12.1 C
Makwānpur
Homeमुख्य समाचारचालीस करोडको कोल्डस्टोर निर्माण सुरु
spot_img

चालीस करोडको कोल्डस्टोर निर्माण सुरु

spot_img
हेटौंडा/किसानले उत्पादन गरेका कृषिजन्य वस्तुको बजार प्रवद्र्धन गर्दै आएको मेरो किसान लिमिटेडले कृषि प्रशोधन उद्योग र कोल्डस्टोर निर्माण सुरु गरेको छ । चितवनको भरतपुर महानगरपालिका–२२, पटिहानीमा ४० करोड लगानीमा अत्याधुनिक कृषि प्रशोधन उद्योग र कोल्डस्टोर निर्माण सुरु गरेको मेरो किसानका प्रवन्ध निर्देशक अविनाश सिलवालले बताए ।
तोरी, टमाटर केचप, बेसार, अदुवाको सुठो, अलैंची, कोदो, फापर, मह, कफीलगायत प्रशोधनका लागि उद्योग स्थापना गर्न लागिएको सिलवालले बताए । ॅकृषि उपजको प्रशोधन गरेर बिक्री गर्ने योजना छ,’ उनले भने–यसका लागि प्रशोधन उद्योग स्थापना गर्न पूर्वाधार निर्माण सुरु गरेका छौं । उद्योगमा कच्चा पदार्थ चितवनकै किसान र देशकै स्थानीय उत्पादकहरुबाट संकलन गर्ने योजना रहेको उनले बताए ।
प्रशोधन गरिएका वस्तुको देशव्यापी वितरण र अन्तर्राष्ट्रिय निर्यात गर्ने लक्ष्य राखिएको छ । अत्याधुनिक कोल्डस्टोर सुबिधामा तरकारी तथा फलफुलको दीर्घ संरक्षण र हेटौंडा, काठमाडौं, पोखरालगायत प्रमुख सहर तथा विदेशमा आपूर्ति गर्ने योजना छ । कोरोना महामारीको बेला मेरो किसान लिमिटेडको स्थापना भएको थियो । छोटो समयमै कम्पनीले मोबाइल एपमार्फत् ४० हजार बढी उपभोक्ता र ३ सय बढी व्यावसायिक हाउसस“ग प्रत्यक्ष काम गरिरहेको छ । देशभरका ५ सय बढी व्यावसायिक कृषकहरुस“ग दीर्घकालीन सम्झौता गरेर उत्पादन, संकलन, प्रशोधन र वितरणको सबै चक्रमा सक्रियरुपमा कम्पनी संलग्न रह“दै आएको छ ।
वीउदेखि बजारसम्मको प्रतिबद्धता जनाउ“दै कम्पनीले उक्त परियोजनामार्फत् किसानको आम्दानी बढाउने, कृषि उत्पादनको मूल्य अभिवृद्धि गर्ने, खाद्यसुरक्षालाई मजबुत बनाउने र नेपालको कृषि निर्यात क्षमतामा योगदान दिने योजना बनाएको छ ।
spot_img
Basanta Ad

प्रतिक्रिया दिनुहोस

spot_img
spot_img

ताजा सन्देश

spot_img
spot_img

यो पनि