हेटौंडा/ विपत् प्रभावित क्षेत्रमा आपत्कालीन उपयोगका लागि भारत सरकारले नेपाललाई १० बेलिब्रिज सहयोग उपलब्ध गराएको छ । तीमध्ये पहिलो बेलिब्रिज बिहीबार हेटौंडामा आयोजित विशेष समारोहबीच नेपाल सरकारलाई हस्तान्तरण गरिएको हो ।
भौतिक पूर्वाधार तथा यातायातमन्त्री कुलमान घिसिङको उपस्थितिमा नेपालका लागि भारतीय राजदुत नवीन श्रीवास्तवले उक्त पुल हस्तान्तरण गरेका हुन् । गत महिना पूर्वी नेपालका विभिन्न स्थानमा आएको बाढीपहिरोका कारण सडकसञ्जाल गम्भीररुपमा अवरुद्ध भएपछि नेपाल सरकारको अनुरोधअनुसार भारतले गत वर्षझैं यस वर्ष पनि १० बेलिब्रिज उपलब्ध गराएको सडक विभागका महानिर्देशक विजय जैसीले जानकारी दिए ।
उनका अनुसार हाल प्राप्त पुलहरु हेवाखोला, बागमती नदी र लार्छाजस्ता संवेदनशील तथा महत्वपूर्ण स्थानमा जडान गरिनेछ, जसले अवरुद्ध आवागमन पुनर्स्थापना गर्न ठुलो मद्धत पुर्याउनेछ । हस्तान्तरण गरिएका पुलहरु ७० मिटरभन्दा लामो, ४.२५ मिटर चौंडा एकल–लेन संरचना भएका छन् । ती ३८ मेट्रिकटन भारवहन गर्ने क्षमता भएका छन् । ती पुल तत्काल जडानका लागि आवश्यक तयारी थालिएको महानिर्देशक जैसीले बताए ।
लामो स्पानका बेलिब्रिज जडानमा विशेष प्राविधिक दक्षता आवश्यक पर्ने भएकाले भारतले पुल निर्माण कम्पनी गार्डन रिचका प्राविधिक विशेषज्ञ नेपाल पठाउने तयारी भइरहेको भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सचिव केशबकुमार शर्माले जानकारी दिए । उनका अनुसार उक्त टोलीले नेपाली इञ्जिनियरलाई तालिम तथा क्षमता विकास गर्दै पुल जडानमा सहयोग गर्नेछ ।
मन्त्री घिसिङले विपत् व्यवस्थापनदेखि विकास निर्माणसम्म भारत नेपालका लागि विश्वसनीय साझेदार बनेको बताए । उनले हुलाकी राजमार्ग, पूर्वपश्चिम राजमार्ग, त्रिभुवन राजपथ निर्माणदेखि विभिन्न पुल तथा सडक परियोजनामा भारतको सहयोगले नेपालको यातायात सञ्जाल सुदृढ बन्दै गएको उल्लेख गरे ।
घिसिङका अनुसार भारतीय एक्जिम बैंकमार्फत् उपलब्ध गराइएका उदार ऋण सुबिधामा सञ्चालन भएका परियोजनाले दुर्गम क्षेत्रमा पहु“च विस्तार, क्षेत्रीय कनेक्टिभिटी तथा राष्ट्रिय यातायात प्रणाली सुदृढीकरणमा महत्वपूर्ण योगदान दिएका छन् । सीमापार रेलमार्ग विस्तार, विशेषगरि जनकपुर–कुर्था–बिजलपुरा–बर्दीबास लाइन तथा जोगवनी–बिराटनगर करिडोर परियोजना दुवै मुलुकबीच सम्बन्ध अझ सुदृढ बनाउने आधार बनेको उनले उल्लेख गरे ।
मन्त्री घिसिङले भुकम्पपछिको पुनर्निर्माणदेखि शिक्षा, स्वास्थ्य, ऊर्जा र सामाजिक क्षेत्रसम्म भारतले पुर्याउ“दै आएको सहयोगले नेपालका विभिन्न क्षेत्रमा दीर्घकालीन सकारात्मक प्रभाव पारेको बताए । भविष्यमा हरित पूर्वाधार, जलवायुप्रतिरोधी यातायात प्रणाली र डिजिटल कनेक्टिभिटीमा पनि सहकार्य विस्तार हुने अपेक्षा व्यक्त गरे ।
भारतीय राजदुत श्रीवास्तवले नेपालले हाल सामना गरिरहेको चुनौतीपूर्ण अवस्थालाई पार गर्न भारत निरन्तर सहयोग गर्न तयार रहेको बताए । ॅयो बेलिब्रिज हस्तान्तरण भारतको नेपालस“गको विकास साझेदारी र कठिन समयमा साथ दिनसक्ने प्रतिबद्धताको प्रतीक हो,’ राजदुत श्रीवास्तवले भने । कार्यक्रममा भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका अधिकारी, सडक विभागका प्राविधिक तथा अन्य सरोकारवाला व्यक्तिहरुको उपस्थिति थियो ।
स्यानिटरी ल्यान्डफिल साइड बञ्चरेडा“डाको फोहोर व्यवस्थापनका लागि सहरी विकास मन्त्रालयमा छलफल भइरह“दा मन्त्री हेटौंडामा थिए । बञ्चरेडा“डाका स्थानीय प्रतिनिधि र सहरी विकास मन्त्रालयका सचिव गोपाल सिग्देलबीच छलफल भइरहेको मन्त्रालयले जनाएको छ । तर, मन्त्री घिसिङ भने हेटौंडामा रहे । ॅमन्त्रीज्यु फिल्डमा हेटौंडा हुनुहुन्थ्यो । मन्त्रालयमा सचिव, सहसचिवहरुबीच छलफल चलिरहेको थियो,’ मन्त्री घिसिङको सचिवालयले भन्यो–समस्या समाधानका लागि छलफलले निष्कर्ष निकाल्ने कोशिस गरेको थियो ।









