सुनिता बिष्ट
हेटौंडा/कुनै समय मकवानपुरको भीमफेदी, काठमाडौं उपत्यकाको प्रमुख प्रवेशद्वार थियो । त्रिभुवन राजपथ बन्नुअघि पैदलयात्री र व्यापारीहरुको चहलपहलले गुञ्जायमान उक्त ठाउ“ ऐतिहासिकरुपमा समृद्ध रह“दै आएको छ । यही भूमिमा रहेको राणाकालीन हात्तीसार संग्रहालय नेपालको राजतन्त्र र राणा शासनकालको इतिहास बोकेको अद्वितीय सम्पदा हो । काठमाडौं र तराईलाई जोड्ने प्रमुख विन्दु थियो । अनि नेपालका राजाहरु, राणाहरु र विदेशी पाहुनाहरु तराईका जंगलमा शिकारका लागि प्रस्थान गर्ने स्थल थियो भीमफेदी ।
कुनै समय बेलायती महारानी एलिजाबेथ द्वितीयाजस्ता विशिष्ट पाहुनाहरुको साक्षी बनेको स्थल हाल भने संरक्षण र प्रचार अभावमा ओझेलमा परेको छ । यही भीमफेदीमा छ राणाकालीन हात्ती संग्रहालय । बागमती प्रदेशको राजधानीसमेत रहेको मकवानपुर जिल्लामा अवस्थित संग्रहालय संरक्षणको पर्खाइमा छ । अझ भनौं प्रदेशको राजधानी हेटौंडा र संघीय राजधानी काठामाडौं आउजाउ गर्ने बाटोमै संग्रहालय रहे पनि यसको संरक्षण र प्रचारप्रसारमा भने राज्यको ध्यान पुग्न सकेको छैन ।
्
हेटौंडाबाट करिब ३५ किलोमिटर उत्तरतर्फ भीमफेदी गाउ“पालिका–६ मा रहेको संग्रहालय करिब ३० रोपनी क्षेत्रफलमा फैलिएको छ । यो संग्रहालयमा ४२ वटा ऐतिहासिक हौदा अर्थात् हात्तीको पिठ्यु“मा राखेर बस्ने आसन सुरक्षित राखिएका छन् । बेलायती महारानी एलिजावेथ द्वितीया र नेपालका प्रथम राणा प्रधानमन्त्री जंगबहादुर राणादेखि अन्य राजपरिवारसम्मले प्रयोग गरेका हौदा यहा“ सुरक्षित छन् । सन् १९६१ (विसं २०१७) मा राजा महेन्द्रको निमन्त्रणामा नेपाल भ्रमणमा आउ“दा तत्कालीन बेलायती महारानी एलिजावेथले उक्त हौदा प्रयोग गरेर चितवन र पर्साका जंगलमा बाघ तथा गैंडाको शिकार गरेकी थिइन् । तर, यसरी ऐतिहासिक सम्पत्ति राखिएको संग्रहालयको संरक्षणमा भने राज्यको ध्यान पुग्न नसकेको पाइएको हो ।
संग्रहालय सबडिभिजन वन कार्यालय मकवानपुरको रेखदेखमा रहे पनि यसको उचित प्रचारप्रसार र प्रवद्र्धन हुन नसकेको उक्त कार्यालयका रेञ्जर रञ्जन अर्याल बताउ“छन् । उनका अनुसार संग्रहालयको ढोका खोल्न, बन्द गर्न र सुरक्षामा एक कर्मचारी खटाइएको छ । त्यसबाहेक प्रचार गर्ने, जानकारी दिनेलगायत कार्य भने शून्य रहेको उनी बताउ“छन् । उनका अनुसार केही समयअघि भीमफेदी गाउ“पालिकास“गको सहकार्यमा हौदाहरु जोगाउनका लागि सिसाको बार लगाइएको थियो । प्रचारका लागि राखिएको डिजिटल बोर्डसमेत बिग्रिएको अवस्थामा त्यसको मर्मत हुन नसकेको उनको भनाइ छ ।
२०३९ सालमा मकवानपुरको सदरमुकाम भीमफेदीबाट हेटौंडा सारिएपछि यो ऐतिहासिक बजारको रौनक बिस्तारै हराउ“दै गयो । तर, यहा“ रहेका चिसापानी गढी, पृथ्वीचन्द्र अस्पतालको पुरानो भवन, भीमसेन मन्दिर र हात्तीसार संग्रहालय जस्ता ऐतिहासिक धरोहरले भीमफेदीलाई जिल्लाकै महत्वपूर्ण पर्यटकीय केन्द्रका रुपमा स्थापित गर्ने अपार सम्भावना बोकेको छ ।
प्रदेशमातहत ल्याएर डिभिजन कार्यालयबाट सामान्य मर्मत र व्यवस्थापनको कामबाहेक अन्य कुनै योजना कार्यान्वयनमा ल्याउन नसक्दा ऐतिहासिक हात्तीसार संग्रहालय बन्द कोठाभित्र सीमित छ । तथापि, भीमफेदीकै चिनारी रहेको संग्रहालयको मर्मतसम्भार र संरक्षणका लागि भीमफेदी गाउ“पालिकाले चासोसाथ काम गरिरहेको दाबी भीमफेदी गाउ“पालिका उपाध्यक्ष सञ्जीव श्रेष्ठ गर्छन् ।
उनका अनुसार २०७९ को स्थानीय तह निर्वाचनपश्चात् गाउ“पालिकाले हात्तीसार संग्रहालयको प्रचारप्रसार तथा संरक्षणका लागि गुरुयोजना नै बनाएको छ । ॅभीमफेदीको यो हात्तीसार यहा“को मात्र नभएर मकवानपुरै ऐतिहासिक सम्पत्ति हो, जसको संरक्षण र प्रचार गर्न हामीले योजना बनाएका छौं,’ उनले भने–यसको प्रचार गर्न भीमफेदी बजारको दुई ठाउ“मा प्रचार बोर्ड राख्ने, चिसापानी गढीदेखि हात्तीसारसम्म जीपलाइन बनाउनेलगायत विषयमा छलफल भएको थियो । यसलाई कार्यान्वयनमा ल्याउने तयारीमा छौं ।
संग्रहालय अधिकांश समय ताल्चा लगाएर राखिन्छ । अवलोकनकर्ता पुगेमात्र ताल्चा खोलेर अवलोकन गराउने प्रचलन छ । संग्रहालयभित्र रहेका हौदा, हात्ती बा“ध्ने खम्बा, पुराना काठीलगायत हात्तीसम्बन्धि विभिन्न औजारहरुकोे नाम उल्लेख गरेर राखिए पनि यसको सुरक्षाको लागि कुनै ठोस कदम देखि“दैन ।
मकवानपुर, बागमती प्रदेशको राजधानी रहेको जिल्ला हो । बागमती प्रदेशको संस्कृति तथा पर्यटन मन्त्रालयले यस्ता मूर्तअमूर्त सम्पदाहरुको संरक्षण, प्रवद्र्धन तथा प्रचारप्रसारमा लाखौं बजेट विनियोजन गर्दै आएको छ । तर, राजधानीबाट ३५ किलोमिटर दुरीमा रहेको ऐतिहासिक सम्पदाको विषयमा भने मन्त्रालय पनि अनविज्ञ छ । हालसम्म हात्तीसार संग्रहालयका लागि बजेट विनियोजन भएको जानकारी नरहेको बताउ“दै पर्यटन मन्त्रालयका सचिव दीपेन्द्र सुबेदीले हात्तीसार संग्रहालयको विषयमा आफूलाई ज्ञान नभएको बताए ।
उनका अनुसार चालु आर्थिक वर्षमा संग्रहालयका लागि कुनै शीर्षकमा बजेट राखिएको छैन । ॅयस विषयमा त्यति ज्ञान पनि भएन,’ उनले भने–चालु आर्थिक वर्षमा बजेट विनियोजन भएको वा संरक्षणका लागि कुनै कार्यक्रम छैन । आगामी आर्थिक वर्षका लागि मन्त्रालयले ध्यानमा राखेर कार्यक्रम अगाडि बढाउ“छ । सरोकारवाला निकायले संग्रहालयको नियमित सञ्चालन, व्यवस्थित प्रचारप्रसार र यहा“को ऐतिहासिक कथालाई रोचकढंगले प्रस्तुत गर्न सकेमात्र पर्यटकका लागि एक आकर्षक गन्तव्य बन्नसक्ने मकवानपुरका इतिहासविद्हरु बताउ“छन् ।









