माधब न्यौपाने
हेटौंडा/कुलेखानी जलविद्युत् आयोजनामा पानीको सतह लगभग सकिएको छ । नेपालमा विद्युत्को मुख्य स्रोतको रुपमा रहेको कुलेखानी जलविद्युत् आयोजनामा पानीको सतह लगभग सकिएको हो । वर्षाको समयमै पानीको सतह घटेपछि नेपाल विद्युत् प्राधिकरण दबाबमा परेको छ ।
कुलेखानी जलासयमा पानी जम्मा हुने अधिकतम् सीमा समुद्र सतहबाट १ हजार ५ सय ३० मिटर हो भने यसको न्यूनतम् सीमा १ हजार ४ सय ९० मिटर हो । बुधबार कुलेखानी जलासयमा पानीको सतह १ हजार ४ सय ९५ मिटर कायम भएको छ । जबकि, गत वर्ष साउन अन्तिममा कुलेखानीको जलासय १ हजार ५ सय १३ मिटर पुगेको थियो । कुलेखानी पूरै भरि“दा करिब ८५ लाख घनमिटर पानी जम्मा हुन्छ । र, त्यस क्रममा २ सय २० हेक्टर पूर्णरुपमा डुबानमा पर्छ । वर्षायाम सुरु भए पनि कुलेखानीआसपास क्षेत्रमा राम्रोस“ग पानी नपरेकाले जलासयमा पानी जम्मा नभइ रित्ति“दै गएको विद्युत् प्राधिकरणका अधिकारीहरुले जानकारी दिएका छन् ।
कुलेखानी पहिलोबाट ६० मेगावाट्, दोस्रोबाट ३२ मेगावाट् र तेस्रोबाट १४ मेगावाट् विद्युत् उत्पादन हुने गर्छ । ६० मेगावाट् क्षमताको कुलेखानी–१, ३२ मेगावाट्को क्षमताको कुलेखानी–२ र कुलेखानी–३ बाट १४ मेगावाट् गरी कुल १ सय ६ मेगावाट् विद्युत् उत्पादन हुनेगर्छ । नेपालको एकमात्र जलासययुक्त आयोजना भएकाले वर्षामा पानी जम्मा गरी हिउ“दको समयमा पूर्णक्षमतामा विद्युत् उत्पादन गरी देशभर प्रवाह गरि“दै आएको छ । तर, यस पटक वर्षाको समयमै आयोजनामा पानी सकिन लागेकाले विद्युत् प्राधिकरण दबाबमा परेको छ ।
ॅअझै पनि पानी पर्ला र पोखरी भरिएला भन्ने आश छ । तर, पानी राम्रोस“ग परेन र आयोजनास्थल नभरिए त्यसले यस वर्षको हिउ“दमा काठमाडौं उपत्यकामै विद्युत् अभाव सिर्जना हुनसक्छ । त्यसले प्राधिकरणलाई चिन्ता थपेको छ,’ प्राधिकरणका एक अधिकारीले भने ।
अन्य क्षेत्रमा वर्षाका कारण रनअफ रिभरमा आधारित आयोजना पूर्णक्षमतामा सञ्चालन हु“दा कुलेखानीलाई भार पर्दैन । अन्य आयोजना राम्ररी सञ्चालन हुनसक्दा कुलेखानीले कममात्र विद्युत् उत्पादन गर्दछ । कुलेखानीलाई मुलुकको विद्युत्को ॅब्याकअप’ मानिन्छ । रनअफ रिभर (बगेको खोलाबाट विद्युत् उत्पादन) हु“दा सुक्खायामका लागि विद्युत् उत्पादन निम्ति पानी सञ्चय गर्ने गरिएको छ । प्राधिकरणको निर्देशानुसार कुलेखानी सञ्चालन गरि“दै आएको छ ।
जलासयको जलाधार क्षेत्रमा केही दिनयता त्यति पानी परेको छैन । त्यसकारण जलासयमा पानीको सतह खासै बढेको छैन । मुलुकलाई ॅब्ल्याक आउट’ हुनबाट जोगाउने उद्धेश्यले मानवनिर्मित सबभन्दा ठूलो जलासय इन्द्रसरोवरलाई जोगाउन दीगो विकास नीति अवलम्बन गरिएको छ । कुलेखानी जलविद्युत्का निम्ति निर्मित इन्द्रसरोवरको पि“धमा माटो तथा बालुवा थुप्र“दै जलासयको सतह बढेकाले उक्त क्षेत्रको वातावरणीय संरक्षण र दीगो विकास निम्ति निर्मित वातावरणीय व्यवस्थापन विशेष कोष सञ्चालन कार्यविधिलाई परिमार्जन गरी लागु गरिएको हो ।
माटो तथा बालुवा थुप्रने क्रम बढ्दै गएकाले इन्द्रसरोवरको जीवनमा मात्र नभइ पूरै जलविद्युत् आयोजनाकै जीवनको ह्रास हुने सम्भावना भएकाले अव्यवस्थित मानवीय कार्यलाई रोक्न बनाइएको कार्यविधिलाई समयसापेक्ष परिमार्जन गरी संरक्षण एवम् व्यवस्थापन कार्यक्रम सञ्चालन गरिएको छ । इन्द्रसरोवर जोगाउन सडक निर्माण गर्ने नाममा एक्साभेटर र डोजरजस्ता ठूला मेसिन प्रयोग कार्यलाई पूर्णरुपमा निरुत्साहित गर्ने नीति अगाडि सारिएको छ । जिल्ला परिषद्ले पनि कुलेखानीको जलाधार क्षेत्रमा ठूला उपकरण प्रयोगमा रोक लगाउने निर्णय गरेको छ ।
सडकहरुको निर्माणमा ठूला उपकरण प्रयोग गरि“दा सरोवरको पि“धको सतह करिब १३ मिटर बढेको बताइएको छ । प्रायः वर्षा समयमा जलाधार क्षेत्रका विभिन्न नदी र खोल्साहरुबाट माटो, पात र ढुंगालगायत सरोवरमा थुप्रिने गर्दछ, जसले गर्दा वर्षेनि इन्द्रसरोवरको आयु घट्दो छ । जथाभावीरुपमा ग्रामीण सडक निर्माण गरि“दै आएकोमा सरोवरको आयु बढाउन उक्त जलाधार क्षेत्रलाई सम्पूर्ण प्रक्रिया पूरा गरी संरक्षित जलाधार क्षेत्र’ का रुपमा घोषणा गर्ने निर्णय जिल्ला परिषद्ले गरेको छ । कुलेखानी जलविद्युत्बाट प्राप्त हुने रोयल्टी शुल्कको निश्चित प्रतिशत् जलाधार संरक्षण, सुहाउ“दो वृक्षरोपण एवम् वनविकास कार्यमा लगानी गरी जैविक विविधता विकास गर्ने नीति लिइएको छ ।
कुलेखानीको जलासयमा माटो थुप्रिएका कारण २५.३१ लाख घनमिटर पानी अट्ने क्षमतामा ह्रास आएको आयोजनास्रोतले बताएको छ । सन् १९८३ मा समुद्री सतहदेखि १ हजार ४ सय ७३ मिटर उचाईंमा हु“दा कुलेखानी जलासयमा ८५.३० लाख घनमिटर पानी अट्ने क्षमता थियो । सन् २०१० सम्म आइपुग्दा पि“धमा माटो थुप्रिएका कारण जलासयको उचाईं समुद्री सतहबाट १ हजार ४ सय ८० मिटर पुगेको छ । उचाईं बढेपछि पानी अट्ने क्षमतामा ह्रास आएर ५९.९९ लाख घनमिटरमात्र पानी अट्न थालेको छ । कुलेखानी जलासय स्थापनादेखि हालसम्म तालमा २७.७२ प्रतिशत् भाग गेग्रान र माटोले ओगटेको प्राविधिकहरुले बताएका छन् ।
मकवानपुरलाई चार जलाधार क्षेत्र र १ सय २५ उपजलाधार क्षेत्रमा विभाजन गर्न सकिन्छ । चार जलाधार क्षेत्रमा बागमती, बकैया, राप्ती र त्रिशुली हुन् । जिल्लाको ३.२७ प्रतिशत् भुभाग नदी, खोला तथा तालले ढाकेको छ । जिल्लाको पूर्वी सीमानदीका रुपमा रहेको बागमती नदी, पूर्व मध्यभागबाट शुरु भएर दक्षिणतर्फ बग्ने बकैया नदी, जिल्लाको मध्यभागबाट बग्ने राप्ती, पश्चिमी भेगबाट बग्ने मनहरी र पश्चिमी सीमानदी लोथर जिल्लाका प्रमुख नदी हुन् ।
माण्डुबाट आधा विद्युत्
असोज ११ र १२ गतेको अविरल वर्षाका कारण बागमती नदीमा आएको बाढीले क्षतिग्रस्त बनाएको माण्डु हाइड्रोपावर कम्पनीले पुनः विद्युत् उत्पादन सुरु गरेको छ । पुनर्निर्माणको कार्य सकेर माण्डु हाइड्रोपावरले मंगलबारदेखि पुनः विद्युत् उत्पादन सुरु गरेको हो । पहिलो चरणमा क्षमताको ५० प्रतिशत्मात्र विद्युत् उत्पादन गरिएको छ । माण्डु हाइड्रोपावरको विद्युत् उत्पादन क्षमता २२ मेगावाट् छ । पुनर्निर्माण सकेर पहिलो चरणमा ११ मेगावाट् विद्युत् उत्पादन गरिरहेको छ । अब छिट्टै पूर्णक्षमतासाथ विद्युत् उत्पादन गरिने भएको छ ।
बाढीले क्षतिग्रस्त बनाएको हाइड्रोपावरको पुनर्निर्माण मंसिरदेखि सुरु गरिएको थियो । नेपाली प्राविधिक र कामदारहरु सम्मिलित टोलीले हाइड्रोपावरको प्राविधिक एवम् भौतिक कार्य गरेका थिए । पुनर्निर्माणमा नेपाली प्राविधिक र कामदार गरेर सरदर दैनिक ६० जना भन्दा बढी खटिएका थिए । मकवानपुरस्थित भीमफेदी गाउ“पालिका–८, बागमती दोभानमा उत्पादनगृह राखेर विद्युत् उत्पादन गर्दै आएको माण्डु हाइड्रोपावरको बागमती खोलाको बाढी र पहिरोले हेडवर्क्स, पावरहाउस, पेनस्टक पाइप, विद्युत् प्रसारणको टावर क्षतिग्रस्त बनाएको थियो ।
विद्युत् विस्तार अव्यवस्थित
मकवानपुरगढी गाउ“पालिका–५ अन्तर्गत् सोलिथुम क्षेत्रमा विद्युत् विस्तारको काम अव्यवस्थितढंगले अघि बढाइएकाले स्थानीय दिनहु“ ज्यानको जोखिम मोलेर बस्न बाध्य भएका छन् । सोलिथुमको बस्तीमा राखिएका बिजुलीका पोलहरु लड्ने अवस्थामा छन् भने कतिपय स्थानमा जमिनमै झुन्डिएको विद्युत् तारलाई बा“सको टेको लगाएर सम्हालिएको देखिन्छ । यस्तो लापरबाहीका कारण बालबालिका, वृद्ध र सर्वसाधारणको सुरक्षामा गम्भीर चुनौती देखिएको छ ।
स्थानीयले विद्युत् प्रसारणमा देखिएको लापरबाही र सरकारी निकायको बेवास्तालाई उजागर गरेका छन् । भौगोलिकरुपमा जोखिमयुक्त स्थानमा जथाभाबी तरिकाले पोल राखिएको छ, जसका कारण पोल ढल्नै लागेको अवस्थामा छन् भने तिनमा झुन्डिएका तार जमिनमै पुगिसकेका छन् ।
लोडसेडिङको हल्ला निरर्थक
ऊर्जा, जलस्रोत तथा सिचाईं मन्त्री दीपक खड्काले भने मुलुकभर लोडसेडिङको हल्ला निरर्थक भएको बताउ“दै सरकारको ऊर्जा आपूर्ति सुधारको प्रक्रिया तीव्रगतिमा अगाडि बढिरहेको जिकिर गरेका छन् । प्रतिनिधिसभाको बुधबारको बैठकमा सांसद्हरुको मौखिक प्रश्नको उत्तर दि“दै मन्त्री खड्काले मुलुकका केही क्षेत्रबाहेक अधिकांश स्थानमा विद्युत् आपूर्ति सहजरुपमा भइरहेको जानकारी दिए ।
ॅलोडसेडिङको कुरा निरर्थक छ,’ मन्त्री खड्काले भने । मन्त्री खड्काले विद्युत् आपूर्ति र विस्तारमा सरकारले तीव्रगति ल्याएको र वर्तमानमा १७ अर्ब ७२ करोड रुपियाँबराबर विद्युत् निर्यात भइरहेको जानकारी पनि दिए । १२ अर्ब ९२ करोडबराबर जलविद्युत् आयात भइरहेको उनले बताए ।









