माधब न्यौपाने
हेटौंडा/जेठमा मकवानपुरको पालुङबाट धरानको कृषिउपज बजारमा लगिएको फुलकोभी (काउली) मा अधिक विषादी पाइएपछि तत्काल बरामद र नष्ट गरिएको थियो । पालुङबाट धरानका लागि २ हजार ४ सय ४२ केजी फुलकोभी लगिएको थियो । ती सबैमा ९७.४ प्रतिशत् विषादी भेटिएपछि नष्ट गरिएको बजार व्यवस्थापक लक्ष्मण भट्टराईले बताए । यो मात्रा भनेको तोकिएको मापदण्डभन्दा दोब्बरले बढी हो । धरान उपमहानगर उपप्रमुख आइन्द्रविक्रम बेघा र वडा–१३ का अध्यक्षको उपस्थितिमा उक्त काउली नष्ट गरिएको थियो ।
धरानस्थित प्रयोगशाला एकाईं नायब प्राविधिक सहायक रुपेश रिजालका अनुसार तरकारीमा कार्बामेन्ट र अर्गानोफस्फेट समूहका विषादीको परीक्षण गरिन्छ । ३५ प्रतिशत्देखि ४५ प्रतिशत्सम्म ती विषादी पाइए केही दिन क्वारेन्टाइनमा राखेर बजारमा पठाउने गरिन्छ । ४५ प्रतिशत्भन्दा बढी विषादी पाइए नष्ट गरिन्छ । त्यस्ता विषादीले मानव स्वास्थ्यमा प्रतिकूल असर पुर्याउ“छ ।
पालुङबाट लगिएको उक्त काउली दुई पटकसम्म परीक्षण गर्दा अर्गानोफस्फेट नामक विषादीको मात्रा ९७ प्रतिशत् पाइएपछि नष्ट गरिएको हो । उक्त घटना त्यहा“को बजारमा हालसम्मकै पहिलो पटक विषादीको धेरै भएको तरकारी भेटिएको हो । काउलीको माग धेरै हु“दा व्यवसायीले मकवानपुरको पालुङबाट खरिद गरेको काउली विषादी हालेर केही समय नपर्खी बजारमा पठाएको हुनसक्ने प्राविधिकले बताएका छन् ।
उक्त काउली थोक मूल्यअनुसार करिब डेढ लाख बराबरको थियो । धरानको विषादी अवशेष द्रुत विश्लेषण प्रयोगशाला एकाइका अनुसार उक्त काउली स्थानीय व्यापारी सन्तोष ढकाल र लालो चौधरीले लगेका थिए । व्यवसायीले किसानले विषादीको मात्रा अधिक प्रयोग गर्नु आफूहरुको दोष नभएको बताएका छन् । पालुङबाट काउलीस“गै ढकालका नाममा पुगेको खिरा र चौधरीले झिकाएका मुलामा भने विषादीको मात्रा हानिकारक नपाइएको प्रयोगशालाको रिपोर्टमा छ । सोही ठाउ“बाट काठमाडौंमा लगिएको काउलीमा भने विषादी नभेटिएको कालीमाटी फलफुल तथा तरकारी बजार विकास समितिले जनाएको छ । फार्म फरक भएका कारण काठमाडौंमा विषादी नभएको हुनसक्ने समितिको भनाइ छ ।
मकवानपुरको पालुङबाट मुलुकभरका शहरी उपभोक्ताकहा“ मौसमी र बेमौसमी फलफुल तरकारी आपूर्ति हुन्छ । किसानले धेरै मात्रामा हरिया सागसब्जी र फलफुल उत्पादन गर्दै आएका छन् । हरिया सागसब्जी र फलफुल तरकारी पूर्वका शहरी क्षेत्रका उपभोक्ताको चुल्होसम्म पुग्छ ।
थाहा नगरको बज्रबाराहीका शंकर महर्जन सक्रिय र सफल कृषक हुन् । महर्जनले २१ हप्ते आईपीएम तालीम लिए । तरकारी रोपेपछि लिटरका लिटर विष ओसार्ने महर्जन पहिलेको तुलनामा बिखको प्रयोग करिब ९० प्रतिशत् घटाएको बताउ“छन् । उनी विषादीलाई ॅबिष’ को संज्ञा दिन्छन् । उनी भन्छन्–विष नहाले पनि उत्पादन घट्या छैन । उत्पादन साबिककै जस्तो छ,’ महर्जनले भने । बालीमा कीरा लागे घरछेऊमा पाइने वनस्पति कुटेर हाल्ने गरेको उनले बताए ।
ॅबनमारा, खुर्सानी र टर्रो, पिरो हुने वनस्पति गाईभैंसीको मूत्रमा मिसाएर डेढ महिना राखेर छर्कंदा कीराको सातो जान्छ,’ उनले भने–यसरी तयार गरेको झोललाई छानेर स्प्रे गर्न सकिन्छ । तरकारी बढी फलाउन विष किन्ने बित्तिकै आफ्नो ज्यानको जोखिम शुरु हुने उनको महसुस छ । ॅजब बिर्को खुल्छ, तब हात, आ“खा, शरीरमा असर शुरु हुन्छ,’ उनी बताउ“छन् । पटकपटक माटो परीक्षण गराएका किसानले कृषिचुन छर्ने गरेका छन् ।
मकवानपुरको थाहानगर–११ का कृष्ण गुरुङ व्यावसायिक कृषक हुन् । उनले तरकारी खेती गर्न थालेको दशक नाघिसक्यो । तरकारीबाट राम्रो आम्दानी गर्दै आएका कृषक गुरुङ पछिल्लो समय फलफुल बालीतर्फ आकर्षित भएका छन् । उनको नर्सरी पनि छ । उनको नर्सरीमा स्याउ, नास्पाती, आरुबखडालगायत बिरुवा छन् ।
आफूले रोपेको तरकारीमा कीरा लागेको देख्नेबित्तिकै ॅविष’ किन्न बजार धाउने कृषक गुरुङ हाल हत्तपत्त विष प्रयोग गर्दैनन् । बरु, उनी बालीमा कीरा लागेको देखेपछि तीतेपाती, टिमुर र पिरो तथा टर्रो हुने वनस्पति खोज्नतिर लाग्छन् । रोगकीरा नियन्त्रण गर्न उनले घरमा गहु“त संकलन गरेका छन् । त्यही गहु“त र वनस्पति मिसाएर बालीमा छर्कंदा कीरा नियन्त्रण हुने उनको अनुभव छ । उनलाई विष हाल्दा मानिसलाई असर गर्छ भन्ने कुरा थाहा छ । आफूमा विषको नकारात्मक असरबारे ज्ञान बढ्दै जा“दा उनले विष हाल्न छाडेका हुन् । ॅकति भयो विष त किनेकै छैन,’ गुरुङले भने । सागपातमा त गहु“तमात्र छर्किंदा पनि कीराहरु मरिहाल्छ ।
साउन २८ गते डा“डाबजारबाट चन्द्र मगरले बिक्रीका लागि धरानको कृषिबजारमा ल्याएका हरियो रायो साग प्रयोगशालामा परीक्षण गर्दा कार्बामेन्ट ५.५७ प्रतिशत् र अर्गानोफेस्फेट ६१.९१ प्रतिशत् पाइएपछि उपभोग अयोग्य घोषित गर्दै नष्ट गरिएको थियो । बजार व्यवस्थापनका अनुसार धरानको कृषिउपज बजारमा मौसमी हरिया तरकारी फलफुलमा बन्दा, मुला, का“क्रो, काउली, इस्कुसको मुन्टा, साग, टमाटर, करेला, भेंडेखोसानी, नास्पाती, सुन्तला, अकबरे खोर्सानी, सिमी, बोडी, गा“जर र चुकन्दर दैनिक २ सय मेट्रिकटन अर्थात् थोक मूल्यमा करिब ६० लाख रुपिया“बराबर जाने गरेको छ । ती सबैमा पा“चदेखि १५ प्रतिशत्सम्म विषादी प्रयोग भएको पाइएको छ ।
ॅरुखमै फल्ने नास्पाती र सुन्तलामा समेत विषादी भेटिएको छ । सामान्य उपभोक्ताले नास्पाती, सुन्तला, इस्कुस र इस्कुसको मुन्टामा विषादी लगाउ“दैनन् होला भन्ने ठान्छन् । तर, प्रयोगशालामा परीक्षण गर्दा विषादी प्रयोग भएको पाइनु चिन्ताको विषय हो,’ कृषिबजार व्यवस्थापक लक्ष्मण भट्टराईले भने । केही दशकअघिसम्म नास्पातीका उपभोक्ता कम थिए । तर, पछिल्लो समयमा नास्पातीको महत्व र माग बढेपछि किसानले व्यावसायिकरुपमा बढी उत्पादन र बिक्री गर्ने उद्धेश्यले विषादी प्रयोग गर्न थालेका हुन् । गत वर्ष धनकुटास्थित पारीपात्ले सुन्तला अनुसन्धान केन्द्रमा परीक्षण गर्दा सुन्तलामा समेत २२ प्रतिशत् र नास्पाती र इस्कुसमा १५ प्रतिशत्सम्म विषादी पाइएको भट्टराईले बताए ।
सरकारले बजेट वक्तव्यमा उपभोक्ताकोमा पुग्नुभन्दा अगाडि नै जुनसुकै कृषिजन्य उत्पादनको विषादीमापन अनिवार्य गरिने बताए पनि व्यवहारमा भने लागु हुन सकेको छैन । काउली र रायोको सागमा अधिक विषादी देखिएपछि कृषिउपज बजारमा ल्याइने तरकारी परीक्षणमा भने थप कडाइ गरियो । विषादीयुक्त तरकारी नष्ट गर्न थालेपछि कृषक र व्यापारीले थोक बजार नल्याइ अन्त लैजाने र ती अन्तका पनि उपभोक्ता नै भएकाले विषादी प्रयोगमा नियन्त्रण गर्नु चुनौतीयुक्त रहेको भट्टराईको भनाइ छ ।
विषादीरहित वा तोकिएको मापदण्डभन्दा कम विषादीमात्र प्रयोग भएका हरिया सागसब्जी, फलफुल र तरकारी किनमेल गराउने उद्धेश्यले सात महिनाअघि धरानमा केन्द्रीय कृषि प्रयोगशाला विषादी अवषेश दु्रत विश्लेषण प्रयोगशाला एकाईं स्थापना भयो । तरकारी र फलफुलमा विषादी अवषेश मापन गर्ने यो प्रयोगशाला देख्दा यतिखेर पूर्वी पहाड र तराईका कृषक/व्यवसायी तर्सिन थालेका छन् । धरानको कृषिउपज बजार राष्ट्रियस्तरमा आठ पटक लगातार उत्कृष्ट घोषित र पुरस्कृत भइसकेको छ । विषादी मापनकै कारण किसान र व्यापारी तर्सिंदै तर्किन थालेपछि अब कृषिबजार सञ्चालन गर्नै समस्या पर्ने देखिएको छ ।
वार्षिक ६ अर्ब भन्दा बढीको कृषिउपज कारोबार हुने गरेको बजारमा विषादी मापन कडाइ गर्न थालेपछि कारोबार २५ प्रतिशत्ले घटिसकेको छ । धरानको कृषिउपज बजारबाट भारत र बंगालादेशमा समेत अदुवा, अम्रिसो, तेजपात, मजिटो, रिठ्ठा, बन्दा र अलैंचीलगायत कृषि उत्पादन निर्यात हुने गरेको छ । कृषिउपज बजारमा हुने कुल कारोबारमा २० प्रतिशत् हिस्सा त निर्यातकै छ । विषादी परीक्षणमा कडाइपछि पछिल्लो समयमा किसान र व्यापारी तर्सिनेमात्र होइन, कृषिउपज थोकबजारमा बिक्रीका लागि नल्याएर अन्यत्र लैजान थालेका छन् ।
कृषिजन्य उत्पादन बढाउने उद्धेश्यले जथाभावी विषादी प्रयोग गर्ने किसान र व्यापारी प्रयोगशालामा परीक्षण गर्न तर्सिएर तर्किंदै भागे पनि अन्ततः ती विषादीयुक्त उत्पादन उपभोक्ताको चुलाचौकामा पुगेको छ । जब धरानमा विषादी अवशेष मापन गर्ने प्रयोगशाला स्थापना भयो, त्यसयता पूर्वी पहाड र तराईका करिब २५ प्रतिशत् किसान र व्यापारीले थोकबजारमा फलफुल तथा तरकारी ल्याउनै छाडेका छन् ।
धरानमा नल्याए कहा“ लगेर बिक्री गरिरहेका छन् त । यो भने खोजीको विषय भएको छ । धरानको कृषिबजारमा ल्याउँदा विषादी अनिवार्य परीक्षण गर्नुपर्छ । परीक्षणको नतिजा आएपछि मात्र खुद्रा व्यापारीलाई कृषिउपज बिक्री गर्न दिइन्छ । तोकिएको मापदण्डभन्दा बढी विषादी प्रयोग भएको पाए तत्काल बरामद र लगत्तै नष्ट गर्ने प्रावधान राखिएपछि किसान र व्यापारी तर्किन थालेको कृषिबजार व्यवस्थापक भट्टराईले बताए ।
उनले भने–धरानको कृषिबजारमा फलफुल तथा तरकारी ल्याउने किसान र व्यापारी विगत केही महिनादेखि घट्दो क्रममा छ । खासगरि विषादी अवशेष मापन प्रयोगशाला स्थापना भएपछि उनीहरुले आफ्नो उत्पादन ल्याउन छाडेका छन् । यहाँ नल्याए पनि अन्यत्र भने पुर्याइरहेका छन् । विषादी मापनकै कारण कृषिबजारमा किसान र व्यापारीले आफ्ना उत्पादन नल्याउनु र अन्यत्र नै लैजानु अलिक चिन्ताको विषय बनेको भट्टराईले बताए । उनका अनुसार पुस २६ गते स्थापना भएको प्रयोगशालामा तोकिएभन्दा बढी मात्रामा विषादी देखिए कृषिउपज नष्ट थालिएको थियो ।
उपभोक्ताको चुल्हो हँदै मानिसको शरीरमा पुग्ने विषादीको मापदण्ड एकिन गर्न ल्याबटेस्ट नगरी फलफुल तरकारी बिक्रीवितरण गर्न पाइँदैन । धरानको प्रयोगशालामा हालसम्म दुई हजारभन्दा बढी नमूना परीक्षण गरिसकिएको छ । सो क्रममा पूर्वी पहाडी जिल्लाका किसानले उत्पादन गरेका हरिया सागसब्जीमा पनि अखाद्य विषादी मापदण्डभन्दा बढी प्रयोग भएको पाइएको थियो ।
कृषिउपज बजारभित्र स्थापना गरिएको प्रयोगशालामा विषादी परीक्षणलाई थप प्रभावकारी बनाउन सर्वपक्षीय छलफल भएको छ । विषादी परीक्षणका लागि बनेको समितिका पदाधिकारी, प्रहरी, प्रशासन, धरान उपमहानगरपालिकाका जनप्रतिनिधि, कृषिबजार व्यवस्थापन समितिका पदाधिकारी, विषादीमापन विज्ञ कर्मचारीलगायत व्यापारी तथा कृषकको सर्वपक्षीय छलफलले व्यवस्थित बनाएर लैजाने निर्णय गरेको हो ।
प्रयोगशालाले धरान–१३ स्थित कृषिबजारमा पहाड तथा तराईबाट आएका कृषिजन्य सामग्रीमा विषादीमापन गरे पनि कृषिबजारबाहेक धरान–२ मा रहेको सब्जीमण्डी, धरान–३ मा रहेको पालिका तरकारी बजारलगायत कृषि सामग्री वितरण केन्द्रमा मापन नगरेको भन्दै मापन गुणस्तरीय र प्रभावकारी नभएको छलफलमा कुरा उठेको थियो । छलफलमा कृषकका तर्फबाट समितिमा रहेका मचिन्द्र राईले धरान–१३ को कृषिउपज बजारमा मात्र विषादीमापन केन्द्रित गर्दा कृषकले उत्पादन गरेको सामग्री कृषिबजार ल्याउनै छाडेको बताए ।
उनले हाल जति पनि मापन भएका कृषि सामग्री व्यापारीले कृषकबाट बिक्री गर्न ल्याएको बताउँदै मापनबाट व्यापारीहरु सबभन्दा बढी मारमा परेको बताए । उनले कृषकसम्म पुगेर सचेतना कार्यक्रम नगरेसम्म उपभोक्ताले अर्गानिक तरकारी उपभोग गर्न सम्भव नहुने बताए । कृषिबजार व्यवस्थापन समितिका अध्यक्ष काजी गिरीले प्रदेशस्तरीय विषादीमापन केन्द्रका रुपमा कृषिबजारमा स्थापना भए पनि यसले कृषिबजारबाहेक अन्य कुनै ठाउँमा समेट्न नसकेको बताए ।
इलाका प्रशासन कार्यालय धरान प्रमुख लक्ष्मीप्रसाद गौतमले मापन गरिएका र बढी विषादी भेटिएका कृषि सामग्री नष्ट गर्दा नकारात्मक सन्देशप्रवाह भएको भन्दै अनिवार्य मापन गर्ने प्रावधानमा जोड दिए । उनले विषादीमापन गरिएको अर्गानिक सागसब्जी कृषिबजारमा रहेको सकारात्मक प्रचार र ब्राण्डिङ गर्नुपर्ने बताए । छलफलमा धरान उपमहानगरपालिका बजार अनुगमन अधिकृत वेदप्रसाद सापकोटाले प्रयोगशाला एकाईंको क्षेत्राधिकार कोशी प्रदेशभर भए पनि धरानलाई समेत समेट्न नसकेकाले बृहत् योजना बनाएर अघि बढ्नुपर्ने सुझाए ।
धरानका उपप्रमुख आइन्द्रविक्रम बेघाले विषादीमापन व्यवस्थित बनाउन अन्य पालिकासँग समेत समन्वय गरी अगाडि बढ्नुपर्ने बताए । यस विषयमा अन्य पालिकाका उपप्रमुखसँग छलफल चलाइने उनले बताए ।









