12.1 C
Makwānpur
Homeमुख्य समाचारकिन बढ्दैछन् वृद्धाश्रम र आश्रम ? पाठ्यपुस्तकमा ॅनैतिक शिक्षा’ समावेश गर्न आग्रह
spot_img

किन बढ्दैछन् वृद्धाश्रम र आश्रम ? पाठ्यपुस्तकमा ॅनैतिक शिक्षा’ समावेश गर्न आग्रह

spot_img

माधब न्यौपाने
हेटौंडा/नैतिक शिक्षाले व्यक्ति असल व्यवहार र असल चरित्र भएको व्यक्ति बन्न सफल हुन्छ । परिवार, समाजमा मात्र नभएर सिंगो राष्ट्र सकारात्मक बन्न नैतिक शिक्षाको आवश्यकता पर्दछ । हरेक नागरिकमा आफ्‌नो दायित्वबोध हुन र सिंगो मुलुकलाई सकारात्मक तरिकाबाट अगाडि बढाउनका निम्ति हरेक राष्ट्रबासीमा नैतिक ज्ञानको बोध हुनु अति नै आवश्यक देखिन्छ ।

हातमा पीएचडीको प्रमाणपत्र बोकेर हि“डेको छ, नाम अनि दाम कमाएकै छ । तर, आफ्‌ना आमाबाबास“ग कसरी बोल्नुपर्ने हो, कस्तो व्यवहार गर्नुपर्ने हो भन्ने कुराको ज्ञान शून्य छ भने त्यो पीएचडीकोे प्रमाणपत्रको के अर्थ ? धागोबिनाको चंगाजस्तै हुन्छ मानव, नैतिक शिक्षाबिना अर्थहीन । जब व्यक्तिमा नैतिक ज्ञान हुन्छ र जीवनमा लागु गर्दछ, तबमात्र समाज सकारात्मक तरिकाबाट अगाडि बढ्दै व्यक्तिमा सदाचार, विनम्रता, सद्भाव, प्रेमभाव, श्रद्धा, परोपकार, दया, माया, निष्ठाजस्ता सकारात्मक पक्षले स्थान पाउनेछन् ।

- Advertisement - Ad Banner

हाल हाम्रो समाज जसरी विकास हु“दै गइरहेको छ । यदि यही तरिकाले अगाडि बढ्दै गयो भने सायद भविष्यमा हजारौं बृद्ध बुबाआमा परिवारको मायाको निम्ति भोको हुनेछन् । यो समाजमा आफ्‌ना दाजुभाइ, दिदीबहिनी पनि आफ्‌ना हुने छैनन् । एकै परिवारभित्र पनि एकर्काका निम्ति शत्रु निस्किने छन् । एकले अर्कालाई गिराउने, सताउने जस्ता कार्य हुने निश्चित छ । एकैघरमा एकै परिवार पनि मिलेर स“गै बस्न नसक्ने परिस्थितिको सिर्जना हुने अधिक सम्भावना देखापर्दछ ।

भन्ने गरिन्छ, नैतिक शिक्षा भनेको त आफैं आफ्‌नै घरपरिवार अनि विद्यालयमा यत्तिकै सिक्ने शिक्षा हो । थोरै कुराको ज्ञान त सामाजिक विषयमा पनि राखिएको छ नि । बेकारमा विद्यालयमा यसै त कोर्स सक्याउन धौधौ हुन्छ । अझ एउटा विषय बढी किन थप्ने, आफू अनि बालबालिकालाई थप बोझ किन बोकाउने ? तर, नैतिक शिक्षा अनिवार्य चाहिन्छ । यदि कसैको अचानक दुर्घटना भयो भने पनि उद्धार गर्न अघि सर्ने मान्छे थोरै हुन्छन् । मान्छेलाई फजुलमा समयको खर्च गर्न र रमाइलो गर्न समय पर्याप्त छ । तर, दुःखीलाई सहयोग गर्न र राम्रो कुरा गर्न, सिक्न, सिकाउन र सुन्नमात्र हजारौंमा एक/दुई जनालाई मात्र समय मिल्छ ।

नेपाली समाज र स“स्कृति कतातिर गइरहेको छ भन्ने आवाज उठ्न थालेको छ । नैतिक बन्धन तोडि“दै गएका छन् । खासगरि हाम्रा लवाइखवाइ, विश्वास, कला र साहित्य, रीतिरिवाज र धर्म, परम्परा, सामाजिक मूल्यहरु, वास्तुकला र मनोरञ्जन जस्ता विषयमा परिवर्तन आएको देखिन्छ । ठूलाबडाको आदर, सम्मान, आफ्‌नो धर्म/स“स्कृतिको सम्मान र पालन जस्ता कुरा ओझेलमा परेको भान हुन्छ । इमान्दारी, आफ्‌नो कर्तव्य र जिम्मेवारीबहन, अरुको सम्मान, सहानुभूति र नैतिकताजस्ता पक्ष हराउ“दै गएका हुन् त ?

स“स्कृतिमा ह्रास आएको र नैतिकता हराएकाले नेपाली समाज क्रमशः भिन्न स“स्कृति र परम्पराप्रति आकर्षित हु“दै गइरहेको छ । नेपाली परम्परामा भएका ठूलाबडा, बाबुआमा र गुरुको सम्मान, स्वयम् आफू, परिवार र समाजप्रतिको जिम्मेवारीबोध कमजोर हु“दै गएको देखिन्छ । आजभोलि छोराछोरी बाबुआमालाई ढोग र दण्डवत् गर्न पनि हिच्किचाउ“छन् । वृद्धाश्रम बढ्दै गएका छन् । मानवसेवा आश्रम खोलि“दै छन् ।

आखिर किन यस्तो भयो ? के हाम्रो शिक्षामा कमजोरी रह्यो कि ? हाम्रा विद्यालय र विश्वविद्यालय आफ्‌नो स“स्कृति, परम्परा र नैतिकताको शिक्षा दिन असमर्थ भए त ? भन्ने प्रश्न बारम्बार सुनिन्छन् ।

स“स्कृति भनेको कुनै समाजको जीवनशैली, विश्वास, र व्यवहारको समग्र रुप हो । यसमा भाषा, धर्म, कला, रीतिरिवाज, परम्परा र सामाजिक मूल्यहरु समावेश हुन्छन् । स“स्कृति कुनै समाजको पहिचान हो । यसले समाजको ऐतिहासिक, सामाजिक र आर्थिक विकासलाई प्रतिविम्बित गर्छ । यसभित्र जीवनशैली, रीतिरिवाज र परम्परा, इमान्दारी, सम्मान, जिम्मेवारी, सहानुभूति, न्याय आदि पर्दछन् । नैतिक शिक्षा विद्यालय, परिवार र समाजबाट सिक्न सकिन्छ । यसमा विभिन्न व्यक्ति र संस्थाले महत्वपूर्ण भूमिका खेल्छन् ।

नेपालमा नैतिक शिक्षासम्बन्धि शिक्षाको इतिहास धेरै पुरानो र समृद्ध छ । नेपालको शिक्षा प्रणालीले विभिन्न कालखण्डमा विभिन्न प्रकारका सा“स्कृतिक र नैतिक शैक्षिक मूल्यलाई आत्मसात् गर्दै आएको छ । नेपालमा नैतिक शिक्षाको इतिहास लामो र विविध छ । नैतिक शिक्षा भनेको मानिसको आचरण, मूल्य र नैतिकतास“ग सम्बन्धित शिक्षाको एक प्रकार हो । यसले व्यक्तिलाई सही र गलतको बीचमा फरक छुट्याउन, जिम्मेवार नागरिक बन्न र समाजमा सकारात्मक योगदान दिन सिकाउ“छ ।

नैतिक शिक्षा भनेको व्यक्तिको चारित्रिक विकास र समाजमा उचित आचरणको विकास गर्नु हो । यसले समाजमा नैतिक मूल्यहरुको स्थापना गर्न मद्धत पुर्‍याउ“छ । सन् १९५१ मा प्रजातन्त्र आएपछि, शिक्षा प्रणालीमा सुधार गरियो र साधारण व्यक्तिहरुका बच्चाहरुलाई विद्यालयमा प्रवेश दिन थालियो । यसले नैतिक शिक्षालाई अझ व्यापक बनायो ।

हालका दिनहरुमा नैतिक शिक्षा पुनः पाठ्यक्रममा समावेश गर्ने प्रयास भइरहेको देखिन्छ । विभिन्न विद्यालय र संस्थाले नैतिक मूल्यहरुको प्रवद्र्धनमा ध्यान दिइरहेका छन् । नेपालको नैतिक शिक्षाको इतिहासले देखाउ“छ कि यस विषय समयस“गै परिवर्तन भएको छ । तर, यसको महत्व सदैंव रहिरहने छ ।

त्यसैले बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानिया“ले संघीयताप्रति देखिएको नकारात्मक धारणा चिर्न नैतिक शिक्षा अपरिहार्य रहेको बताएका छन् । नेपाल स्काउट बागमती प्रदेश स्काउट, महेन्द्र मावि र स्थानीय स्काउट हेटौंडा–१३ को संयुक्त आयोजनामा सुरु ५ दिने स्काउट ओरामा फेष्टीवल क्याम्प–२०८२ को उद्घाटन समारोहमा मुख्यमन्त्री बानिया“ले विद्यालयस्तरमै नैतिक शिक्षा अनिवार्य गर्नुपर्ने आवश्यकता औंल्याए । उनले कक्षा–८ सम्मको पाठ्यक्रममा नैतिक शिक्षा समावेश गर्न स्थानीय सरकारलाई आग्रह गरे ।

सामाजिकसञ्जालमार्फत् अफवाह फैलाउने प्रवृत्ति बढिरहेको भन्दै उनले समाजलाई गतिशील र प्रगतिशील बनाउन हालको व्यवस्था ल्याइएको स्मरण गराए । लामो संघर्षबाट आएको संघीयताप्रति भ्रम फैलाउनेहरुलाई परिणाममार्फत् जवाफ दिनुपर्ने उनको भनाइ थियो । नया“ पुस्तामा बढ्दो वितृष्णा चिर्न नेतृत्व तह जिम्मेवार बन्नुपर्नेमा उनले जोड दिए । मुख्यमन्त्री बानिया“ले संघीयतापछि हेटौंडाको पदमपोखरी क्षेत्रमा देखिएको भौतिक तथा सामाजिक परिवर्तनलाई उदाहरणका रुपमा प्रस्तुत गर्दै प्रदेश राजधानीलाई व्यवस्थित र विश्वसिलो बनाउन पदमपोखरीले महत्वपूर्ण योगदान दिने विश्वास व्यक्त गरे ।

समारोहमा युवा तथा खेलकुद मन्त्री उर्मिला नेपाल, नेकपा एमाले बागमती प्रदेश प्रमुख सचेतक एकालाल श्रेष्ठ, प्रदेशसभा सदस्य कुमारी मोक्तान, हेटौंडा उपमहानगर प्रमुख मीनाकुमारी लामा, उपप्रमुख राजेश बानिया“, प्रमुख जिल्ला अधिकारी स्किम श्रेष्ठलगायतको आतिथ्यता थियो । उक्त स्काउट ओरामा फेष्टीवल क्याम्प भदौ १७ गतेसम्म चल्ने आयोजकले जनाएको छ ।

spot_img
Basanta Ad

प्रतिक्रिया दिनुहोस

spot_img
spot_img

ताजा सन्देश

spot_img
spot_img

यो पनि