माधब न्यौपाने
हेटौंडा/मकवानपुरको राक्सिराङ गाउ“पालिका–१, इन्द्रुङका विपन्न सुमनसिं चेपाङको घर बनाइदिने घोषणा गरेका बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानिया“ले घर निर्माणका लागि पहिलो किस्ताबापत् सोमबार २ लाख रुपिया“ हस्तान्तरण गरेका छन् । हेटौंडा सन्देशमा समाचार प्रकाशनपछि उनले घर निर्माणको जिम्मा लिने पक्षलाई गाउ“पालिकाका जनप्रतिनिधि र नेपाली कांग्रेसका स्थानीय नेताहरुको रोहबरमा २ लाखको चेक हस्तान्तरण गरेका हुन् ।
सुत्केरी पत्नीलाई खुवाउने केही नभएको र बस्ने घर पनि नभइ झुप्रोमा बस्दै आएको थाहा पाएपछि राक्सिराङ गाउ“पालिका र नेपाली कांग्रेस राक्सिराङ गाउ“पालिकाको सिफारिसमा बानिया“ले व्यक्तिगत् खर्चमा घर निर्माण गरिदिने घोषणा गर्दै काम थालनी गर्न निर्देशन दिएका थिए । मुख्यमन्त्रीमा नियुक्त भएस“गै बानिया“ले आफ्नो तलबभत्ताबाट आफ्नो निर्वाचन क्षेत्रका अतिविपन्न परिवार पहिचान गरी घर बनाइदिने घोषणा गरेका थिए । सोही घोषणाबमोजिम राक्सिराङको चेपाङ र मनहरीकी एक विपन्न दलित महिलाको घर निर्माण सुरु भएको छ ।
दसैंअघि नै दुवै घर निर्माण सक्ने गरी काम गर्न मुख्यमन्त्री बानिया“ले स्थानीय जनप्रतिनिधि र पार्टी नेताहरुलाई निर्देशन दिएका छन् । सुमनसिंंको २ वटा कोठा, एउटा भान्छासहित शौचालय, बाथरुम भएको घर दसैंअघि निर्माण सम्पन्न गर्ने योजना रहेको पालिका अध्यक्ष राजकुमार मल्लले बताए । उक्त घर बनाउन खर्च हुने सबै रकम मुख्यमन्त्री बानिया“ले बेहोर्नेछन् । मुख्यमन्त्री बानिया“ले मनहरी गाउ“पालिका–९ कि विपन्न दलित एकल मिठुमाया सुनारको पनि घर निर्माणका लागि यसअघि पहिलो किस्ताबापत् २ लाख रुपिया“ हस्तान्तरण गरिसकेका छन् ।
मकवानपुरको बिकट मानिने कैलाश गाउ“पालिकाका लालकुमार प्रजाचेपाङको पनि सुरक्षित आवास बन्ने भएको छ । वडा नम्बर–४, धुस्राङ निवासी ५० वर्षका लालकुमार केही समयदेखी जीर्ण अवस्थामा रहेको घरमा बस्दै आएका थिए । सीमान्तकृत, त्यसमा पनि अतिविपन्न अवस्थामा रहेका उनी जीर्ण घरलाई बनाउन नसक्दा सोही घरमा असुरक्षितसाथ बस्दै आएका छन् ।
लालकुमारका सन्तान छैनन् । लालकुमारको २ कठ्ठा नम्बरी र करिब ३/४ कठ्ठा ऐलानी जग्गा भोगचलन गरी गाउ“मै कृषि पेशा गर्दै आइरहेका छन् । उनकी पत्नी सानुमाया चेपाङ सानै उमेरमा हात जलेर अल्पअपांगता भएकी छन् । खेतीस“गै घरमा बाख्रा, कुखुरा पाल्दै आएका उनीहरुलाई सुरक्षित आवास निर्माणका लागि बागमती प्रदेशका मुख्यमन्त्री बानिया“समक्ष कैलाश गाउ“पालिकाले सिफारिस गरेको छ । पालिका अध्यक्ष लोकबहादुर मुक्तानले पत्र बुझाएलगत्तै लालकुमारको घर निर्माणका लागि मुख्यमन्त्री बानिया“ले २ लाख प्रदान गरेका छन् । पालिकाभित्र सीमान्तकृत समुदाय चेपाङ, जनजाति, अतिविपन्नको संख्या धेरै छ, जसमध्ये लालकुमारलाई छनौट गरी घर निर्माणका लागि सिफारिस गरिएको अध्यक्ष मुक्तानले बताए ।
ॅसन्तान छैनन् । खरको छानो, काठपातले मात्र घेरिएको अवस्था देखियो । जीर्ण अवस्थामा रहेकाले हामीले घर निर्माणका लागि सिफारिस गरेका हौं,’ अध्यक्ष मुक्तानले भने । सिफारिसपत्र बुझ्दै मुख्यमन्त्री बानिया“ले घर निर्माणको लागि पहिलो किस्तास्वरुप २ लाख सहयोग गरेका छन् । आफ्नो निर्वाचन क्षेत्रका नागरिक गा“स, बास र कपासबाट बञ्चित हुन नपरोस् भन्ने हेतुले सुरक्षित आवासका लागि लालकुमारको घर निर्माण गरिने मुख्यमन्त्री बानिया“ले बताए । पत्र पेश कार्यक्रममा कैलाश–१ का वडा अध्यक्ष तेज ब्लोन, २ का वडा अध्यक्ष राजेन्द्र घिसिङ, वडा–७ का अध्यक्ष उदासकुमार भुलन, ८ का अध्यक्ष आशीष प्रजा, ९ का अध्यक्ष भुवनसिं घलान, पालिका नेपाली कांग्रेस वडा तहका सभापतिहरुको उपस्थिति थियो ।









