हेटौंडा/बागमती प्रदेशमा २ लाख भन्दा बढी नया“ मतदाता थपिएका छन् । बागमती प्रदेशका १३ जिल्लामा कुल २ लाख ४ हजार ९ सय ७५ जना नया“ मतदाता थपिएका हुन् ।
बागमती प्रदेश निर्वाचन कार्यालय हेटौंडाका अनुसार प्रदेशभर बायोमेट्रिक तर्फबाट ९९ हजार ३ सय जनाले मतदाता नामावलीमा आफ्नो नाम दर्ता गराएका हुन् भने राष्ट्रिय परिचयपत्र र बायोमेट्रिक दुवैतर्फबाट कुल २ लाख ४ हजार ९ सय ७५ जनाले नाम दर्ता गराएको निर्वाचन कार्यालयका सूचना अधिकारी ताराप्रसाद आचार्यले जानकारी दिए । यसस“गै अब बागमती प्रदेशमा कुल मतदाताको संख्या ३६ लाख ७६ हजार ६ सय ९७ पुगेको छ । यसअघि बागमती प्रदेशमा कुल मतदाताको संख्या ३४ लाख ७१ हजार ७ सय ९२ थियो ।
प्रदेश निर्वाचन कार्यालयका सूचना अधिकारी आचार्यका अनुसार मतदाता नामावलीमा नाम दर्ता यहा“का निर्वाचन कार्यालयहरुबाट गराए पनि देशभरबाट मतजाहेर गर्ने मतदाता छन् । अन्य जिल्लाहरुबाट मतजाहेर गर्ने मतदाताहरुले समेत बागमती प्रदेशमा रहेका निर्वाचन कार्यालयहरुमा पुगेर नाम दर्ता गराएका हुन् ।
उनका अनुसार बागमती प्रदेशका १३ जिल्लामध्ये सबभन्दा धेरै काठमाडौं उपत्यकामा मतदाता नामावलीमा नाम दर्ता गर्नेको संख्या धेरै छ । यस अवधिमा काठमाडौंमा ६२ हजार ४ सय १ जनाले मतदाता नामावलीमा आफ्नो नाम दर्ता गराएका छन् । भक्तपुरमा २० हजार १ सय ७७ जनाले नाम दर्ता गराएको प्रदेश निर्वाचन कार्यालयको तथ्यांक छ । जसमा महिलाको संख्या ६ हजार १ सय ५७ र पुरुषको संख्या ८ हजार ६४ छ ।
यही अवधिमा ललितपुरमा २६ हजार ८ सय ११ जनाले मतदाता नामावलीमा नाम दर्ता गराएको कार्यालयको तथ्यांक छ । जसमा महिलाको संख्या ७ हजार ९ सय ८० र पुरुषको संख्या ९ हजार ६ सय ६८ जना छन् । निर्वाचन कार्यालयमै उपस्थित भएर बायोमेट्रिक गर्नेको संख्या १७ हजार ६ सय २८ रहेको तथ्यांक छ । यसबाहेक बा“की राष्ट्रिय परिचयपत्रमार्फत् नाम दर्ता गराएको निर्वाचन कार्यालयले जनाएको छ ।
मकवानपुरमा १४ हजार ६ सय ३ जना नया“ मतदाता थपिएका छन् । मकवानपुरमा बायोमेट्रिक विधिबाट ६ हजार ९ सय ७० र राष्ट्रिय परिचयपत्रका आधारमा ७ हजार ६ सय ३३ गरी १४ हजार ६ सय ३ जना नया“ मतदाता थपिएको कार्यालयका सूचना अधिकारी आचार्यले जानकारी दिए । उनका अनुसार मकवानपुरमा महिला २ हजार ९ सय ५३ र पुरुष ४ हजार १७ जना थपिएका हुन् ।
दोलखामा ६ हजार ६ सय ८७ जनाले मतदाता नामावलीमा नाम दर्ता गराएका छन् । जसमा बायोमेट्रिक प्रक्रियाबाट १ हजार ४ सय १ र राष्ट्रिय परिचयपत्रसमेतबाट नाम दर्ता गराउनेको संख्या कुल ६ हजार नाघेको हो । यसमध्ये महिलाको संख्या ५ सय ५० छ भने पुरुषको संख्या ८ सय ५१ रहेको प्रदेश निर्वाचन कार्यालयका सूचना अधिकारी आचार्यले जानकारी दिए ।
रामेछापमा बायोमेट्रिक प्रक्रियाबाट १ हजार २ सय ३५ मतदाता थपिएका छन् भने दुवैतर्फबाट कुल ६ हजार १ सय २ जनाले मतदाता नामावलीमा नाम दर्ता गराएका छन् । जसमा महिलाको संख्या ४ सय ८५ छ भने पुरुषको संख्या ७ सय ५० छ । सिन्धुलीमा कुल ७ हजार ३९ नया“ मतदाता थपिएकोमा बायोमेट्रिक प्रक्रियाबाट २ हजार १६ जनाले नाम दर्ता गराएका छन् भने राष्ट्रिय परिचयपत्रमार्फत्समेत गरी ७ हजार भन्दा बढीले मतदाता नामावलीमा नाम दर्ता गराएको कार्यालयको तथ्यांक छ । तथ्यांकअनुसार सिन्धुलीमा महिला १ हजार ४८ र पुरुषको संख्या ९ सय ६८ रहेको जनाइएको छ ।
काभ्रेमा कुल १४ हजार ३ सय २९ नया“ मतदाता थपि“दा महिला २ हजार ३ सय २० र पुरुष ३ हजार ३ सय ७९ जनाले नाम दर्ता गराएको प्रदेश निर्वाचन कार्यालयको तथ्यांक छ । सिन्धुपाल्चोकमा कुल ६ हजार ९ सय ७९ नया“ मतदाता थपिएको कार्यालयको तथ्यांक छ । जसमा महिला ९ सय २८ र पुरुषको संख्या १ हजार ४ सय ५२ छ । रसुवामा ९ सय ३४ नया“ मतदाता थपिएका छन् । जसमा महिलाको संख्या १ सय ४१ छ भने पुरुषको संख्या २ सय २६ रहेको प्रदेश निर्वाचन कार्यालयले जनाएको छ ।
कार्यालयका सूचना अधिकारी आचार्यका अनुसार रसुवामा बायोमेट्रिक प्रक्रियाबाट नाम दर्ता गराउने संख्या ३ सय ६७ छ । बा“की राष्ट्रिय परिचयपत्रमार्फत् नाम दर्ता गराइएको कार्यालयले जनाएको छ । नुवाकोटमा कुल ८ हजार १ सय ८९ नया“ मतदाता थपिएकोमा बायोमेट्रिक प्रक्रियाबाट २ हजार ३ सय ८९ जनाले मतदाता नामावलीमा आफ्नो नाम दर्ता गराएको निर्वाचन कार्यालयका सूचना अधिकारी आचार्यले जानकारी दिए । उनका अनुसार चितवनमा २२ हजार २ सय ६३ नया“ मतदाता थपिएका छन् । जसमा बायोमेट्रिक प्रक्रियाबाट नाम दर्ता गराउनेको संख्या ११ हजार २० छ । धादिङमा ८ हजार ४ सय ३१ जनाले मतदाता नामावलीमा नाम दर्ता गराएका छन् । जसमा बायोमेट्रिक प्रक्रियाबाट नाम दर्ता गराउनेको संख्या १ हजार ९ सय ५९ छ ।









