9.6 C
Makwānpur
Homeमुख्य समाचारमकवानपुरको कर्णाली’ जहा“ हुन्छ हुट वा झ्याल समातेर यात्रा
spot_img

मकवानपुरको कर्णाली’ जहा“ हुन्छ हुट वा झ्याल समातेर यात्रा

spot_img

मञ्जिता मैनाली
हेटौंडा/मकवानपुरको राक्सिराङ गाउ“पालिका–९, अठारेस्थित भित्री सडकखण्डमा ॅयात्रुबाहक’ सवारीसाधन दुर्घटना हु“दा ९ जना घाइते भए । मकवानपुरको खैराङबाट मनहरीतर्फ आउ“दै गरेको बा. १५ च १३३३ नम्बर सवारीसाधन गत बैशाख २४ गते विहान दुर्घटना हु“दा राक्सिराङका–९ का १६ वर्षीय हिमाल बस्नेत, ३५ वर्षीय बुद्धिमान घलान, ७५ वर्षीय डिलबहादुर घलान र उनकी पत्नी ७० वर्षीया फूलमाया घलान, ३८ वर्षीय रुपबहादुर राउत र ४८ वर्षीय दीपक खड्का गम्भीर घाइते भए ।

मकवानपुरको राक्सिराङ गाउ“पालिकाबाट मनहरी र हेटौंडा बजारसम्मको दैनिक यात्रा स्थानीयका लागि एक कठिन र जोखिमपूर्ण कार्य बनेको छ । सडक पूर्वाधार कमजोर हुनुका साथै पर्याप्त सार्वजनिक यातायात अभावले स्थानीय लामो समयदेखि सास्ती खेप्दै आएका छन् ।

- Advertisement - Ad Banner

पालिकाका मुख्य सडकहरु अझैसम्म पनि मर्मत तथा स्तरोन्नति नहुनुका कारणले यात्रा अत्यन्त कठिन बनेको छ । मनहरी बजार वा हेटौंडा आउनका लागि प्रयोग हुने बोलेरो जस्ता सवारीसाधनमा अधिक भीडभाडबीच महिला, पुरुष तथा बालबालिका हुटमा बसेर वा झ्यालको फ्रेम समातेर यात्रा गर्न बाध्य छन् ।

स्थानीयका अनुसार वर्षाको समयमा त झन् सडक जोखिमपूर्ण बन्छ र दुर्घटनाको सम्भावना पनि बढ्ने गर्छ । पटकपटक सम्बन्धित निकायलाई जानकारी गराइए पनि समस्या समाधान नभएको स्थानीयको गुनासो छ । बागमती प्रदेशको राजधानी हेटौंडाबाट निकट भएर पनि राक्सिराङ अझै पनि यातायात तथा पूर्वाधारको न्यूनतम् सुबिधाबाट वञ्चित रहनु दुःखद् भएको सरोकारवालाहरु बताउ“छन् । राक्सिराङ गाउ“पालिकामा सार्वजनिक यातायात नचल्दा स्थानीयले जोखिमपूर्ण र कष्टकर यात्रा गर्न बाध्य भएका छन् ।

गाउ“को अवस्था राम्ररी चिनेका पत्रकार रामकुमार एलनका अनुसार प्रत्येक वर्ष असुरक्षित यात्राका कारण कयौंले ज्यान गुमाउने गरेका छन् । ॅसामान ढुवानीका लागि प्रयोग हुने गाडीमा चढेर यात्रा गर्नुपर्ने बाध्यता छ,’ एलनले भने–सडक निर्माण भए पनि यातायात सञ्चालनमा नआउ“दा समस्या झन् बढेको छ ।

पालिका क्षेत्रभित्र पिच सडक बने पनि यातायातसाधन सञ्चालनमा नआउ“दा स्थानीय सास्ती खेपिरहेका छन् । पालिकाले सडक पूर्वाधार बनाएको भए पनि बस तथा अन्य सार्वजनिक सवारीसाधन चलाउने व्यवस्था नहु“दा जोखिमयुक्त यात्रा गर्नुपरेको उनीहरु बताउ“छन् । स्थानीयहरु अब पालिकास“ग सार्वजनिक यातायात सञ्चालनको माग गरिरहेका छन् ।

जोखिमपूर्ण यात्रा राक्सिराङ गाउ“पालिकाबासीका लागि बाध्यता रहेको बताउ“दै पालिका अध्यक्ष राजकुमार मल्लले कि १४/१५ घण्टा पैदल हि“ड्नुपर्छ, त्यो पैदल हि“ड्नु नपरोस् भनेर जोखिमपूर्ण यात्रालाई रोक्न नसकेको बताए । ॅबोलेरोमा ४ सिट हुने र त्यसले इन्धन खर्च पनि नउठ्ने हु“दा कानुन मिचेरै चलिरहेका छन् बोलेरो,’ उनले भने–कच्ची सडक र सानो बाटो बर्खाको बेला कष्टपूर्ण छ । स्थानीय र चालक कानुन भन्दा आफ्‌नो सहजता हेरेर यात्रा गर्ने गरेका छन् । पालिकाले प्रहरीलाई भन्दा रोक्न सकिन्छ तर १४ घण्टा पैदल हि“ड्नुपर्ने कारण हामी मौन छौं ।

ॅमकवानपुरको कर्णाली’ भनेर चिनिने पालिकाको पहलमा ९ महिने बाटो सुरु भएको छ । उक्त बाटोमा पहिरो हेरेर गाडी गुडाउनुपर्छ । ॅ१२ महिने बनाउन र सहजरुपले बस सञ्चालन गर्न पालिकाले संघ र प्रदेशमा माग गरेर १२ महिने बाटोका लागि पुल आवश्यक र रोड परमिटका लागि लागिरहेका छौं । रोड परमिट बनाइएपछि इन्स्योरेन्स हुने हु“दा गाडी सिटअनुसार यात्रा गर्न गराउन सहज हुने हु“दा मागसहित प्रक्रिया अगाडि बढाइएको छ । अब डेढ वर्षमा १२ महिने सहज बाटो निर्माण गरी कष्टकर यात्रा अन्त्य गर्ने गरी लागिपरेका छौं,’ उनले भने ।

दुरदराजका गाउ“ मोटरबाटोले जोडिएका छन् । कतिपय गाउ“ सडकले डेढ दशकअगाडि नै जोडिएका थिए भने कतिपय हालै जोडिएका छन् । कतिपय गाउ“ भने जोडिने क्रममा छन् । मकवानपुरको सदरमुकाम हेटौंडा बजारआसपास पालिकामा सडक पक्की बनेका छन् । गाउ“पालिका पुग्ने र बाक्लो बस्ती भएका गाउ“का सडक पक्की भएका छन् ।

मकवानपुरको भीमफेदी गाउ“पालिका, इन्द्रसरोवर गाउ“पालिका, मनहरी गाउ“पालिका, मकवानपुरगढी गाउ“पालिका, बकैया गाउ“पालिका, बागमती गाउ“पालिका र मनहरी गाउ“पालिकाका केही सडक पक्की भए पनि बिकट गाउ“का सडक निकै कच्ची छन् । राक्सिराङका धेरै सडक कच्ची छन् । ओहोरदोहोर गर्नका लागि स्थानीयले निकै सास्ती खेप्नुपरेको छ । मकवानपुरका दुर्गम गाउ“, त्यसमाथि सा“घुरो र जोखिमपूर्ण सडकका कारण दुर्घटनाको जोखिम उच्च छ । कच्ची सडकहरुमा पनि ट्याक्टर र अटो त गुढेका छन् । तर, निकै जोखिम रहेको स्थानीय श्यामबहादुर स्याङ्तान बताउ“छन् ।

मकवानपुरका बिकट गाउ“का स्थानीयले सडकको स्तरोन्नति माग गर्दै आए पनि सुनुवाइ नभएको गुनासो छ । गाउ“मा सीमित सवारीसाधन चल्ने हु“दा स्थानीय जोखिम मोल्न बाध्य भएको राक्सिराङका बासिन्दाहरु बताउ“छन् । केही वर्षअगाडि नागरिकको सुबिधाका लागि सडक खुले पनि स्तरोन्नतिमा सरोकारवाला स्थानीय र प्रदेश सरकारको ध्यान नपुगेका कारण समस्या बेहोर्नुपरेको स्थानीय बताउँछन् । सडक अप्ठ्यारो हँदा सहज र समयमै गन्तव्यमा पुग्न नसकिने हुन्छ ।

सडक राम्रो नहँदा र ढुवानी महंगो हँुदा गाउँमा उत्पादन हुने कृषिउपज बजार पुर्‍याउन पनि साह्रै समस्या भएको भन्दै रामबहादुर लो भन्छन्‌–दुर्गम गाउ“ भए पनि धेरै वर्षअगाडि यहा“ सडक आएको थियो, सडकले हामीलाई धेरै राहत दियो तर हालसम्म स्तरोन्नति हुन नसक्दा धेरै दुःख पनि पाइएको छ । हामीले सरकारलाई धेरै पटक सडक बनाउन माग गर्‍यौं । तर, हालसम्म सुनुवाइ भएन, बजार गएर आउन एक दिन पूरै लाग्छ । सामान ढुवानीमा उस्तै समस्या, भाडा पनि महंगो तिर्नुपर्ने अवस्था छ । बाटो सजिलो हुन्थ्यो भने यात्रा गर्न र सामान ढुवानीमा सुबिधा हुने थियो ।

बिकट गाउ“पालिका जनप्रतिनिधि र स्थानीयले यस्ता समस्या पटकपटक पोख्दै आएका छन् । पालिकाका जनता हाल पनि वर्षको आधाभन्दा बढी महिना कन्दमुलकै भरमा जीवनयापन गर्न परिरहेको, भौगोलिक, आर्थिक, सामाजिक, शैक्षिक, स्वास्थ्य चेतनाको दृष्टिले पछाडि रहेकोले क्षेत्रको विकासका लागि प्रशासनका तर्फबाट विशेष साथ र सहयोगको अपेक्षा गर्दै आएका छन् ।

उक्त गाउ“ ॅगा“जाप्रभावित क्षेत्र’ पनि हो । पालिकाअन्तर्गत् धेरै युवाहरुले ऊर्जामय जीवन यतिबेला गा“जाकै कारण कारागारमा बिताइरह“दा समग्र पालिकाको सम्वृद्धिमा नै असर पर्ने हु“दा बैकल्पिक खेतीका लागि प्रोत्साहन गर्न पालिकाले आवश्यक भूमिका निर्वाह गर्नुपर्ने आवश्यकता औंल्याइएको छ । गा“जाखेती पश्चिम मकवानपुरको कहिल्यै निको नहुने सामाजिक रोगको रुपमा रहेको छ । यसलाई निमिट्यान्न पार्न हरेक वर्ष राज्यका तर्फबाट प्रयत्न हुने गरेको छ । ॅसमाजमा समानुपातिक विकास हुने नहुनाले सहर र गाउ“बीच द्वन्द्वले गा“जाखेती भइरहेको छ,’ उनको भनाइ छ ।

जिल्ला प्रहरी कार्यालय मकवानपुरको हिरासतमा रहेका थुनुवामध्ये ६४ प्रतिशत् बढी त लागुऔषध कारोबारमा संलग्न रहेका कारण पक्राउ परेको प्रहरीले जनाएको छ । लागुऔषधमध्ये गा“जा ओसारपसारमा संलग्नता बढी पाइएको छ । हरेक वर्ष राक्सिराङका विभिन्न बस्तीमा गा“जाखेती हु“दै आएको छ । पछिल्ला वर्षमा प्रहरीले बजेट र जनशक्ति अभावका बाबजुद गा“जा फ“डानी गर्ने गरेको छ ।

spot_img
Basanta Ad

प्रतिक्रिया दिनुहोस

spot_img
spot_img

ताजा सन्देश

spot_img
spot_img

यो पनि