9.6 C
Makwānpur
Homeमुख्य समाचारचुनौतीका बाबजुद् उपलब्धि बानिया“ नेतृत्व सरकारको सय दिनको उपलब्धि सार्वजनिक
spot_img

चुनौतीका बाबजुद् उपलब्धि बानिया“ नेतृत्व सरकारको सय दिनको उपलब्धि सार्वजनिक

spot_img

हेटौंडा/बागमती प्रदेश सरकारले आफ्‌नो सय दिनको उपलब्धि सार्वजनिक गरेको छ । साउन २० गते बागमती प्रदेशका मुख्यमन्त्री नियुक्त भएका इन्द्रबहादुर बानिया“ नेतृत्व सरकारको सय दिनको उपलब्धि सार्वजनिक गरिएको हो ।

मंगलबार मुख्यमन्त्री कार्यालयमा आयोजित कार्यक्रममा मुख्यमन्त्री बानिया“ले आफू नेतृत्वको सरकारको सय दिनको उपलब्धि सार्वजनिक गरेका हुन् । उनका अनुसार चुनौतीका बाबजुद् पनि बागमती प्रदेश सरकारले उपलब्धिमूलक कामहरुको सुरुवात गरेको छ । यस अवधिमा १६.६ प्रतिशत् राजस्व संकलन गर्न सफल हुनु नै प्रदेश सरकारको प्रमुख उपलब्धिको रुपमा लिनुपर्ने मुख्यमन्त्री बानिया“ले बताए । कुल ११ अर्ब १९ करोड ९२ लाख राजस्व संकलन भएको बानिया“ले बताए । यस अवधिमा ६ वटा मन्त्रिपरिषद् बैठक बसेर ४७ वटा नीतिगत् निर्णय गरिएको बताइएको छ ।

- Advertisement - Ad Banner

बानिया“का अनुसार बागमती प्रदेशसभाको २३ असार २०८२ मा बसेको बैठकबाट स्वीकृत भएको प्रदेश सरकारको प्रशासनिक पुनर्संरचना गर्ने सम्बन्धि संकल्प प्रस्ताव कार्यान्वयनार्थ ३ महिनाभित्र प्रशासनिक पुनर्संरचनाको खाका पेश गर्ने गरी उच्चस्तरीय प्रशासनिक पुनर्संरचना निर्देशन समिति गठन गरी कार्य अगाडि बढाइएको छ । अति गरिब र सीमान्तकृत समुदायलाई गा“स, बास र कपास सुनिश्चित गर्ने नीतिको मस्यौदा तर्जुमा गर्ने कार्य भइरहेको उल्लेख गरिएको छ भने स्वास्थ्य क्षेत्रमा उच्चशिक्षा अध्ययन गर्ने १० जना विपन्न र सीमान्तकृत परिवारका जेहेन्दार विद्यार्थीहरुलाई प्रदेश सरकारले छात्रवृत्ति उपलब्ध गराउने निर्णय कार्यान्वयन गराउन कार्यविधि निर्माण गर्ने कार्य सुरु गरिएको बताइएको छ ।

प्रदेश सरकारको नीति तथा कार्यक्रम र बजेट कार्यान्वयनका लागि विभिन्न मन्त्रालयअन्तर्गत् ५ सय ४ वटा अस्थायी दरबन्दी स्वीकृति गरिएको मुख्यमन्त्री बानिया“ले बताए । उनका अनुसार यस अवधिमा भदौ २३ र २४ गतेको प्रदर्शनको क्रममा भएका बागमती प्रदेशभित्रका सरकारी तथा निजी सम्पत्ति र भौतिक संरचनाहरुको क्षतिको विवरण संकलन तथा मूल्यांकन गरी पुनर्निर्माणको कार्ययोजना र स्रोत व्यवस्थापन सम्बन्धमा अध्ययन/विश्लेषणसहित क्षति भएका भौतिक संरचनाहरुको पुनर्निर्माणको कार्य प्रारम्भ गरिएको छ ।

जेनजीे प्रदर्शनबाट क्षति पुगेका कारण प्रहरीका लागि ८५ थान दुईपाङ्ग्रे सवारीसाधन खरिदका लागि २ करोड ७५ लाख ४० हजार काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालय र बागमती प्रदेश प्रहरी कार्यालयलाई अख्तियारी प्रदान गरिएको उनले बताए । नेपाल प्रहरीतर्फ नया“ प्रहरी भवन निर्माण र मर्मतसम्भार गर्न १३ करोड ७४ लाख ९१ हजार रकम अख्तियारी प्रदान गरिएको सय दिनको उपलब्धिमा उल्लेख गरिएको छ भने सशस्त्र प्रहरी बल नेपालतर्फ संरचनात्मक सुधारका लागि १ करोड ६० लाख रकम विनियोजन गरी खर्च गर्न अख्तियारी प्रदान गर्ने प्रक्रिया अगाडि बढाइएको छ ।

उक्त अवधिमा भौतिक पूर्वाधारतर्फ ११.५ किलोमिटर सडक कालोपत्र, ६.७४ किलोमिटर सडक ढलान, ५ किलोमिटर सडक ग्राभेल, ५ वटा सडकपुल निर्माण तथा १९२.५ किलोमिटर सडक मर्मतसम्भार गर्ने कार्य सम्पन्न गरिएको बताइएको छ । चेपाङ, वनकरिया, माझी, बोटे एकीकृत बस्ती विकास कार्यक्रमअन्तर्गत् १६ वटा आवास निर्माण तथा खरको छानो उन्मूलन कार्यक्रमअन्तर्गत् २० वटा आवास निर्माण गरिएको दाबी गरिएको छ ।

सहकारी तथा गरिबी निवारणतर्फ प्रदेश गरिबी निवारण नीतिको मस्यौदा तयार गरिएको बताइएको छ भने उजुरी परेका सहकारीमध्ये ७ वटा सहकारीको समस्या समाधान गर्न मेलमिलापका लागि सम्बन्धित पक्षस“ग छलफल र सहजीकरण गरिएको, प्रदेशका ८६ वटा सहकारी संस्थाहरुको विवरण अध्यावधिक गरिएको तथा ८ वटा सहकारीको विनियम संशोधन स्वीकृत गरिएको र थप २५ वटा सहकारी संस्थाहरुको विनियम संशोधनका लागि सैद्धान्तिक सहमति प्रदान गरिएको उल्लेख छ ।

यस अवधिमा प्रदेश सरकारबाट स्थानीय तहमा हुन वित्तीय हस्तान्तरणका दुई किस्ता रकम स्थानीय तहमा निकासा गरिएको सय दिनको उपलब्धिमा समावेश गरिएको छ । जसअन्तर्गत् वित्तीय समानीकरण अनुदान ८३ करोड १२ लाख, समपूरक अनुदान १ अर्ब ३९ करोड ७२ लाख, विशेष अनुदान ३८ करोड १४ लाख र सशर्त अनुदान १ अर्ब ७१ करोड ९४ लाख निकासा गरिएको बताइएको छ । जेनजी आन्दोलन, संघीय सरकार परिवर्तन र वर्तमान सरकार गठन भएपश्चात् दशैंतिहार जस्ता ठूला चाडपर्वको लामो बिदा आदिका कारण प्रदेश सरकारको काम प्रभावित भएको मुख्यमन्त्री बानिया“ले बताए । यद्यपि, आगामी दिनमा नतिजामुखी कार्य गर्नेमा प्रदेश सरकार प्रतिवद्ध रहेको उनले बताए ।

मुख्यमन्त्री बानिया“ले सुशासन र खर्च कटौतीलाई पहिलो प्राथमिकतामा राखेर अगाडि बढिरहेको दाबी गरे । ॅसरकार गठन भएको भर्खर सय दिन पूरा भएको छ । यसबीच विभिन्न चाडपर्व र जेनजी आन्दोलनका कारण काम गर्ने अवस्था थिएन । जसका कारण देखिने गरी धेरै काम गर्न सकिएको छैन । तर, पनि सरकार आफ्‌नो लक्ष्यमा अगाडि बढिरहेको छ ।

उनले जेनजी आन्दोलनबाट भएको क्षतिका कारण मन्त्रालय स्थापना, सञ्चालन र बजेट कार्यान्वयन चुनौतीपूर्ण बनेको बताए । उनले सत्तारुढ एमालेस“ग कांग्रेसको सम्बन्ध राम्रो रहेको बताए । ॅसमाचारमा आएजस्तो सत्तारुढ दलबीच सम्बन्ध बिग्रिएको छैन । सम्बन्ध बिग्रिएको भए हामी एउटै मञ्चमा बस्दैन थियौं,’ उनले भने । मुख्यमन्त्री बानिया“ले छिट्टै प्रदेशसभा बैठक राख्ने तयारी भइरहेको जानकारी दिए । ॅप्रदेशसभा भवन जलेका कारण बैठक राख्न अप्ठ्यारो भएको हो । अब भवन निर्माण सम्पन्न भएको छ । बैठक छिट्टै बस्छ,’ उनले भने । मुख्यमन्त्री बानिया“ले प्रदेश सरकार अलपत्र रहेको गौरवको आयोजना र कार्यविधि निर्माणमा ढिलाइ भएका कारण अगाडि नबढेका कामहरु तत्काल सकाउनसमेत मन्त्रीहरुलाई निर्देशन दिएका छन् ।

spot_img
Basanta Ad

प्रतिक्रिया दिनुहोस

spot_img
spot_img

ताजा सन्देश

spot_img
spot_img

यो पनि