हेटौंडा/ बागमती प्रदेशमा आयुर्वेद उपचार गराउनेहरुको संख्या बृद्धि भएको छ । बागमती प्रदेशको स्वास्थ्य मन्त्रालयका अनुसार प्रदेशमा रहेका १३ वटा आयुर्वेद तथा वैकल्पिक चिकित्सालयमा आयुर्वेद उपचार गराउनेहरुको संख्यामा बृद्धि भएको हो । मन्त्रालयका अनुसार आयुर्वेद चिकित्सालयमा ओपीडी सेवा लिनेहरुको संख्या बृद्धि आएको हो ।
मन्त्रालयका अनुसार पञ्चकर्म, शल्य चिकित्सा सेवा, योगसेवा, ज्येष्ठ नागरिक सेवा, स्तनपायी सेवा, अकुपञ्चर, फिजियोथेरापी सेवा र प्रयोगशाला उपलब्ध रहेको आयुर्वेद तथा वैकल्पिक चिकित्सालयबाट आयुर्वेद उपचार सेवा लिनेहरुको संख्या उल्लेख्यरुपमा बढ्दै गएको छ । सोमध्ये आयुर्वेद चिकित्सालयमा ओपीडी सेवा लिनेहरुको संख्या वर्षेनी बढ्दै गएको स्वास्थ्य मन्त्रालय बागमती प्रदेशको तथ्यांक छ ।
गत आर्थिक वर्ष २०८१/०८२ मा सबभन्दा धेरै काठमाडौंका बिरामीहरुले सेवा लिएका थिए भने सबभन्दा कम दोलखाका बिरामीहरुले सेवा लिएका थिए । गत आर्थिक वर्षमा काठमाडौंमा ५० हजार ४ सय २२ जनाले आयुर्वेद उपचार गराएको मन्त्रालयको तथ्यांक छ भने सबभन्दा कम दोलखामा ३ हजार ८ सय ४२ जनालाई सेवा प्रदान गरिएको बताइएको छ ।
विगतका वर्षहरुमा भन्दा गत आर्थिक वर्षमा काठमाडौंमा आयुर्वेद उपचार सेवा लिनेको संख्यामा कमी आएको पाइएको छ । आर्थिक वर्ष २०८०/०८१ मा ५२ हजार ४ सय ८४ जनाले सेवा लिएका थिए भने आर्थिक वर्ष २०७९/०८० मा २८ हजार ८ सय ४० जनाले उपचार सेवा लिएको मन्त्रालयको तथ्यांक छ । गत आर्थिक वर्षमा चितवनमा १५ हजार २ सय ६४ जनाले आयुर्वेद उपचार सेवा लिएको मन्त्रालयको तथ्यांक छ । आर्थिक वर्ष २०८०/०८१ मा १२ हजार ८ सय २३ जनाले सेवा लिएकोमा आर्थिक वर्ष २०७९/०८० मा ७ हजार २ सय १५ जनाले सेवा लिएको प्रदेशको स्वास्थ्य मन्त्रालयको तथ्यांक छ । उक्त तथ्यांकअनुसार चितवनमा पनि आयुर्वेद उपचारप्रति नागरिकको आकर्षण बढेको पाइन्छ ।
भक्तपुरमा गत आर्थिक वर्षमा १४ हजार ५ सय ६८, आव २०८०/०८१ मा १० हजार ५ सय ६३ र आव २०७९/०८० मा ७ हजार ८ सय ८७ जनाले उपचार सेवा लिएको मन्त्रालयको तथ्यांक छ । ललितपुरमा गत आर्थिक वर्षमा ६ हजार ८ जना, आव २०८०/०८१ मा ४ हजार ३ सय ५ र आव २०७९/०८० मा ७ हजार २ सय ४ जनाले आयुर्वेद उपचार सेवा लिएका थिए । मकवानपुरमा गत आर्थिक वर्षमा १४ हजार ३ सय ३४, आव २०८०/०८१ मा ११ हजार ५ सय ३१ र आव २०७९/०८० मा १० हजार ५ सय ३५ जनाले आयुर्वेद उपचार सेवा लिएको मन्त्रालयको तथ्यांक छ । काभ्रेमा गत आर्थिक वर्षमा १३ हजार १ सय ३५ जना, आव २०८०/०८१ मा १८ हजार ५४ जना र आव २०७९/०८० मा १४ हजार ५ सय ४५ जनाले उपचार गराएको जनाइएको छ ।
सिन्धुलीमा गत आर्थिक वर्षमा ९ हजार ७० जना, आव २०८०/०८१ मा ८ हजार ७ सय १८ जना र आव २०७९/०८० मा ८ हजार ५ सय ९ जनाले उपचार सेवा लिएका थिए । नुवाकोटमा गत आर्थिक वर्ष २०८१/०८२ मा ९ हजार २८, आव २०८०/०८१ मा ८ हजार ७ सय १८ र आव २०७९/०८० मा ८ हजार ५ सय ९ जनाले उपचार सेवा लिएका थिए । रामेछापमा गत आर्थिक वर्षमा ८ हजार ८ सय ४६, आव २०८०/०८१ मा ५ हजार ७ सय ८४ र आव २०७९/०८० मा ८ हजार १ सय १२ जनाले उपचार सेवा लिएको स्वास्थ्य मन्त्रालयको तथ्यांक छ । सिन्धुपाल्चोकमा गत आर्थिक वर्ष २०८१/०८२ मा ८ हजार ७ सय ९३, आव २०८०/०८१ मा ७ हजार ८ सय ७१ र आव २०७९/०८० मा ६ हजार ७ सय ९४ जनाले सेवा लिएका थिए भने धादिङमा गत आर्थिक वर्षमा ४ हजार ४ सय ८६, आव २०८०/०८१ मा ४ हजार ३ सय ९४ र आव २०७९/०८० मा ४ हजार ३ सय ६८ जनाले उपचार सेवा लिएको तथ्यांक छ ।
रसुवामा पनि आयुर्वेद उपचार सेवा लिनेहरुको आकर्षण बढेको मन्त्रालयको तथ्यांकले देखाउ“छ । उक्त तथ्यांकअनुसार रसुवामा गत आर्थिक वर्ष २०८१/०८२ मा ४ हजार ४ सय ८१ जनाले सेवा लिएका थिए । उक्त तथ्यांक आव २०८०/०८१ को भन्दा दोब्बर बढी हो । आव २०८०/०८१ मा त्यहा“ २ हजार १ सय ९३ जनाले मात्र आयुर्वेद उपचार सेवा लिएका थिए । आव २०७९/०८० मा आयुर्वेद उपचार सेवा लिनेको संख्या २ हजार १ सय ८८ मात्र थियो । बागमती प्रदेशमा रहेका १३ आयुर्वेद तथा वैकल्पिक चिकित्सालयमध्ये चितवन र नुवाकोटमा २५/२५ बेडको अस्पताल छ भने बा“की ११ जिल्लामा १६ बेडको सुबिधासम्पन्न आयुर्वेद अस्पताल रहेको प्रदेशको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।









