माधब न्यौपाने
हेटौंडा/बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानिया“ले आफूले मुख्यमन्त्री भएबापत् प्राप्त हुने तलबभत्ताको रकमबाट आफू निर्वाचित भएको क्षेत्रका विपन्न परिवारको घर निर्माण गरिदिने भएका छन् ।
मुख्यमन्त्री नियुक्त भएस“गैको पहिलो मन्त्रिपरिषद् बैठकमा बानिया“ले आफूले प्राप्त गर्ने तलबभत्ताको रकमबाट आफू निर्वाचित मकवानपुर क्षेत्र नम्बर–२ (ख) का अतिविपन्न परिवार छनौट गरी घर निर्माण गरिदिने जानकारी गराएका थिए । बानिया“ नेतृत्वको बागमती प्रदेश सरकारको मन्त्रिपरिषद्को पहिलो बैठकले प्रदेशभरका विपन्न परिवारका ६ जनालाई डाक्टर र १० जनालाई नर्स पढाउने निर्णय गरेको छ ।
मन्त्रिपरिषद् बैठकले आर्थिक अभावका कारण उच्चशिक्षा अध्ययन गर्न नपाएका विपन्न र सीमान्तकृत परिवारका जेहेन्दार विद्यार्थीलाई सामाजिक विकास मन्त्रालयबाट छात्रवृत्ति प्रदान गर्ने निर्णय गरेको छ । जेहेन्दार र विपन्नमध्ये छनौट गरी मेडिकल डाक्टर २ जना, आयुर्वेद डाक्टर २ जना र भेटेरिनरी डाक्टर २ जनाका साथै १० जना नर्सका छात्रालाई पूर्णछात्रवृत्ति दिने निर्णय भएको सरकारका प्रवक्ता खानेपानी, ऊर्जा तथा सिञ्चार्इं मन्त्री कृष्णकुमार तामाङले जानकारी दिए ।
मन्त्रिपरिषद्को पहिलो बैठकले प्रदेशभित्र रहेका अतिगरिब र सीमान्तकृत समुदाय, दलित चेपाङ, बोटे, जिरेल, हायु, वनकरियालगायतलाई जीवनयापनमा सहयोगका लागि गा“सबास र कपासको प्रवन्ध गर्न उच्च प्राथमिकतासाथ नीति बनाइ यथाशीघ्र कार्यान्वयन गर्ने निर्णयसमेत गरेको छ ।
बैठकले हालको मौसमजन्य प्राकृतिक विपत्तिको जोखिमलाई दृष्टिगत् गर्दै तत्कालीन उद्धार, राहत तथा प्रतिकार्यका लागि पहल अघि बढाउने निर्णयसमेत गरेको छ । मन्त्री तामाङका अनुसार उच्चस्तरीय एकीकृत संयन्त्र निर्माण गरिनेछ, जसको संयोजक आन्तरिक मामिला तथा कानुन मन्त्री रहनेछन् भने विभिन्न प्रशासनिक निकायका प्रमुख सदस्य रहनेछन् । संयन्त्रलाई सधैं तत्काल प्रतिक्रिया दिनसक्ने तयारी अवस्थामा राखिने र आवश्यक सामग्री अग्रिमरुपमा उपलब्ध गराइनेछ ।
बैठकले बाढी, पहिरो जस्ता प्राकृतिक प्रकोपबाट बासस्थान गुमाएका नागरिकका लागि अस्थायी बसोबासको व्यवस्था गर्न प्रदेश सरकार अग्रसर हुने निर्णय गरेको छ । विपत्तिबाट क्षतिग्रस्त भएका सडकहरुलाई संघीय सरकारको भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय र सम्बन्धित स्थानीय तहस“गको सहकार्यमा तत्काल मर्मत गरी सवारी सञ्चालनको अवस्था कायम गरिनेछ ।
नया“ सरकारको पहिलो बैठकले विपद् व्यवस्थापन, सामाजिक सुरक्षा, शिक्षा तथा पूर्वाधारमा देखाएको चासो र प्राथमिकता प्रदेश सरकारले जनउत्तरदायी शासन प्रणालीतर्फ अघि बढ्ने संकेतका रुपमा लिइएको छ ।
मुख्यमन्त्री बानिया“ले उत्तरदायी, जिम्मेवार र पारदर्शी भइ निष्पक्षतासाथ जनताको सेवा गर्ने प्रतिवद्धता व्यक्त गरेका छन् । बुधबार विहान नेपाली कांग्रेस बागमती प्रदेश समितिले आयोजना गरेको स्वागत तथा बधाईज्ञापन कार्यक्रममा बानिया“ले जनतालाई न्याय, शान्ति र विकास दिन आफू र आफ्नो मन्त्रिमण्डल प्रतिवद्ध रहेको बताए ।
ॅराजनीति सेवा र धर्म हो । राजनीति व्यापार हैन । व्यापारमा नाफा नोक्सान हुन्छ । तर, राजनीतिमा न्याय हुन्छ । हामीले जनतालाई न्याय दिन, शान्ति दिन विकास दिनकै लागि राजनीति गरेका हौं,’ बानिया“ले भने–त्यो बाटोमा हामी एकदिन पनि नअल्मल्लिइ ठीक र सत्य, न्याय र इन्साफ गरिब र निमुखा सर्वसाधारणको पक्षमा उत्तरदायी, जिम्मेवार, पारदर्शी र जवाफदेही भएर निष्पक्ष सक्रियरुपमा काम गर्ने प्रतिवद्धता जनाउ“दछु ।
मुख्यमन्त्री बानिया“ले संसद्ले पारित गरेको संकल्प प्रस्ताव ग्रहण गरेर कार्यान्वयनमा लैजाने निर्णय गरेका छन् । उनले असार २३ गतेको प्रदेशसभा बैठकले पारित गरेको संकल्प प्रस्ताव ग्रहण गरेर कार्यान्वयनमा लैजाने निर्णय गरेका हुन् । आर्थिक मितव्ययिता र सुशासन कायम गर्ने, सेवाप्रवाहलाई प्रभावकारी बनाउने र बजेट प्रणालीलाई जनमुखी बनाउने विषयमा पहिलो निर्णय मुख्यमन्त्री बानिया“ले गरेका हुन् ।
निर्णयअनुसार प्रदेशमा आर्थिक मितव्ययिता र सुशासन कायम गर्ने उद्धेश्य हो । सरकारले अनावश्यक र फजुल खर्च कटौती र सरकारी कोष दुरुपयोग हुन नदिने निर्णय गरेको उनको भनाइ छ । सेवाप्रवाहलाई प्रभावकारी बनाउन छिटो, छरितो र सहज बनाउने, जनताले सरकारी सेवा लिनका लागि झन्झट बेहोर्नु नपर्ने र समयमै काम हुने सुनिश्चित गर्ने, बजेट प्रणालीलाई जनमुखी बनाउने निर्णय संकल्प प्रस्तावमा छ ।
सरकारले बनाउने वार्षिक बजेट ठूलाबडा वा पहु“चवालाका लागि नभइ आमजनताको आवश्यकता र चाहनालाई केन्द्रमा राखेर बनाउने, विकासका योजना र कार्यक्रमले सीधै जनताको जीवनस्तरमा सुधार ल्याउने कुरालाई प्राथमिकता दिइने बानिया“ले बताए ।
नेपाली कांग्रेस प्रदेशले नवनियुक्त मुख्यमन्त्री बानिया“सहित पार्टीबाट मन्त्री बनेकाहरुलाई स्वागत गरेको हो । मुख्यमन्त्री बानिया“सहित खानेपानी, उर्जा तथा सिञ्चाईं मन्त्री तामाङ र बिनाविभागीय मन्त्री शिवराज अधिकारीलाई स्वागत, सम्मान तथा शुभकामना कार्यक्रम गरिएको हो ।
हेटौंडा–५ स्थित सानोपोखरामा रहेको प्रदेश पार्टी कार्यालयमा बुधबार पार्टी प्रदेश उपसभापति चन्द्र महर्जनलगायतले पार्टी सभापतिसमेत रहेका मुख्यमन्त्री बानिया“लगायत मन्त्रीहरुलाई स्वागत गरेका हुन् । कार्यक्रममा पार्टी महामन्त्री कञ्चनचन्द्र बादेले स्वागत मन्तव्य व्यक्त गरेका थिए ।
प्रदेशका श्रम, रोजगार तथा यातायात मन्त्री जयराम थापाले पदभारग्रहण गरी तीन महत्वपूर्ण निर्णय गरेका छन् । उनले यातायात व्यवस्था नियमावली बनाइने, प्रदेशमा आईटी हब बनाउने र ५ सय युवालाई सवारीचालक तालिम दिएर यातायात क्षेत्रमा रोजगारी सिर्जना गर्ने निर्णय गरेका हुन् ।
प्रदेशका स्वास्थ्य मन्त्री किरण थापाले पदभार ग्रहणपछि अनलाइन एकीकृत कार्यालय व्यवस्थापन प्रणालीमार्फत् ३ वटा महत्वपूर्ण निर्णय गरेका छन् । बागमती प्रदेशमा विद्युतीय स्वास्थ्य आपत्कालीन प्रतिकार्य प्रणाली विकास गर्ने निर्णय गरिएको हो । स्वास्थ्य सेवा प्रणालीलाई व्यवस्थित, छिटोछरितो र प्रभावकारी बनाउन तथा अस्पताल सेवामा सुधार ल्याउन मन्त्रालयले उक्त प्रणाली विकास गर्ने निर्णय गरेको हो । उक्त प्रणालीले स्वास्थ्य सेवाप्रवाहमा छिटो र छरितो हुने विश्वास मन्त्री थापाले गरे ।
स्वास्थ्य मन्त्रालय तथा मातहत निकायमा रहेका सवारीसाधनको व्यवस्थापन तथा समन्वय गर्न जीपीएस प्रणाली जडान गर्ने निर्णयसमेत गरिएको छ । प्रदेशभर आयुर्वेद तथा बैकल्पिक चिकित्सालयहरुमा इलेक्ट्रोनिक मेडिकल रेकर्ड प्रणाली लागु गर्ने निर्णय गरिएको छ । यी निर्णयहरु डिजिटल स्वास्थ्य क्षेत्र रुपान्तरणको महत्वपूर्ण कदम हुने
मन्त्रालयकी सचिव डा. सुमित्रा गौतमले बताइन् । थापा २०८१ साउन ९ गते स्वास्थ्य मन्त्री नियुक्त भएका थिए भने मंगलबार गठन भएको इन्द्रबहादुर बानिया“ नेतृत्वको मन्त्रिमण्डलमा पुनः स्वास्थ्य मन्त्री नियुक्त भएका हुन् ।
प्रदेशका नवनियुक्त मन्त्री किरण थापा (स्वास्थ्य), मधुसूदन पौडेल (कृषि तथा पशुपक्षी विकास), भरत केसी (वन तथा वातावरण), जयराम थापा (श्रम, रोजगार तथा यातायात), विन्दु श्रेष्ठ (उद्योग, वाणिज्य तथा भूमि प्रशासन) र डा. दिनेशचन्द्र देबकोटा (भौतिक पूर्वाधार) ले हेटौंडास्थित सहिद स्मारकपरिसरमा रहेको सहिद प्रतिमा, मादन स्मारक र प्रजातान्त्रिक पार्कमा सहिदहरु तथा अग्रज आदर्शप्रति श्रद्धाञ्जली अर्पण गरेका छन् ।
स्मारक व्यवस्थापक प्रमुख रामचन्द्र न्यौपानेले मन्त्रीहरुलाई स्वागत गर्दै सुशासन कायम राख्न तथा सफल कार्यकालका लागि शुभकामना व्यक्त गरेका थिए ।









