविपन्न परिवारलाई घर बनाइदिएका मुख्यमन्त्री बानिया“ले प्रदेशभरका विपन्न परिवारका लागि १ हजार घर बनाइदिने नीतिगत् निर्णयको तयारीमा रहेको बताएका छन् । उनले नीति बनाएर प्रदेशका अतिविपन्न १ हजार परिवारलाई घर बनाइदिने बताएका हुन् ।









