9.6 C
Makwānpur
Homeटप न्युजएमाले महाधिवेशन ग्रिन सिग्नल’ कुर्दै बागमतीका ४ जिल्ला अध्यक्ष
spot_img

एमाले महाधिवेशन ग्रिन सिग्नल’ कुर्दै बागमतीका ४ जिल्ला अध्यक्ष

spot_img

हेटौंडा/मंसिर २७ गते सुरु हुने नेकपा एमालेको ११ औं महाधिवेशनमा बागमती प्रदेशका ४ जिल्ला अध्यक्षहरु केन्द्रीय सदस्यमा उम्मेद्वारी दिने तयारीमा छन् । १३ जिल्ला रहेको बागमतीमा नेकपा एमालेका ४ जिल्ला अध्यक्षहरु केन्द्रीय सदस्यमा डेब्यु गर्ने तयारीमा जुटेका हुन् ।

प्रदेशको धादिङ, चितवन, नुवाकोट र सिन्धुपाल्चोकका ४ जिल्ला अध्यक्ष जिल्लाको नेतृत्व छाडेर केन्द्रीय सदस्य बन्ने दौडमा होमिएका हुन् । बागमतीका १३ जिल्लामध्ये ७ जिल्ला अध्यक्षहरु महाधिवेशन प्रतिनिधि नै बनेनन् । उपत्यकाका तीन जिल्ला काठमाडौं, ललितपुर र भक्तपुरका जिल्ला अध्यक्षहरु महाधिवेशन प्रतिनिधिको उम्मेद्वार नै नबनेका हुन् भने मकवानपुर अध्यक्ष श्रीधर पोखरेल प्रतिनिधि छनौटका लागि भएको निर्वाचनमा पराजित भएका थिए । रसुवाका तत्कालीन अध्यक्ष जनार्दन ढकाल यसअघि नै अध्यक्षबाट राजीनामा दिएर बाहिरिएका छन् । रसुवामा हाल कार्यबाहक अध्यक्षको जिम्मेवारी उपाध्यक्ष कैसाङ नुर्वोतामाङले सम्हाल्दै आएका छन् ।

- Advertisement - Ad Banner

अन्यलाई पालो दिनुपर्ने भन्दै काठमाडौं एमाले अध्यक्ष दीपक निरौला, ललितपुर अध्यक्ष पुरुषोत्तम आचार्य र भक्तपुर अध्यक्ष बचन देउजा
महाधिवेशन प्रतिनिधि नै बनेनन् । प्रदेशका यी ५ जिल्ला अध्यक्षबाहेक बा“की ८ जिल्लाका अध्यक्षहरुमध्ये ४ जना जिल्ला अध्यक्षले जिल्लाको नेतृत्व नै त्यागेर यसपटक केन्द्रीय सदस्यमा डेब्यु गर्ने लक्ष्यसहित दौडमा लागेका छन् । प्रतिनिधि बनेका बागमतीका ४ जिल्ला अध्यक्षले यसपटक केन्द्रीय कमिटीमा प्रवेश गर्दै नेतृत्व तहमा आफ्‌नो भूमिका बलियो बनाउने योजनासहित महाधिवेशनमा सहभागी हुने तयारी गरेका हुन् ।

धादिङ एमाले अध्यक्ष भूमि त्रिपाठी केन्द्रीय सदस्यको दौडमा छन् । महाधिवेशनका लागि धादिङबाट १८ जना प्रतिनिधि छनौट भएकोमा जिल्ला अध्यक्ष त्रिपाठी आफैं जिल्लाको नेतृत्व छाडेर केन्द्रीय सदस्य बन्ने दौडमा लागेका हुन् । एमाले अध्यक्ष केपी शर्माओली निकट उनी यतिबेला केन्द्रीय सदस्यमा अटाउने लबिङमा लागिरहेको धादिङका एमाले नेताहरु बताउ“छन् ।

ॅमेरो केन्द्रीय कमिटीमा आकांक्षा हुनु स्वभाविक हो । सधैं तलको तह ओगटेर बस्न हुन्न भन्ने लागेर तयारी गरिरहेको छु,’ त्रिपाठीले भने–१२ वर्ष भएछ म जिल्ला अध्यक्ष बनेको । अब ठाउ“ खाली गरेर नया“ पुस्तालाई पालो दिनुपर्छ भन्ने लागेर केन्द्रीय सदस्यमा उम्मेद्वारी दिने तयारी गरिरहेको छु । त्रिपाठी ४ फागुन २०८० मा जिल्ला अध्यक्ष निर्वाचित भएका थिए । चितवन एमाले अध्यक्ष कमलराज पाठक पनि राष्ट्रिय महाधिवेशनको माहोलअनुसार आफ्‌नो निर्णय हुने बताउ“छन् । १६ जेठ, २०८१ मा अध्यक्ष निर्वाचित पाठकले जिल्लाको नेतृत्व छाडेर केन्द्रमा आकांक्षा देखाएका हुन् । ॅपार्टीमा लागेर हि“डेपछि केन्द्रीय कमिटीमा जाने रहर नहुने त हु“दै हु“दैन,’ उनले भने–बुधबार पार्टी अध्यक्षज्युमा सामान्यतया आकांक्षा व्यक्त गरेर आएको छु । उहा“ले मुसुक्क हा“सेर प्रतिक्रिया दिनुभएको छ । जसरी पनि केन्द्रीय सदस्य बन्छु भनेर हि“डेको छैन । तर, माहोलले मागेको खण्डमा पछि हट्दिन“ ।

नेकपा एमाले सिन्धुपाल्चोक अध्यक्ष होमनारायण श्रेष्ठ पनि तयारीमै रहेको बुझिएको छ । पार्टीको आवश्यकतामा आफू परियो भने केन्द्रीय सदस्यमा उम्मेद्वारी दिने तयारी रहेको उनले बताए । हाल सिन्धुपाल्चोकमा यही विषयमा पार्टीभित्र छलफल चलिरहेको बताउ“दै उनले भने–रहर त सबै जनाको हुन्छ । एकल डिसिजनले मात्र हु“दैन । तर, महाधिवेशनको माहोलले मलाई केन्द्रीय सदस्यमा अघि बढ्न ग्रिन सिग्नल दियो भने पछि हट्दिन“ ।

नेकपा एमाले नुवाकोट अध्यक्ष बद्री मैनाली पनि अब केन्द्रीय कमिटीमै आफ्‌नो पाइला रहने बताउ“छन् । तीन कार्यकालसम्म जिल्ला अध्यक्षको कार्यभार सम्हालेका उनी पछिल्लो पटक १३ जेठ, २०८१ मा एमाले जिल्ला अध्यक्ष निर्वाचित भएका थिए । हाल केन्द्रीय सदस्यको तयारीमा जुटिरहेको बताउ“दै उनले भने–थोरैथोरै समयका लागि भए पनि ३ पटक जिल्ला अध्यक्षको भूमिका निर्वाह गरें । अब पार्टीको ११ औं महाधिवेशनबाट केन्द्रीय कमिटीमा जाने तयारीमा छु ।

सिन्धुली जिल्ला अध्यक्ष महेन्द्रदेव श्रेष्ठले भने हाललाई केन्द्रीय कमिटीमा आफ्‌नो आकांक्षा नभएको बताए । जिल्ला नेतृत्वको जिम्मेवारी लिएको दुई वर्ष पनि नहु“दै आफ्‌नो जिम्मेवारी छाडेर केन्द्रीय सदस्य बन्न आफूलाई रहर नभएको उनले बताए । रामेछाप जिल्ला अध्यक्ष पुरुषोत्तम कडरिया, दोलखा अध्यक्ष नरबहादुर श्रेष्ठले वर्तमान अवस्थामा केन्द्रीय कमिटीमा जाने तयारी नरहेको बताए । ११ औं राष्ट्रिय महाधिवेशन भव्यरुपमा सफल बनाउनका लागि आफू प्रतिनिधि बनेको बताउ“दै रापेछाप एमाले अध्यक्ष कडरियाले भने–रामेछापबाट केन्द्रीय सदस्यका लागि बागमती प्रदेशका सांसद् आनन्दकुमार श्रेष्ठलाई अघि सारेका छौं । पदाधिकारीमै रामेछापबाट केही आकांक्षी हुनुहुन्छ । अन्य आकांक्षीलाई पनि मिलाएर लैजाने तयारी हु“दैछ । म जिल्लाको नेतृत्व गरिरहेको मान्छे, जिल्लाबाट पार्र्टीलाई योगदान गर्न सकिन्छ । त्यसैले हाल म जिल्लाकै नेतृत्व सम्हाल्छु ।

नेकपा एमाले दोलखा अध्यक्ष नरबहादुर श्रेष्ठले पनि जिल्लाका अन्य नेतालाई अघि लगाएर आफू महाधिवेशन सफल बनाउन ध्यान दिने बताए । जिल्ला अध्यक्ष रहेर महाधिवेशन सफल बनाउने तयारी आफ्‌नो रहेको श्रेष्ठले बताए । एमाले काभ्रे अध्यक्ष राजन भुर्तेलले पनि पार्टीमा जिल्लाको नेतृत्व पहिलो पटक पाएकोले हाल बीचमै छाडेर केन्द्रीय सदस्यको लागि उम्मेद्वारी दिने तयारी नरहेको बताए । महाधिवेशनका चुनाव हुने परिस्थिति बने पनि आफ्‌नो उम्मेद्वारी नरहने बताउ“दै उनले भने–कुनै तयारी छैन । केन्द्रमा जाने आकांक्षा पनि छैन । महमधिवेशन प्रतिनिधि बनेको छु । महाधिवेशन सफल बनाउनेमा केन्द्रित हुन्छु ।

spot_img
Basanta Ad

प्रतिक्रिया दिनुहोस

spot_img
spot_img

ताजा सन्देश

spot_img
spot_img

यो पनि