हेटौंडा/विभिन्न पार्टी परित्याग गरी १० युवा नेकपा (एकीकृत समाजवादी) मा प्रवेश गरेका छन् । पार्टी जिल्ला कमिटी सदस्य युवा नेता रोशन बलको पहलमा युवाहरु हेटौंडा–४ स्थित जिल्ला पार्टी कार्यालय पुगी पार्टी प्रवेश गरेका हुन् ।
पार्टी प्रवेश गर्नेहरुमा हेटौंडा–१ का गौरव श्रीवास्तब, हेटौंडा–५ का सन्तोष कार्की, भुवन गाहा, हेटौंडा–७ का ससिम थिङ, हेटौंडा–८ का समीर राई, हेटौंडा–१२ का बिकल्प स्यांतान, मनहरी–२ का गौरव रुम्बा, दीपक स्यांबो, मनहरी–३ का ईश्वर घलान, राक्सिराङका एनोश मोक्तान छन् ।
‘नया’ नेपालको आशा गर्न सकिने पार्टी नेकपा (एकीकृत समाजवादी) भएको ठहर गर्दै पार्टीमा प्रवेश गरेका हौं,’ नवप्रवेशी युवाहरुको भनाइ छ । युवाहरुलाई पार्टी केन्द्रका सल्लाहकार समिति सदस्य यादव गजुरेल, पार्टी जिल्ला अध्यक्ष विष्णु दाहालले खादा लगाएर स्वागत गरेका थिए । पार्टी प्रवेश कार्यक्रममा पार्टी जिल्ला उपाध्यक्ष ध्रुव भुजेल, सचिव किशोर बर्तौला, उपसचिव गीता कडरिया (मैनाली), नगर अध्यक्ष विष्णुमाया लामा, अनेम संघ जिल्ला अध्यक्ष शुक्रदेवी बल, कार्यालय सचिव तिलककुमार अधिकारीलगायत नेताहरुको उपस्थिति थियो ।









