29 C
Makwānpur
Homeमुख्य समाचारदाहाल बनिन् प्रदेशकै सर्वोत्कृष्ट महिला व्यवस्थापक
spot_img

दाहाल बनिन् प्रदेशकै सर्वोत्कृष्ट महिला व्यवस्थापक

spot_img
एमपी शर्मा
हेटौंडा/बागमती प्रदेश बचत तथा ऋण सहकारी संघले मकवानपुरकी मेनुका दाहाललाई प्रदेशकै सर्वोत्कृष्ट महिला व्यवस्थापक घोषणा गरेको छ । दाहाल, मकवानपुरगढी गाउ“पालिका–३ स्थित जागरण बचत तथा ऋण सहकारी संस्थाकी व्यवस्थापक हुन् ।
छैठौं स्थापना दिवसको अवसरमा यसपालि संघले सार्वजनिक गरेको विवरणअनुसार प्रदेशका १३ जिल्लाका विभिन्न सहकारी संस्थामा कार्यरत् महिला व्यवस्थापकमध्ये दाहाललाई उत्कृष्ट ठहर गर्दै सम्मान प्रदान गर्न लागिएको हो । एक दशकदेखि सहकारी क्षेत्रमा क्रियाशील दाहालले व्यवस्थापन संकायमा स्नातकोत्तर अध्ययन गरेकी छन् ।
२०७२ सालदेखि जागरण सहकारीमा कार्यरत् दाहालले संस्थाको सुरुवातमा रहेको ४ करोड रुपिया“ कारोबारलाई हाल २२ करोड ५० लाख रुपिया“सम्म पुर्‍याएकी छन् । संस्थामा काम गर्न थालेको सुरुवातमा थोरै स्रोतसाधन थिए । तर, हाल व्यावसायिकरुपमा सुदृढ सहकारी बनाउने सपना पूरा हु“दैछ,’ दाहाल भन्छिन् ।
उनको नेतृत्वमा संस्थाले तीनपटक नेपालस्तरको प्रोवेशन ब्राण्ड (२०७५ देखि २०७७ सम्म) प्राप्त गरेको छ । जिल्ला बचत संघ मकवानपुरबाट उत्कृष्ट मिश्रित साकोसका रुपमा सम्मानित हुनुका साथै नेफ्‌स्कुनबाट सर्वोत्कृष्ट संस्थाको उपाधिसमेत पाएको छ । मकवानपुरगढी गाउ“पालिकाबाट दुई पटक सर्वोत्कृष्ट सहकारी संस्थाको सम्मान पनि उक्त संस्थाले पाइसकेको छ । दाहालको पहलमा संस्थाले महिला सदस्यका लागि स्तन तथा पाठेघर मुखको क्यान्सर परीक्षण कार्यक्रम सञ्चालन गर्दै आएको छ । आर्थिकरुपमा कमजोर बाल सदस्यलाई छात्रवृत्ति वितरण जस्ता सामाजिक कार्यक्रम पनि जारी छन् ।
ॅमलुक निर्माणमा सहकारी अभियानको महत्वपूर्ण भूमिका रहेकाले बागमती प्रदेश बचत तथा ऋण सहकारी संघ लिमिटेडले सहकारी सदस्यहरुको क्षमता विकास, समन्वयकारी भूमिका, बचत तथा ऋण परिचालन गरी समृद्ध सहकारी र सहकारीका समृद्ध सदस्य निर्माण गर्न महत्वपूर्ण भूमिका खेलेको छ,’ उनले भनिन् ।
वित्तीय साक्षरताका क्षेत्रमा समेत अग्रसर दाहालले लेखा व्यवस्थापन, धितो मूल्यांकन, संस्था विकास, कर व्यवस्थापन, बजेट निर्माणलगायत दर्जनौं तालिम लिएकी छन् । ॅतालिम सिक्ने माध्यम हो, जति सिके उत्तिनै ज्ञान बढ्छ,’ दाहालको भनाइ छ । मकवानपुरगढीको मक्राञ्चुलीमा जन्मिएकी दाहालले आफ्‌नै गाउ“बाट सहकारी अभियान सुरु गर्दै प्रदेशस्तरमा उदाहरणीय सफलता प्राप्त गरेकी हुन् । उनी हाल एक प्रेरणादायी महिला व्यवस्थापकका रुपमा सहकारी क्षेत्रको अनुकरणीय नाम बन्न सफल भएकी छन् ।
मुलुक संघीय संरचनामा गएपछि बागमती प्रदेश बचत तथा ऋण सहकारी संघ प्रदेशमा दर्ता भएको संघ हो । संघले प्रदेशमा सक्रिय पा“चहजार बचत संस्थाको अभिभावकको रुपमा काम गरेको छ । बचत ऋण सहकारीको सुशासनका लागि तालिम शिक्षा, सञ्जालीकृतका साथै स्वनियमनका काम गरेर स्तरीय सहकारी निर्माणको काम गरेको छ । सहकारीको मुख्य समस्याका विषयमा बहस र पैरवी गरेर समस्या पहिचान गरी सरकारस“ग नीतिनिर्माण लागि पहल गरिरहेको छ । सदस्य संस्थाहरुलाई अनुसाशित बनाउन यसले आफ्‌नो भूमिकाअनुसार काम गरेको छ । संघमा प्रदेशका १३ वटै जिल्लाका ५ सय ४० सहकारी संघसंस्था आवद्ध छन् ।
सहकारीका संरचना धेरै भए भन्ने कुरा पनि नउठेको हैन, तर, प्रदेश बचत संघको स्थापनापछि प्रारम्भिक संस्थाहरुलाई संघमा जोडिन, संघहरुको कार्यक्रममा सहभागिता जनाउन र संस्थालाई केन्द्रसम्म जोड्न सहज भएको छ । जसका कारण संस्था र संघको दुरी कम भएको छ । संघहरुको हरेक क्रियाकलापस“ग जोडिएर संस्थाहरुले अभियानमा सक्रिय सहभागिता जनाउन पाएका छन् ।
अभियानप्रतिको अपनत्व अनुभव गर्न पाएका छन् । संघहरुले सदस्य संस्थास“ग प्रत्यक्षरुपमा भेटेर समस्या पहिचान गर्ने, आवश्यक शिक्षा तालिम प्रदान गर्ने र संस्थामा भएका असल अभ्यासहरुलाई प्रोत्साहन गर्न सहज भएको छ । जिल्ला संघ, प्रदेश संघ र केन्द्रीय संघहरुले पनि एउटै काम गरेका छन् भन्ने लाग्नसक्छ । तर हैन, सदस्य संघसंस्थालाई फरक ढंगले समेटिएको छ, फरक ढंगले सेवा प्रदान गरि“दै आएको छ ।
काभ्रेपलाञ्चोक जिल्लाको बनेपा नगरपालिका वडा नम्बर–७, चारदोबाटो चोकनजिक बागमती प्रदेश बचत तथा ऋण सहकारी संघ लिमिटेडको कार्यालय र कारोबार २०७७ माघ २२ गते शुभारम्भ गरिएको हो । संघीय राजधानी काठमाडौमा कर्पोरेट कार्यालय र बागमती प्रदेशको राजधानी हेटौंडामा सम्पर्क कार्यालय राख्ने गरी कार्यालय शुभारम्भ गरिएको भयो ।
सहकारीमा तदर्थ समिति गठन गर्दा नै बागमती प्रदेशभित्रका १ सय १० सहकारीहरु सदस्य भएका थिए । जसबाट ७० करोड रकम संकलन भएको र थप ३५ वटा सहकारीलाई सदस्यता दिने निर्णय भएको थियो । सहकारी संघले संकलन गरेको बचतमध्ये एकै दिन ३२ करोड लगानी गरेको थियो । २०७७ साउन १३ गते दर्ता अनुमतिप्राप्त गरेको संघले २०७७ कार्तिक २२ गते प्रारम्भिक साधारणसभा गरेको थियो ।
spot_img
Basanta Ad

प्रतिक्रिया दिनुहोस

spot_img
spot_img

ताजा सन्देश

spot_img
spot_img

यो पनि