12.1 C
Makwānpur
Homeमुख्य समाचार‘लालकिल्ला’तोडेका बानियाँ बने छैठौं मुख्यमन्त्री
spot_img

‘लालकिल्ला’तोडेका बानियाँ बने छैठौं मुख्यमन्त्री

spot_img
माधब न्यौपाने
हेटौंडा/कम्युनिष्टको राजनीतिक ‘लालकिल्ला’ तोडेका मकवानपुरका इन्द्रबहादुर बानियाँ बागमती प्रदेशको छैठौं मुख्यमन्त्री बनेका छन् । बहुदलपछि निरन्तर एमालेले जितिरहेको मकवानपुरलाई ‘लालकिल्ला’ भन्ने गरिएको थियो । नेपाली कांग्रेसको हाईहाई भएको कालखण्ड २०१५ सालको निर्वाचनमा समेत जित्न नसेको इतिहास सच्याउँदै २०७० को निर्वाचनमा कांग्रेस पहिलो नम्बरको पार्टी बनेको हो र एमालेको किल्ला भत्काएको हो ।
२०४६ सालमा बहुदलपछि अधिकांश समय ‘लालकिल्ला’ का रुपमा रहेको मकवानपुरमा कांग्रेसको विजयको झण्डा फहराउने श्रेय बानियाँलाई जान्छ । आफ्‌नै दलका मुख्यमन्त्रीविरुद्ध अविश्वास प्रस्ताव ल्याएर नेतृत्व परिवर्तन गराउन सफल हुनुलाई उनको राजनीतिक परिपक्वताको प्रमाण मानिएको छ ।
मकवानपुर यस्तो क्षेत्र हो, जहा“ पञ्चायतकालमा पञ्चायतकै वर्चश्व रह्यो । बहुदल आएदेखि एमाले र माओवादीको किल्ला रह्यो । कांग्रेसले कहिल्यै पनि जितेन । अतितका हरेक निर्वाचनमा पहिलो पार्टी एमाले, दोस्रो पार्टी कहिले माओवादी, कहिले राप्रपा भए । कांग्रेस जहिले पनि तेस्रो या चौथो पार्टीमै सीमित हँदै आयो । तर, बानियाँकै मानवतावादी राजनीतिले पासा पल्टाइदियो, २०७० मा कांग्रेस पहिलो पार्टी बन्यो ।
प्रदेशसभाका कुल १ सय १० मध्ये सोमबार कांग्रेसका ३७ र नेकपा एमालेका २७ सांसद्को समर्थनसहित बानिया“ले मुख्यमन्त्रीमा दाबी गरेका थिए । सोहीअनुसार बानियाँलाई मंगलबार प्रदेश प्रमुख दीपकप्रसाद देबकोटाले मुख्यमन्त्री नियुक्त गरेका हुन् । बागमतीका तत्कालीन मुख्यमन्त्री बहादुरसिंह लामाले मुख्यमन्त्रीबाट राजीनामा दिएपछि रिक्त मुख्यमन्त्रीमा बानियाँलाई समर्थन गर्दै एमाले बागमती संसदीय दलका नेता जगन्नाथ थपलियाको हस्ताक्षरसहित दाबी गरिएको थियो ।
२०५१ मा मकवानपुर क्षेत्र नम्बर–१ मा तत्कालीन राप्रपा अध्यक्ष कमल थापाले जित्नुबाहेक सबै समय कम्युनिष्टहरुले जितेकोमा पछिल्लो तीन निर्वाचनमा लगातार लालकिल्ला’ तोड्दै आएका बानिया“ मुख्यमन्त्री बनेका हुन् । २०५१ बाहेक निरन्तर एमाले र २०६४ मा मकवानपुरमा माओवादीले विजय हासिल गरेको थियो ।
वर्षौदेखि कांग्रेसलाई मतदान गरे पनि पराजित भएर निरास बनेका कांग्रेसजनमा २०७० सालको संविधानसभा निर्वाचनमा लालकिल्ला भत्काएर बानियाँले नयाँ ऊर्जा थपेस“गै सांगठनिक अभियानलाई आक्रामकढंगले अघि बढाएर जिल्लामा कांग्रेसलाई बलियो बनाएका बानियाँ २०७४ र २०७९ मा मकवानपुर क्षेत्र–२ (२) मा लगातार निर्वाचित भए ।
२०७० सालमा संविधानभा सदस्य निर्वाचित भएपछि संघीय गृहराज्य मन्त्री र सँस्कृति, पर्यटन तथा नागरिक उड्डयन राज्यमन्त्रीको जिम्मेवारी सम्हालिसकेका बानियाँले प्रदेशसभाको पहिलो कार्यकालमा कांग्रेस संसदीय दलको नेता रहे । २०७८ मंसिर १९ गते नेपाली कांग्रेस प्रदेश सभापति निर्वाचित भएपछि प्रदेशभर कांग्रेसको संगठन विस्तार गरी कांग्रेसलाई अगाडि बढाउने कमाण्डरका रुपमा उनी परिचित छन् ।
सपथपछि उनले भने–निष्पक्ष र सक्रिय भएर बागमती प्रदेशको गौरव बढाउने यात्राको सुरुवात गर्नेछु । जनसरोकारस“ग जोडिएका यस्ता अनेकौं विषय छन्, जसमा पार्टी जोडिनुपर्छ भन्ने बानियाँको मान्यता छ ।
मुख्यमन्त्रीको पदभार ग्रहण गर्दै प्रदेश सरकार अस्थिर हुनुमा आफ्‌नो कुनै गल्ती नभएको उल्लेख गर्र्दै मुख्यमन्त्री बानिया“ले दलीय व्यवस्थामा दलमाथि वितृष्ण आएको नभएर दलीय व्यवस्था नमान्नेले वितृष्णा फैलाएको बताए । आफ्‌नो कार्यकालमा प्रदेशमाथि जनताको भरोसा जगाउने काम गर्ने मुख्यमन्त्री बानिया“ले बताए । बोलेर भन्दा पनि काम गरेर प्रदेश के हो भन्ने आफ्‌नो कार्यकालमा पुष्टि गरेर देखाउने उनको दाबी छ ।
को हुन् बानिया“ ?
स्व. क्षेमबहादुर बानियाँ र प्रेमकुमारी बानियाँको कोखबाट २०२७ भदौ १५ गते मकवानपुरको साबिक हर्नामाडी–४, दियावातीमा जन्मिएका बानिया“ हाल हेटौंडा–५ स्थित सानोपोखरा र ललितपुरको धापाखेल–१ मा बसोबास गर्दै आएका छन् । बानियाँले आफ्‌नो राजनीतिकयात्रा २०४४ सालदेखि सुरु गरेका हुन् । २०५१ सालमा नेपाली कांग्रेसको महाधिवेशन प्रतिनिधिका रुपमा उनी सहभागी भए ।
२०५२ सालमा नेपाल विद्यार्थी संघ मकवानपुर जिल्ला सहसचिव, २०५५ सालमा नेपाल तरुण दल मकवानपुर सचिव र २०५६ सालमा तरुण दल जिल्ला अध्यक्ष बने । सोही वर्षदेखि निरन्तर नेपाली कांग्रेस महासमिति सदस्य रहेका उनी नेपाली कांग्रेस बागमती प्रदेश सभापति पनि छन् ।
२०५८ सालमा पार्टी जिल्ला सदस्य बनेका बानियाँ२०६४ सालमा पहिलो संविधानसभा सदस्य निर्वाचनमा पराजित भए । २०७० मंसिर ४ गतेको दोस्रो संविधानसभा निर्वाचनमा प्रत्यक्षतर्फ निर्वाचित भए । बानियाँ २०७२–२०७९ सम्म नेपाली कांग्रेस मकवानपुर सभापति थिए ।
२०७४ मंसिर २१ गते सम्पन्न प्रदेशसभा निर्वाचनमा मकवानपुर क्षेत्र–१ (ख) बाट प्रत्यक्ष निर्वाचित भइ प्रदेशसभा प्रवेश गरे । त्यसपछि २०७४ पुस ३ गते कांग्रेस बागमती प्रदेश संसदीय दलका नेतामा सर्वसम्मत्‌रुपमा चयन भए । २०७८ मंसिर २० गतेदेखि हालसम्म उनी नेपाली कांग्रेस बागमती प्रदेश सभापति छन् ।
८ वर्ष कुरेका बानिया“लाई ८ महिना
बानियाँ २०७९ मंसिर ७ गते प्रदेशसभा सदस्य पुनः निर्वाचित भएका थिए । साउन १४ गते उनी नेपाली कांग्रेस बागमती प्रदेश संसदीय दलको नेतामा उनी निर्वाचित भएका थिए । समयले बानिया“लाई हाल मीठो फल दिएको छ, जसका लागि उनले करिब ८ वर्ष प्रतीक्षा गर्नुपर्‍यो ।
केन्द्रीय सहमतिअनुसार बागमतीमा कांग्रेस र एमालेले २० महिनाका दरले सरकार चलाउने भनिएको छ । यसअघि कांग्रेसका तर्फबाट बहादुरसिंह लामा १२ महिना मुख्यमन्त्री भइसकेका छन् । सहमतिअनुसार अब कांग्रेसबाट मुख्यमन्त्री बनेका बानिया“ले ८ महिना प्रदेश सरकारको नेतृत्व गर्न पाउने देखिएको छ । सोपश्चात् केन्द्रमा कांग्रेसले प्रधानमन्त्री लि“दा बागमतीमा नेकपा एमालेले मुख्यमन्त्री लिनेछ । बागमतीमा हाल कांग्रेस र एमाले गठबन्धनको सरकार छ ।
८ मन्त्रीको सपथ
मुख्यमन्त्री बानियाँको सिफारिसमा प्रदेश प्रमुख दीपकप्रसाद देबकोटाले ८ मन्त्रीलाई सपथग्रहण गराए । कांग्रेसका २ र एमालेका ६ मन्त्रीले पद तथा गोपनीयताको सपथग्रहण गरेका हुन् । मुख्यमन्त्री बानिया“ले एमालेबाट मधुसूदन पौडेललाई कृषि तथा पशुपक्षी, डा. दिनेशचन्द्र देबकोटालाई भौतिक पूर्वाधार विकास, जयराम थापालाई श्रम, रोजगार तथा यातायात, भरतबहादुर केसीलाई वन तथा वातावरण, किरण थापालाई स्वास्थ्य र विन्दु श्रेष्ठलाई उद्योग, वाणिज्य, भूमि तथा प्रशासन मन्त्री नियुक्त गरेका छन् ।
कांग्रेसबाट खानेपानी, ऊर्जा तथा सिचाईंमा कृष्णकुमार तामाङ र शिवराज अधिकारीलाई बिनाविभागीय मन्त्री नियुक्त गरिएको छ । प्रदेशका १४ मध्ये कांग्रेसको भागमा परेको ७ मन्त्रालयमा २ मन्त्री नियुक्त गरी ५ मन्त्रालय भने मुख्यमन्त्री बानिया“ले आफैंमातहत राखेका छन् ।
लामाका ३ मन्त्री भएनन्‌
संसदीय दलका उपनेता रामकृष्ण चित्रकारले निवर्तमान मुख्यमन्त्री बहादुरसिंह लामाले साउन १४ गते नियुक्त गरेका ३ मन्त्रीलाई सपथ गराउने, लामा पक्षसँगको सहमतिमा सरकार सञ्चालन गर्नुपर्ने र मुख्यमन्त्रीले राजीनामा गर्ने सहमति भएको जानकारी दिएका थिए । लामाले कांग्रेस बागमती प्रदेशसभा प्रमुख सचेतकसमेत रहेका गोबिन्द लम्साल, माया श्रेष्ठ र गीता गुरुङलाई मन्त्री नियुक्त गरेका थियो । तर, प्रदेश प्रमुख बिरामी भएपछि उनीहरुको सपथ रोकिएको थियो । नयाँ मन्त्रिपरिषद्मा मंगलबारसम्म उनीहरु समावेश छैनन् ।
spot_img
Basanta Ad

प्रतिक्रिया दिनुहोस

spot_img
spot_img

ताजा सन्देश

spot_img
spot_img

यो पनि