12.1 C
Makwānpur
Homeमुख्य समाचारसरकार ‘एभरेज बिडिङ’ को अवधारणामा
spot_img

सरकार ‘एभरेज बिडिङ’ को अवधारणामा

spot_img
हेटौंडा/बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानिया“ले निर्माण व्यवसायीहरुलाई कामको खा“चो नहुने बताएका छन् । निर्माण व्यवसायी संघ मकवानपुरले सोमबार प्रदेशका मुख्यमन्त्रीसहित मन्त्रीहरुको स्वागतमा आयोजना गरेको कार्यक्रममा उनले १० लाख भन्दामाथिका योजनाहरु टेण्डर प्रक्रियामार्फत् गर्ने नीति संसद्बाट पास भइसकेको बताए । प्रदेश सरकार सुशासन र भ्रष्टाचारमुक्त बागमती प्रदेश बनाउने अभियानमा रहेको भन्दै उनले अबदेखि १० लाख भन्दामाथिका कुनै पनि योजना उपभोक्ता समितिबाट नहुने उल्लेख गरे । मुख्यमन्त्री बानिया“ले उपभोक्ता समितिमार्फत् हुने काममा बढ्दो विकृति रोक्न अब १० लाखमाथिका सबै योजना टेण्डर प्रक्रियामार्फत् अघि बढाइने बताए ।
मुख्यमन्त्री बानिया“ले निष्पक्षढंगले निर्माण व्यवसायीहरुलाई सहयोग गर्ने आश्वासन दिए । निर्माण व्यवसायी राष्ट्रनिर्माणको मेरुदण्ड भएको भन्दै उनले निर्माण व्यवसायीहरुको समस्यालाई समाधान गर्न प्रदेश सरकार प्रतिबद्ध रहेको बताए । निर्माण व्यवसायीहरु ॅलो बिडिङ’ को बाध्यताले कंगाल बन्न लागेको उल्लेख गर्दै मुख्यमन्त्री बानिया“ले उक्त समस्या रोक्न सरकारले सार्वजनिक खरिद ऐन संशोधन गर्नुपर्ने बताए । उपभोक्ता समितिको काममा समस्या देखिएकाले १० लाखमाथिका योजना सोहीअनुसार टेन्डरको तयारी गर्न निर्देशन दिइएको छ,’ उनले भने ।
मुख्यमन्त्री बानिया“ले निर्माण व्यवसायीहरु बा“च्नका ७० प्रतिशत्‌सम्म घटेर ठेक्का हाल्नुपर्ने अवस्था रहेको भन्दै मोबिलाइजेसन लिएर बैंकको ऋण तिर्नुपर्ने बाध्यता रहेको दाबी गरे । एभरेज बिडिङ’ को अवधारणा ल्याउने प्रक्रियामा सरकार अग्रसर हुनुपर्छ,’ उनले भने । खानेपानी मन्त्रालयले आफ्‌ना योजनाहरु सम्पन्न गर्न केही दिनमै टेण्डर आह्‌वान गर्ने भएकाले तयारी भएर बस्न उनले निर्माण व्यवसायीलाई आग्रह गरे ।
मुख्यमन्त्री बानिया“ले आफू निर्माण व्यवसायबाट ३ वर्षदेखि अलग भएको बताए । राज्यसञ्चालनका क्रममा व्यक्तिगत् स्वार्थ बाझिने भएकाले आफू बानिया“ निर्माण सेवाबाट अलग भएको उनले स्पष्ट पारे । ॅवार्षिक तीन अर्बभन्दा बढीको कारोबार गर्ने कम्पनी मैले स्वार्थ नबाझियोस् भनेर छाडेको छु । अब म स्वतन्त्ररुपमा आमनागरिकको समस्या समाधानमा लाग्नेछु ।
मैले सुशासनयुक्त प्रदेश निर्माणको अभियान थालेको छु । निर्माण व्यवसायीहरुले पनि त्यसमा सहयोग गर्नुपर्छ,’ उनले भने–व्यवसायीको काममा ढिलाइ हु“दैन । तर, पारदर्शिता र गुणस्तरमा सम्झौता हुनेछैन । कामको गुणस्तरमा कुनै सम्झौता नगर्न व्यवसायीलाई आग्रह गर्दै उनले प्राविधिक परीक्षणले सबै कुरा पत्ता लगाउने भएकाले अनुमानभन्दा कम सामग्री प्रयोग गर्ने प्रथा सह्य नहुने चेतावनी दिए । मुख्यमन्त्री बानिया“ले मागेर र ठगेर खानेलाई छुट नदिने चेतावनी पनि दिए । मुख्यमन्त्री बानिया“ले असहज परिस्थितिमा आफ्‌नै पार्टीभित्र सकस गरेर हालको सरकार बनेको बताए । आफ्‌नो नेतृत्वको सरकार जनताप्रति जिम्मेवार भएको उनले दाबी गरे ।
कार्यक्रममा कृषि तथा पशुपक्षी विकास मन्त्री मधुसूदन पौडेलले पेशागत् मर्यादा कायम राखेर निर्माण व्यवसायीहरुले काम गर्नुपर्ने बताए । समाज र देशनिर्माणमा निर्माण व्यवसायीहरुको ठूलो भूमिका रहेको उनको भनाइ छ । कामको सिलसिलामा कसैले दुःख दिए सीधै मुख्यमन्त्री र मन्त्रीस“ग समन्वय गर्न उनले आग्रह गरे । मन्त्री पौडेलले हालको मन्त्रिपरिषद्लाई सफल बनाउने जिम्मा निर्माण व्यवसायीकै भएको बताए ।
उनले वर्तमान सरकार समाजको सबै वर्गको सरकार भएकाले सडकमा बसेर कराउनुनपर्ने जिकिर गरे । निर्माण व्यवसायी संघ मकवानपुर अध्यक्ष बालगोपाल क“डेलको सभाध्यक्षतामा भएको कार्यक्रममा खानेपानी, ऊर्जा तथा सिचाईं मन्त्री कृष्णकुमार तामाङ, सहकारी तथा गरिबी निवारण मन्त्री बिनु रायमाझीपौडेललगायतको आतिथ्यता थियो ।
spot_img
Basanta Ad

प्रतिक्रिया दिनुहोस

spot_img
spot_img

ताजा सन्देश

spot_img
spot_img

यो पनि