माधब न्यौपाने
हेटौंडा/बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानिया“ले स्वास्थ्य जस्तो संवेदनशील क्षेत्रमा राजनीतिक विचारभन्दा माथि उठेर विकास र विस्तारमा सरकार प्रतिबद्ध रहेको बताएका छन् ।
बिहीबार मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठान र हेटौंडा अस्पताल अवलोकन तथा अन्तत्र्रिmयामा मुख्यमन्त्री बानिया“ले प्रतिष्ठानका लागि बजेटको कुनै कमी हुन नदिने प्रतिबद्धतासमेत व्यक्त गरे । उनले प्रतिष्ठान स्थापना हु“दा आफू प्रमुख प्रतिपक्षी दलको नेताको भूमिकामा रहेको स्मरण गर्दै तत्कालीन सत्तापक्ष र प्रतिपक्षको सर्वसम्मत् निर्णयबाट संस्था स्थापना भएको उनले बताए । प्रतिष्ठानको विकासमा कुनै राजनीतिक बाधा नहुने उनले स्पष्ट पारे ।
मुख्यमन्त्री बानिया“ले स्वास्थ्य क्षेत्रलाई प्रदेश सरकारले पहिलो प्राथमिकतामा राखेको बताए । प्रदेश गौरवको आयोजनाका रुपमा रहेको मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानलाई उद्धेश्यअनुरुप द्रुतगतिमा अघि बढाउन आफू दत्तचित्त भएर लाग्ने उनको भनाइ थियो । प्रतिष्ठानको कुलपतिसमेत रहेका मुख्यमन्त्री बानिया“ले स्वास्थ्यजस्तो संवेदनशील क्षेत्रमा राजनीतिक हस्तक्षेप हुन नहुनेमा जोड दिए ।
तत्कालीन समयमा डोरमणि पौडेल मुख्यमन्त्री र आफू प्रतिपक्षी नेताको भूमिकामा रह“दा प्रतिष्ठानसम्बन्धि ऐन सर्वसम्मत् पारित गरेको स्मरण गराउ“दै उनले प्रतिष्ठानको विकासमा कुनै राजनीतिक अवरोध हुन नहुने स्पष्ट पारे । मुख्यमन्त्री बानिया“ले प्रतिष्ठानका छरिएर रहेका शैक्षिक कार्यक्रमलाई एउटै छानामुनि ल्याउन आग्रह गर्दै यसका लागि आवश्यक भौतिक पूर्वाधार निर्माणमा प्रदेश सरकारले पूर्णरुपमा सहयोग गर्ने प्रतिबद्धता जनाए । उनले स्वीकृत भएको दुई सय बेडको अस्पताल तत्काल सञ्चालन गर्न तयारी अघि बढाउन निर्देशन पनि दिए । प्रतिष्ठानका छरिएर रहेका शैक्षिक कार्यक्रमहरुलाई एकै ठाउ“मा सञ्चालन गर्न १० महिनाभित्र एकीकृत पूर्वाधार निर्माण गरिने मुख्यमन्त्री बानिया“को भनाइ थियो ।
मुख्यमन्त्री बानिया“ले २०८० मा सम्पन्न हुनुपर्ने काम २०८२ सम्म पनि नसकिनुको कारणबारे सम्बद्ध निकायले जवाफ दिनुपर्ने बताए । निर्माणाधीन अवस्थामा रहेको बेसिक साइन्स भवनमा भएको ढिलासुस्तीप्रति असन्तोष व्यक्त गर्दै उनले सम्झौताअनुसार समयमै काम नगर्ने निर्माण कम्पनीलाई कानुनअनुसार कडा कारबाही गरिने चेतावनी पनि दिए । ॅठेकेदारको कमजोरी हो वा कर्मचारीको हो । तत्काल छानबिन गरेर कानुनबमोजिम कारबाही प्रक्रिया अघि बढाइनेछ,’ उनले भने । मुख्यमन्त्री बानिया“ले अस्पताल सञ्चालनका लागि आवश्यक उपकरण खरिद गर्न पनि प्रदेश सरकार प्रतिबद्ध रहेको बताए । उनले अस्पताललाई उपकरण खरिदका लागि तत्काल १० करोड निकासा गरिने प्रतिबद्धता व्यक्त गरे ।
कार्यक्रममा प्रतिष्ठानका संस्थापक कुलपति एवम् पूर्वमुख्यमन्त्री पौडेलले प्रतिष्ठानलाई लिएर कुनै पनि राजनीतिक विवाद नरहेको दाबी गरे। एमबीबीएस र एमडी कार्यक्रम ल्याउन सबैको सामूहिक प्रयास ऐतिहासिक भएको भन्दै प्रतिष्ठानको साख गिराउने गतिविधि नगर्न उनले आग्रह गरे। प्रतिष्ठानका उपकुलपति डा. प्रदीपराज ज्ञवालीले प्रतिष्ठानको २५ वर्षे विकास योजना, मेडिकल विश्वविद्यालय स्थापना, नियमावली संशोधन, सेवा आयोग गठन तथा अस्पतालको जग्गा संरक्षणलगायत अल्पकालीन र दीर्घकालीन योजना प्रस्तुत गरेका थिए ।
तर, मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानअन्तर्गत् सञ्चालित हेटौंडा अस्पतालमा पर्याप्त जनशक्ति हु“दासमेत सेवाप्रवाहमा सुधार नआएको गुनासो चुलि“दै गएको छ । करिब ५ सय ४५ कर्मचारी कार्यरत् रहे पनि अस्पतालमा दैनिक सेवा लथालिङ्ग भएको बिरामी र सेवाग्राहीको आरोप छ । अस्पतालमा हाल ५४ जना कन्सल्टेन्ट डाक्टर, ४८ मेडिकल अफिसर, १ सय ५ स्टाफनर्स, २० नर्सिङ अफिसरसहित प्रशासनिक, प्रयोगशाला, फार्मेसी, रेडियोलोजी, स्वास्थ्य सहायक र अन्य प्राविधिक तथा अप्राविधिक कर्मचारी गरी कुल ५ सय ४५ जना कार्यरत् छन् । यति ठूलो संख्यामा कर्मचारी रहे पनि दैनिक औसत १ हजार ४ सय बिरामीको उपचार सेवा सुचारु गर्न अस्पताललाई कठिन भइरहेको छ ।
्
सेवाग्राहीहरुको भनाइमा अस्पतालमा स्वास्थ्यकर्मीहरु समयमा उपस्थित नहुनु, बिरामी जा“चमा ढिलाइ, परीक्षण र रिपोर्टमा ढिलासुस्ती हुनु, औषधि अभाव तथा सरसफाइ कमीजस्ता समस्या छन् । अस्पताल व्यवस्थापन पक्षले नियमित अनुगमन नगर्नु र जवाफदेही संरचना कमजोर हुनु नै यसको मूल कारण रहेको विश्लेषण गरिएको छ ।
बिहीबार अस्पतालमा भेटिएका सेवाग्राही रमेश लामाले भने–बिरामी लिएर विहानै अस्पताल आइपुग्दा पनि रिपोर्ट आउन दिउ“सोसम्म कुर्नुपर्छ । कतिपय सेवाका लागि त फेरि अर्को दिन आउनु भन्छन् । यस्ता घटनाले सरकारी अस्पतालप्रतिको विश्वास कमजोर बनाउ“दै गएको छ ।
प्रतिष्ठानअन्तर्गत् हेटौंडा अस्पतालको डायलाइसिस केन्द्र सेवा संकटमा पर्दै गएको छ । बेड र मेसिन अभाव, बढ्दो बिरामी चाप र प्राविधिक समस्याका कारण दैनिक सेवा खोज्दै आउने धेरै बिरामी उपचार नपाइ घर फर्किन बाध्य छन् । हाल केन्द्रमा १४ वटा डायलाइसिस बेड छन्, जहा“ १ सय २ बिरामीले नियमित सेवा लिइरहेका छन् भने ६२ जना वेटिङ सूचीमा छन् । आवश्यक समयमा डायलाइसिस नपाउ“दा धेरै बिरामीको स्वास्थ्य अवस्था जटिल बन्दै गएको छ ।
्
केन्द्रमा रहेका २२ वटा डायलाइसिस मेसिनमध्ये ४ वटा बिग्रिएर प्रयोगबिहीन छन् । ती मर्मतका लागि ठोस पहल देखिएको छैन । नया“ बेड थप्ने विषयमा पनि अस्पतालले चासो नदेखाएको सेवाग्राहीहरुको गुनासो छ । यस्तो गम्भीर संकट प्रदेश राजधानीको एकमात्र डायलाइसिस केन्द्रमा उत्पन्न हु“दा पनि प्रदेश सरकार, अस्पताल प्रशासन र सरोकारवाला निकायहरु चुपचाप छन् । उक्त सेवाकेन्द्र रोटरी क्लब हेटौंडा, हेटौंडा उपमहानगरपालिका तथा अन्य सामाजिक संस्थाहरुको सहयोगमा स्थापना गरिएको हो । अस्पताल प्रशासनले भने डायलाइसिस सेवा विस्तार गर्न प्रयास भइरहेको बताएको छ ।
प्रतिष्ठानले यही शैक्षिक सत्रदेखि एमबीबीएस कार्यक्रम सञ्चालन गर्न अनुमति पाएको छ । चिकित्सा शिक्षा आयोगले प्रतिष्ठानलाई एमबीबीएस अध्यापनका लागि स्वीकृति दिएको हो । यसअघि स्नातक तहमा सञ्चालित कार्यक्रमहरुलाई निरन्तरता दिइएको छ भने केहीमा सिट संख्यासमेत वृद्धि गरिएको छ । विशेषगरि बीएससी नर्सिङ कार्यक्रममा सिट संख्या २० बाट बढाएर ३० पुर्याइएको छ । मेडिकल ल्याब टेक्नोलोजी (बीएमएलटी), पब्लिक हेल्थ (बीपीएच) तथा ब्याचलर इन फार्मेसी कार्यक्रमहरुमा भने क्रमशः २०, २० र ३० सिट कायम राखिएको छ ।
्
यस शैक्षिक सत्रदेखि प्रतिष्ठानमा स्नातकोत्तर तहका चिकित्सा कार्यक्रमहरु सुरु भएका छन् । एमडी तहमा सात वटा विभिन्न विशेषज्ञ विषयमा कुल ८ सिटमा अध्यापन सुरु गरिएको छ । स्त्री तथा प्रसुति, आन्तरिक रोग, सामान्य शल्यक्रिया, बालरोग, हाडजोर्नी तथा नशारोग, फेमिली फिजिसियन र एनेस्थेसियोलोजी जस्ता विभागमा स्नातकोत्तर अध्ययनको व्यवस्था मिलाइएको छ । २०७६ मा प्रदेशसभाबाट प्रतिष्ठान ऐन पारित भएपछि २०७७ साउन १५ मा उपकुलपति र भदौ १५ मा अन्य पदाधिकारी नियुक्त गर्दै प्रतिष्ठानले औपचारिकरुपमा काम प्रारम्भ गरेको हो ।









