29 C
Makwānpur
Homeमुख्य समाचारअब ‘विश्वासको मत’ सचेतक नियुक्तिमा कांग्रेस र एमाले
spot_img

अब ‘विश्वासको मत’ सचेतक नियुक्तिमा कांग्रेस र एमाले

spot_img
हेटौंडा/बागमती प्रदेशमा सरकारको नेतृत्व गरेको नेपाली कांग्रेस र सरकारका सहयात्री नेकपा एमालेले नयाा सरकार गठनलगत्तै नयाा सचेतकहरु नियुक्त गरेका छन् । कांग्रेस बागमती प्रदेश संसदीय दलको मुख्य सचेतकमा कञ्चनचन्द्र बादेलाई मुख्यमन्त्री एवम् संसदीय दलको नेता इन्द्रबहादुर बानियााले नियुक्त गरेका हुन् ।
संसदीय दलको रिक्त मुख्य सचेतकमा मुख्यमन्त्री बानिया“ले काभ्रे निर्वाचन क्षेत्र नम्बर–२ (ख) बाट निर्वाचित सांसद् तथा कांग्रेस बागमती प्रदेश समितिका महामन्त्रीसमेत रहेका बादेलाई नियुक्त गरेका हुन् । मुख्यमन्त्री बानिया“ले संसदीय दलको विधानबमोजिम संसदीय दलको सदस्य सचिवमा प्रदेशका निवर्तमान युवा तथा खेलकुद मन्त्री मीनकृष्ण महर्जनलाई नियुक्त गरेका छन् । महर्जन सदस्यसचिवको भूमिकामा पनि रहने भएका छन् ।
महर्जन ललितपुर निर्वाचन क्षेत्र नम्बर–१ (क) बाट निर्वाचित सांसद् हुन् । दलका तत्कालीन नेता बहादुरसिंह लामामाथि अविश्वास प्रस्ताव दर्ता तथा पारित र संसदीय दलको नेता निर्वाचनमा बादे र महर्जनले बानिया“को पक्षमा रहेर महत्वपूर्ण भूमिका निर्वाह गरेका थिए ।
नेकपा एमालेले भने बागमती प्रदेश संसदीय दलको प्रमुख सचेतकमा मकवानपुरका प्रदेशसभा सदस्य एकालाल श्रेष्ठलाई नियुक्त गरेको छ । मकवानपुर क्षेत्र–१ (ख) बाट निर्वाचित प्रदेशसभा सदस्य श्रेष्ठ यसअघि प्रदेशमा खानेपानी, ऊर्जा तथा सिचाईं मन्त्रीको जिम्मेवारीसमेत सम्हालिसकेका छन् ।
संसदीय दलका नेता जगन्नाथ थपलियाले श्रेष्ठलाई प्रमुख सचेतकको जिम्मेवारी दिएका हुन् । साउन २० गतेको निर्णयका आधारमा एमाले संसदीय दलको विधान, २०७७ को दफा १३ बमोजिम श्रेष्ठलाई प्रमुख सचेतकमा मनोनयन गरिएको हो । बिहीबार हेटौंडामा रहेको संसदीय दलको कार्यालयमा आयोजित कार्यक्रममा नेता थपलियाले उनलाई औपचारिकरुपमा नियुक्तिपत्र हस्तान्तरण गरेका थिए ।
मंगलबार विश्वासको मत
बागमती प्रदेशका मुख्यमन्त्री बानिया“ले साउन २७ गते मंगलबार नै विश्वासको मत लिने भएका छन् । मुख्यमन्त्री बानिया“ले भदौ १८ भित्र संसद्बाट विश्वासको मत लिनुपर्ने हुन्छ । तर, उनले २३ दिनअघि नै विश्वासको मत लिन लागेका हुन् । उनले प्रदेशसभामार्फत् विश्वासको मत लिने तयारी गरेका छन् ।
मुख्यमन्त्री बानिया“ले विश्वासको मत लिएपछि मन्त्रिपरिषद् विस्तार गर्ने तयारी गरेका छन् । एमालेबाट मन्त्रीहरु टुंगो लागिसके पनि नेपाली कांग्रेसका उल्लेख्य सांसद्को मन्त्री बन्ने आकांक्षा रहेकाले विश्वासको मतपछिमात्र मन्त्रीहरुको टुंगो लगाउने तयारी गरिएको छ ।
मुख्यमन्त्री बानिया“ले भने–विश्वासको मत लिएर सरकारको कामलाई तीव्रता दिने तयारीमा छु । कांग्रेसको भागमा रहेको आर्थिक मामिला तथा योजना मन्त्रालय, आन्तरिक मामिला तथा कानुन मन्त्रालय, स“स्कृति तथा पर्यटन मन्त्रालय, सहकारी तथा गरिबी निवारण मन्त्रालय, युवा तथा खेलकुद मन्त्रालय र सामाजिक विकास मन्त्रालयको जिम्मेवारीसमेत प्रदेश प्रमुखको कार्यालयले मुख्यमन्त्री बानिया“लाई सुम्पिएको छ ।
बैठक दिउ“सो ४ बजे
प्रदेशसभा बैठक साउन २७ गते बस्ने भएको छ । प्रदेशसभा सचिवालय हेटौंडाले शुक्रबार सूचना जारी गर्दै दिउ“सो ४ बजेका लागि प्रदेशसभा बैठक आह्‌वान गरेको हो । बैठकमा मुख्यमन्त्री बानिया“ले विश्वासको मत लिने कार्यसूची छ । नेपालको संविधानको धारा १६७ को उपधारा (४) र प्रदेशसभा नियमावली, २०७५ को नियम ११२ को उपनियम (१) बमोजिम मुख्यमन्त्री बानिया“ले बैठकमा विश्वासको मत प्राप्त गर्ने प्रस्ताव पेस गर्ने कार्यसूची तय गरिएको प्रदेशसभा सचिव रामकुमार पौडेलले जानकारी दिए । बैठक मुख्यमन्त्रीको विश्वासको मतका लागि आह्‌वान गरिएको हो ।
प्रदेशसभामा कांग्रेसका ३७, एमालेका २७, माओवादी केन्द्रका २१, राप्रपाका १३ (सभामुखसहित), एकीकृत समाजवादीका ७, नेमकिपाका ३ र हाम्रो नेपाली पार्टीका २ सांसद् छन् ।
spot_img
Basanta Ad

प्रतिक्रिया दिनुहोस

spot_img
spot_img

ताजा सन्देश

spot_img
spot_img

यो पनि