सुनिता बिष्ट
हेटौंडा/देशमा संघीयता लागु भएपछि बनेको तीन तहको शासन व्यवस्थामध्ये प्रदेश सरकार निरन्तर आलोचनाको घेरामा रह“दै आएको छ । राजनीतिक भागबण्डा, दोहोरो खर्च र जनतास“ग टाढि“दै गएको शासनका कारण प्रदेश संरचनामाथि नागरिक असन्तुष्टि बढ्दो छ । तर, यस्तै समयमा केही मन्त्रीले भने फरक सन्देश दिएका छन् । उनीहरुले सरकारी सवारीसुबिधा नलिइ आफ्नै सवारीसाधन प्रयोग गर्दै राज्यमाथिको भार कम गरेका छन् ।
साउन २० गते मुख्यमन्त्री इन्द्रबहादुर बानिया“को नेतृत्वमा गठन भएको मन्त्रिपरिषद्मा मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयसहित १४ मन्त्रालय छन् । मन्त्रालयको संख्या थप्दै राजनीतिक भागबण्डाको अखडा बनेको भनेर आलोचित प्रदेश संरचनाका केही मन्त्री संघीयता बलियो बनाउन खर्चकटौतीको पक्षमा उभिएका हुन् ।
बागमती प्रदेशका स्वास्थ्य मन्त्री किरण थापा र सहकारी तथा गरिबी निवारण मन्त्री बिनु रायमाझीले सरकारी सवारी प्रयोग नगरेर निजी सवारी चढ्दै आएका छन् । मन्त्री नियुक्त भएपछि प्रोटोकललाई ध्यानमा राखेर आफ्नै निजी सवारीमा निलो र रातो रंगको प्लेटमा सेतो अक्षरले लखिएको नम्बरप्लेट प्रयोग गरेका हुन् । स्वास्थ्य मन्त्री थापा संघीयता बलियो बनाउन सबै जनप्रतिनिधिले आआफ्नो क्षेत्रबाट योगदान गर्नुपर्ने भन्दै मन्त्रालयको व्ययभार कम गर्ने उद्धेश्यले सरकारी सवारी प्रयोग नगरेको बताउ“छन् । उनले बागमती प्रदेश–०१–००२ झ ७१४६ नम्बर फरच्युनर गाडी प्रयोग गर्दै आएका छन् । आफूस“ग भएको सवारीले नै काम चल्ने भएपछि सरकारी सवारीको सुबिधा नलिएको थापाको भनाइ छ ।
ॅसवारी सुबिधा लिएको छैन । सांसद् भएदेखि हालसम्मकै पारिश्रमिक एउटै खातामा जम्मा गरेर राखेको छु,’ उनले भने–तलब सुबिधाबाट प्राप्त रकम सामाजिक काममा खर्चिने प्रण गरेको छु । मन्त्रालयबाट मासिक १ सय २५ लिटर इन्धनचाहिं प्रयोग गरिरहेको छु । त्यसबाहेक जति इन्धन लाग्छ, आफ्नै पैसाबाट राख्ने गरेको छु ।
२०७४ सालको स्थानीय तहको निर्वाचनमा भक्तपुरको सूर्यविनायक नगरपालिका–८ को वडाध्यक्ष निर्वाचित भएर ५ वर्ष कार्यभार सम्हालेका थापाले उतिबेलाको सरकारी सुबिधाबापत् प्राप्त भएको तलब कोषमा जम्मा गरेको बताउ“छन् । हाल उक्त कोषको रकमबाट गरिब बालबालिकाको शिक्षामा खर्चंदै आएको बताउ“दै उनले सांसद्देखि मन्त्री भएसम्मकै तलब सुबिधा यसैगरी जम्मा गरेर सामाजिक कार्यमा खर्च गर्ने दाबी गरेका हुन् । उनी भक्तपुरमा नेकपा एमाले तर्फबाट प्रत्यक्ष निर्वाचित सांसद् हुन् ।
सहकारी तथा गरिबी निवारण मन्त्री रायमाझीले पनि सरकारी सवारीको सुबिधा लिएकी छैनन् । सांसद् हु“दा आफूले चढ्ने सवारीलाई मन्त्रालयको प्रयोजनमा प्रयोग गर्दै आएकी छन् । आफैस“ग भएको प्राडो गाडीमा बागमती प्रदेश ०१–००१ अ ११५१ नम्बरप्लेट फेरेर निजी सवारी नै प्रयोग गर्दै आएकी हुन् । आफ्नै सवारीसाधन हु“दाहु“दै राज्यमाथि भार थप्न मन नलागेर आफ्नै सवारी प्रयोग गरेको उनको भनाइ छ । प्रदेशको खर्चकटौती गर्ने उद्धेश्यस्वरुप तलबबाहेक कार्यक्रममा गएका भत्तासमेत लिने नगरेको मन्त्री रायमाझी बताउ“छिन् ।
ॅम सांसद् हु“दादेखि नै आफ्नै गाडीमा आफैंले ड्राइभ गरेर आउथें । हाल प्रोटोकलका कारण चालक दलहरु हुनुहुन्छ,’ उनले भनिन्–आफूस“ग सवारी हु“दाहु“दै किन हामी चढ्नकै लागि राज्यकोषमा भार थप्नु भन्ने लाग्यो । मन्त्रालयमा गाडी पनि रहेनछ । त्यसैले आफ्नै गाडी चढ्ने योजना बनाएकी हु“ । यस्तो कदमले प्रदेश सरकारको खर्चकटौतीमा मद्धत पुग्ने बताउ“दै उनले थपिन्–मैले मन्त्रालयको कामले जुनसुकै कार्यक्रममा जा“दा पनि टीडीएस खर्च लिने गरेको छैन । प्रदेशलाई खर्चको धेरै भार पार्न हु“दैन भन्ने लागेर आफ्नो तर्फबाट सकेको गरेकी हु“ । रायमाझी नेपाली कांग्रेसको तर्फबाट चितवनकी समानुपातिक सांसद् हुन् । यी दुई मन्त्रीबाहेक बागमतीका अन्य मन्त्रीले भने सरकारी सवारी प्रयोग गरिरहेका छन् ।









