12.1 C
Makwānpur
Homeमुख्य समाचारआन्दोलनको १० औं दिन प्रदेशसभा पुगे मुख्यमन्त्री
spot_img

आन्दोलनको १० औं दिन प्रदेशसभा पुगे मुख्यमन्त्री

spot_img
सुनिता बिष्ट
हेटौंडा/बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानिया“ र मन्त्रीहरुले बागमती प्रदेशका भग्नावशेष मन्त्रालय र मातहत कार्यालयहरुको अवलोकन गरेका छन् । बिहीबार मुख्यमन्त्री बानिया“सहित मन्त्री तथा मन्त्रालयका सचिवहरुले आगजनीबाट क्षति पुगेका मन्त्रालय र कार्यालयहरुको अवलोकन गरेका हुन् ।
दौ २४ गतेको जेनजी प्रदर्शनका क्रममा प्रदेश सरकारका संरचनाहरुमा क्षति पुगेको थियो । जेनजीको आन्दोलनपश्चात् पहिलो पटक प्रदेश राजधानी फर्किएका मुख्यमन्त्रीले लोकतन्त्र र संविधान जोगिएकोमा गर्व गर्नुपर्ने बताए । व्यक्तिगत् संरचनादेखि सरकारी संरचनामा क्षति पुगेको बेला बागमती सरकारमात्र अघि आउनसक्ने अवस्था नरहेका कारण निस्कन नपाएको मन्त्रीहरु बताउ“छन् । लोकतन्त्र र संविधान जोगि“दा प्रदेश संरचना पनि जोगिनु नै सबभन्दा ठूलो उपलब्धि भएको बताउ“दै अब संरचनाहरुलाई पुरानै रुप दिने तयारीमा जुट्ने मुख्यमन्त्री बानिया“को भनाइ छ ।
ॅयस प्रदर्शनले सरकारी संरचनामा मात्र क्षति गरेको छैन, निजी व्यावसायिक भवनदेखि निवाससम्ममा क्षति पुर्‍याएको छ,’ अवलोकनपश्चात् सञ्चारकर्मीहरुस“ग कुरा गर्दै उनले भने–प्रदेश संरचना जोगियो, सबभन्दा खुशीको विषय यही हो । संरचना रहेपछि अब हामी छिट्टै यी भग्नावशेष बनेका संरचनाहरुलाई उठाएर सरकार चलाउ“छौं । उनका अनुसार ध्वस्त भएका मन्त्रालयको भवन इञ्जिनियरहरुलाई जा“च गर्न लगाएर बस्न उचित भए मर्मत गरेर बस्ने र असुरक्षित भएको खण्डमा अन्यत्र रहेका संरचनाहरुमा सार्ने तयारी छ ।
मुख्यमन्त्री बानिया“ले जेनजीको नाममा भएको आन्दोलनलाई ॅसुनियोजित’ कार्यको संज्ञा दिए । उनले उक्त आन्दोलन लोकतान्त्रिक गणतन्त्रमाथिको प्रहार भएको बताए । उनले भने–जेनजी नाममा गरिएको आन्दोलनलाई आन्दोलन भन्न मिल्दैन । यो व्यवस्थापिका, न्यायपालिका, कार्यपालिका, संघीय लोकतान्त्रिक गणतन्त्रमाथिको प्रहार हो । यस पस्थितिमा सम्हालिनुको विकल्प छैन ।
ॅसंघीयता कुनै पनि हालतमा खारेज हु“दैन । संविधान जबसम्म रहन्छ, तीन तहको सरकार ढल्दैनन् । लोकतन्त्र र व्यवस्था बचेको छ, बा“की व्यवस्थापनको पाटो मिल्दै जानेछ,’ उनले भने । उनीहरुले बिहीबार प्रदेशसभा सचिवालय, सामाजिक विकास मन्त्रालय, स्वास्थ्य मन्त्रालय, सहकारी तथा गरिबी निवारण मन्त्रालय, कृषि तथा पशुपक्षी विकास मन्त्रालय र मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानलगायत निकायको निरीक्षण गरेका हुन् ।
जेनजी आन्दोलनका क्रममा बागमती प्रदेशका १४ मन्त्रालयमध्ये ८ वटा काम नलाग्ने गरी क्षति भएका छन् । प्रदेश राजधानी हेटौंडास्थति मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय, उद्योग वाणिज्य, भूमि तथा प्रशासन मन्त्रालय, स“स्कृति तथा पर्यटन मन्त्रालय र युवा तथा खेलकुद मन्त्रालय भने बचेका छन् ।
चासो नदिनु गलत
प्रदेशका प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्र र प्रतिपक्षी दल नेकपा (एकीकृत समाजवादी) का दलका नेता तथा सांसद्हरुले समेत प्रदेशसभा भवनको अवलोकन गरेका थिए । प्रमुख प्रतिपक्षी दल माओवादी केन्द्रका बागमती संसदीय दलका नेता शालिकराम जम्कट्टेलले यसरी एक सातासम्म सरकारमा रहेका दलहरु प्रदेश राजधानी नफर्की आफ्‌नै सुरक्षामा लाग्नुले प्रदेश संरचनाप्रति जनताको आक्रोश बढिरहेको बेला थप मलजल गरेको बताए ।
प्रदेशका संरचना क्षति भएको यत्तिका दिनसम्म पनि प्रदेश सरकारहरुले चासो नदिनु गलत भएको बताउ“दै उनले अब यो दल, यो सरकार, यो प्रतिपक्षी नभनी प्रदेश संरचनालाई पुनः स्थायित्व र बलियो बनाउन एकजुट भएर लाग्नेसमेत बताए । प्रदेशका मन्त्रालयहरुको अवलोकन, सुरक्षा तथा संरक्षणको दायित्व सरकारकै भए पनि प्रदेशसभा भवन सात राजनीतिक दलहरुको प्रतिनिधित्व रहेको थलो हो । यसको सुरक्षामा प्रदेशसभामा कार्यरत् कर्मचारीहरु जुटिरहे ।
तर, यस्तो विषम् परिस्थितिमा यसअघि कुनै दलका सांसद्हरुले समेत भग्नावशेष भवन अवलोकन गर्न आएनन् । सांसद्हरु आफैं आफ्‌नो ज्यानको सुरक्षामा लागेका कारण बाहिर निस्किन नपाएको बिहीबार प्रदेशसभा भवन अवलोकन गर्न आएका नेकपा (एकीकृत समाजवादी) बागमती प्रदेश संसदीय दलका नेता कृष्णप्रसाद शर्माखनाल बताउ“छन् ।
प्रदेशका अधिकांश मन्त्रालय र मन्त्रालयमातहत कार्यालयहरु जलेर ध्वस्त भएको हप्ता बितेपछि राजधानी फर्किएका मन्त्रीहरुले पहिलो पटक आफ्‌ना मन्त्रालयमातहत कार्यालयहरुको अवलोकन गरेका हुन् । यस अवधिसम्म मन्त्रालय र मातहतका कर्मचारीहरुले सरसफाइ गरेर खरानीबाट उठ्ने प्रयासमा जुटेका थिए । मन्त्रालयको कामकारबाही अघि बढाउनका लागि अभिभाकत्व खोजिरहेका कर्मचारीहरुले एक हप्ता अन्यौलतामा बिताउनुपरेको गुनासो गरे ।
वन तथा वातावरण मन्त्रालयमा सामान्य तोडफोड भएको छ । श्रम, रोजगार तथा यातायात मन्त्रालयका सबै सामान र कागजात जोगिएको छ । यसरी प्रदेशमा भएको क्षतिको विवरण संकलनका लागि सचिवस्तरीय कार्यदल गठन गरिएको छ । अवलोकनमा प्रदेशका प्रमुख सचिव भुपाल बराल, स“स्कृति तथा पर्यटन मन्त्री सुरेश श्रेष्ठ, आर्थिक मामिला तथा योजना मन्त्री प्रभात तामाङ, आन्तरिक मामिला तथा कानुन मन्त्री शिवराज अधिकारी, सहकारी तथा गरिबी निवारण मन्त्री बिनु रायमाझी, सामाजिक विकास मन्त्री कञ्चनचन्द्र वादेलगायत प्रदेश सचिवहरुको उपस्थिति थियो ।
प्रदेश राजधानी हेटौंडामा रहेका करिब एक दर्जन सरकारी मन्त्रालय तथा कार्यालयमध्ये सबभन्दा ठूलो नोक्सानी प्रदेशसभा भवनमा भएको सम्बन्धित निकायले जनाएको छ । बागमती प्रदेशसभा सचिवालयका कर्मचारीहरुले निकालेका प्रारम्भिक तथ्यांकअनुसार करिब ३५ करोड बराबर क्षति भएको हो । क्षतिको पूर्णविवरण आउन बा“की छ ।
१२ करोड २९ लाख लागतमा बनेको बागमती प्रदेशसभाको नवनिर्मित भवन जेनजी आन्दोलनको क्रममा जलेर ध्वस्त भएको छ । साउन २७ गते औपचारिकरुपमा सञ्चालनमा ल्याइएको प्रदेशसभा भवनमा ४ वटामात्र बैठक सञ्चालन भएको थियो । भवन निर्माण गर्न साढे चार वर्ष लागेको थियो । भदौ २३ गते सुरु भएको जेनजी आन्दोलनको दोस्रो दिन प्रदर्शनकारीले भवनमा तोडफोड र आगजनी गरेका थिए ।
ठूलो संख्यामा आएका प्रदर्शनकारीले सुरुमा नाराबाजी गर्दै ईंटा र ढुंगा प्रहार गरेका थिए । प्रदर्शन उग्र बन्दै गएपछि आन्दोलनकारी पर्खाल र गेट फोडेर प्रदेशसभा भवनभित्र प्रवेश गरी तोडफोड र आगजनी गरेका थिए । कांग्रेस संसदीय दलको कार्यालयबाहेक अन्य दलका कार्यालयमा आगजनी र तोडफोड गरिएको थियो । प्रदेशसभा सचिवालयका प्रशासन र कार्यव्यवस्थासम्बन्धि सबै कागजपत्र जलेका छन् भने कानुन तथा विधेयक शाखामा रहेका विधेयकहरु सुरक्षित छन् ।
भौतिक पूर्वाधार विकास मन्त्रालयले क्षति विवरण संकलन र भवनको प्रयोग योग्यता मूल्यांकनका लागि समिति गठन गरेको छ । समितिमा मन्त्रालयअन्तर्गत् प्रादेशिक कार्यालय प्रमुखहरु र दुई विज्ञ सदस्य रहने व्यवस्था गरिएको छ । समितिले प्रदेशका १३ जिल्लामा रहेका प्रादेशिक कार्यालयको भवन प्राविधिक जा“च गरी बस्न वा प्रयोग गर्न उपयुक्त भएनभएको मूल्यांकन गर्ने बताइएको छ । समितिलाई प्रतिवेदन ७ दिनभित्र पेस गर्न निर्देशन दिइएको छ ।
आन्दोलनका क्रममा मन्त्रालयमा भएको तोडफोड र आगजनीबाट करिब साढे पा“च करोड बराबर क्षति भएको छ । हेटौंडा–१, चौकीटोल आरालोस्थित मन्त्रालय भवनमा आन्दोलनकारीले आगो लगाउ“दा अधिकांश कोठा जलेका, आन्दोलनका क्रममा मन्त्रालयअन्तर्गत् ४० वटा सवारीसाधन जलेकामध्ये पा“च चारपांग्रे गाडी र ३५ वटा सरकारी तथा निजी मोटरसाइकल र स्कुटर छन् ।
यसअघि कांग्रेस बागमती प्रदेश संसदीय दलको बैठकले जेनजी आन्दोलनपछि उत्पन्न अस्थिर परिस्थितिको अन्त्य गरी समाजमा शान्ति र सहकार्य कायम गर्न आह्‌वान गरेको थियो । बैठकले आन्दोलनका क्रममा संघीय तथा प्रदेश तहका संरचना, सुरक्षा निकायका कार्यालय, सञ्चारगृह, औद्योगिक प्रतिष्ठान, व्यापारी केन्द्र, विभिन्न राजनीतिक दलका कार्यालय, नेतृत्वको निजी आवास तथा सवारीसाधनमा भएको तोडफोड र आगजनीप्रति आपत्ति जनाएको छ ।
संविधान दिवस भव्यरुपमा मनाइने
प्रदेशमा रहेको राजनीतिक दलको सर्वदलीय बैठक बागमती प्रदेशका मुख्यमन्त्री एवम् नेपाली कांग्रेस बागमती प्रदेश संसदीय दलका नेता बानिया“को अध्यक्षता बैठक बसेरर केही निर्णय गरिएको छ । भदौ २३ र २४ गते भएको जेनजी अभियान प्रदर्शन र मागका क्रममा मृत्यु भएका नागरिकहरुलाई श्रद्धाञ्जली व्यक्त गर्दै मृतकको परिवारप्रति गहिरो दुःख व्यक्त गर्दै समवेदना व्यक्त गर्नुका साथै घाइतेको शीघ्र स्वास्थ्यलाभको कामना गरिएको छ ।
आज असोज ३ गते संविधान दिवस भव्यरुपमा मनाइने निर्णयसहित जेनजी अभियान प्रदर्शन र मागका क्रममा बागमती प्रदेशभित्रका बागमती प्रदेश सरकारअन्तर्गत् विभिन्न सरकारी संरचनाहरुमा भएको क्षति, स्थानीय तहका संरचना र विभिन्न व्यक्ति र व्यक्तिका व्यावसायिक प्रतिष्ठानमा भएको क्षतिको विवरण संकलन गर्ने, सुशासन र खर्च कटौतीको सवालमा प्रभावकारीढंगले यथाशीघ्र कार्यक्रम ल्याएर अगाडि बढाउने र प्रदेशसभाको बैठक यथाशीघ्र सञ्चालन गर्ने निर्णय गरिएको छ ।
बैठकमा एमाले संसदीय दलका नेता जेएन थपलिया, माओवादी संसदीय दलका नेता शालिकराम जम्कट्टेल, नेकपा (एकीकृत समाजवादी) संसदीय दलका नेता कृष्णप्रसाद शर्माखनाल, नेकपा माओवादी संसदीय दलका प्रमुख सचेतक रत्न ढकाल र कृषि तथा पशुपक्षी मन्त्री मधुसूदन पौडेल सहभागी थिए ।
संघीय संसद् पनि निरीक्षण
उता, प्रतिनिधिसभाका सभामुख देवराज घिमिरे तथा उपसभामुख इन्दिरा रानाले भदौ २३ र २४ गतेको जेनजी प्रदर्शनका क्रममा आगलागी भएको नया“ बानेश्वरस्थित संसद् भवनको निरीक्षण गरेका छन् । निरीक्षणपश्चात् सञ्चारकर्मीस“ग सभामुख घिमिरेले जनधनको क्षति हुने घटना भएकामा दुःख व्यक्त गरे । उनले भने–राज्यलाई सबै नेपाली जनताले उठाउनुपर्छ । उनले अन्तरिम सरकारले वर्तमान समस्या समाधान गरी अगाडि बढ्नुपर्ने धारणा राखे ।
नेपालको संविधानको धारा ९१ (६) (क) अनुसार प्रतिनिधिसभा विघटन भएको अवस्थामा आफ्‌नो पदमा बहाल रहेका प्रतिनिधिसभा सभामुख र उपसभामुख प्रतिनिधिसभाका लागि हुने अर्को निर्वाचनको उम्मेद्वारी दाखिल गर्ने अघिल्लो दिनसम्म पदमा बहाल रहने उल्लेख छ ।
spot_img
Basanta Ad

प्रतिक्रिया दिनुहोस

spot_img
spot_img

ताजा सन्देश

spot_img
spot_img

यो पनि