सुनिता बिष्ट
हेटौंडा/अन्ततः बागमती प्रदेशमा नेपाली कांग्रेसको कोटाबाट बनेका मुख्यमन्त्री बहादुरसिंह लामाले राजीनामा दिएका छन् । जसका कारण लामो प्रक्रिया रोक्दै नया“ मुख्यमन्त्रीमा कांग्रेसकै नवनिर्वाचित संसदीय दलका नेता इन्द्रबहादुर बानिया“लाई प्रदेशको छैठौं मुख्यमन्त्री बन्ने बाटो खुलेको छ । कांग्रेस बागमती प्रदेश संसदीय दलको निर्वाचनमा इन्द्रबहादुर बानिया“स“ग लामा पराजित भएका थिए ।
काठमाडौंमा पार्टी सभापति शेरबहादुर देउवास“गको प्रत्यक्ष भेटपछि आइतबार अपराह्न प्रदेशको राजधानी हेटौंडा आइपुगेका लामाले आइतबार २ बजेका लागि मन्त्रिपरिषद् बैठक बोलाएका थिए । बैठक हुन नसके पनि उनले पत्रकार भेटमार्फत् राजीनामाको घोषणा गरेका हुन् । बैठकमा आफ्नो कार्यकालमा सहयोग गर्नेलाई धन्यबादसहित पदबाट राजीनामाको घोषणा गरिने भनिएको थियो । एक वर्ष ९ दिन सरकारको नेतृत्व गरेर उनले आइतबार पदबाट राजीनामा दिएका हुन् । ९ साउन २०८१ मा मुख्यमन्त्रीको शपथ लिएका लामा बागमती प्रदेशमा कांग्रेसबाट र र तामाङ समुदायका पहिलो मुख्यमन्त्री हुन् ।
पार्टी सभापति शेरबहादुर देउवाको निर्देशनानुसार आफूले राजीनामा दिएको उनले बताए । मुख्यमन्त्री लामाले सा“झ मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयपरिसरस्थित प्रदेश सुशासन हलमा पत्रकार सम्मेलन गर्दै आफ्नो कार्यकालमा भएका प्रगति विवरण सुनाएका थिए । उनले आफूले इमान्दारीपूर्वक काम गरेको दाबी गर्दै आफ्नै दलभित्रको प्रपञ्चबाट सरकार छाड्नुपरेको गुनासो गरे । यस घटनाक्रमबाट नभाग्ने पनि लामाको भनाइ थियो । घटनाक्रमले लोकतन्त्र र गणतन्त्रमाथि खतराको संकेत गरेको मुख्यमन्त्री लामाको आरोप छ ।
ॅसंविधानले मलाई मुख्यमन्त्रीमा अझै सुनिश्चित गरे पनि पार्टीभित्र बृहत् छलफलपछि राजनीतिमा विधि, पद्धति, मूल्य र मान्यता स्थापित गर्न उचित ठानिएकाले र पार्टी सभापति शेरबहादुर देउवाले मार्गप्रशस्त गर्न आग्रह गरेका कारण सभापतिको आग्रहलाई स्वीकार गर्दै राजीनामा दिएको हु“,’ उनको कथन छ । उनले आफूले इमान्दारीपूर्वक काम गरेको दाबी गर्दै आफ्नै दलभित्रको प्रपञ्चबाट सरकार छाड्नुपरेको गुनासो गरे ।
उक्त घटनाक्रमबाट नभाग्ने लामाको भनाइ थियो । घटनाक्रमले लोकतन्त्र र गणतन्त्रमाथि खतराको संकेत गरेको मुख्यमन्त्री लामाको आरोप छ । ॅराजनीतिक स्थिरता र जनतामा आशा र विश्वास जगाउनु गठबन्धनको मुख्य उद्धेश्य थियो,’ उनले भने–तर, त्यही गठबन्धन भत्काउने काम भयो ।
ॅसंविधानले मलाई मुख्यमन्त्रीमा अझै सुनिश्चित गरे पनि पार्टीभित्र बृहत् छलफलपछि राजनीतिमा विधि, पद्धति, मूल्य र मान्यता स्थापित गर्न उचित ठानिएकाले र पार्टी सभापति देउवाले मार्गप्रशस्त गर्न आग्रह गरेका कारण आग्रह स्वीकार गर्दै राजीनामा दिएको हु“,’ उनको कथन छ । लामाले प्रदेश सरकारको नेतृत्व परिवर्तनलाई लोकतान्त्रिक मूल्यमान्यताको अपमान र स्थायित्वको खिल्ली उडाएको बताए । ॅभ्रष्टाचारको समाचार आएन, शक्तिकेन्द्र र स्वार्थ समूहको इशारामा चल्न सकिन“ । के यो नै मेरो कमजोरी हो ?,’ उनको प्रश्न थियो ।
लामाले प्रदेश प्रमुख दीपकप्रसाद देबकोटाको उपस्थितिमा राजीनामा दर्ता गराउने बताए । नेपालको प्रचलित कानुनी व्यवस्था र संविधानको धारा १६७ को उपधारा (१) बमोजिम मुख्यमन्त्रीले राजीनामा दिन चाहे प्रत्यक्ष प्रदेश प्रमुखसमक्ष बुझाउनुपर्ने प्रावधान छ । यद्यपि, प्रदेश प्रमुख देबकोटा स्वास्थ्योपचारका क्रममा अस्पताल भर्ना भएका कारण सचिवालयमार्फत राजीनामा दर्ता गरी घोषणा गरेका हुन् ।
संविधानलाई बलियो आधार बनाएर मुख्यमन्त्रीबाट नहट्ने लामाको अडानलाई कांग्रसका शीर्ष नेताहरुको छलफलले गलाएरै छाड्यो । कांग्रेस सभापति देउवाले सरकार टिकाउन बहुमतले समर्थन गर्नुपर्ने र विवाद नलम्ब्याइ समस्या सुल्झाउन राजीनामाको विकल्प नहुने भन्दै मार्ग प्रशस्त गर्न निर्देशन दिएका थिए ।
प्रदेश संसदीय दलको निर्वाचनमा लामा ८ मतले पराजित भएपछि बानिया“ संसदीय दलको नेता भएका छन् । सबैलाई लागेको थियो कि लामाले तत्काल राजीनामा दिएर नवनिर्वाचित नेता बानिया“लाई सहज मुख्यमन्त्री पद हस्तान्तरण गर्नेछन् । तर, त्यसो हुन सकेन । लामाले तत्काल राजीनामा दिने ॅबहादुरी’ देखाउनुको साटो पदमा टिकिरहने अडान लिइरहेपछि पार्टीभित्र विवाद बढेको थियो ।
ॅसंसदीय अभ्यास, राजनीतिक नैतिकता र पार्टी अनुशासनको दृष्टिबाट लामाको हर्कतले नेपालको संसदीय परम्परा र लोकतान्त्रिक आचरणमै प्रश्न उठाएको छ,’ बानिया“ पक्षका सांसद् भन्छन्–संसदीय दलमा पराजित भइसकेपछि पनि मुख्यमन्त्री भइरहन खोज्नुले कांग्रेसमा कुन स“स्कार मौलाउ“दै छ भन्ने प्रश्न खडा गरेको छ ।
३ बु“दे सहमति
मुख्यमन्त्री लामाले राखेको शर्त मान्ने गरी कांग्रेसबीच ३ बु“दे सहमति भएको थियो । सहमतिअनुसार उनले आइतबार राजीनामा दिएका हुन् । शनिबार कांग्रेस सभापति देउवास“ग बानिया“ र लामाले संयुक्त छलफल गरेपछि सहमति जुटेको हो । छलफलमा सहभागी संसदीय दलका उपनेता रामकृष्ण चित्रकारले मुख्यमन्त्री लामाले साउन १४ गते नियुक्त तीन मन्त्रीलाई सपथ गराउने, लामा पक्षस“गको सहमतिमा सरकार सञ्चालन गर्नुपर्ने र मुख्यमन्त्रीले राजीनामा गर्ने सहमति भएको जानकारी दिए । लामाले कांग्रेस बागमती प्रदेशसभा प्रमुख सचेतकसमेत रहेका गोबिन्द लम्साल, माया श्रेष्ठ र गीता गुरुङलाई मन्त्री नियुक्त गरेका थिए ।
बुधबार काग्रेस संसदीय दलको नेतामा पराजित भएपछि पनि राजीनामा नदिने अडानमा रहेका उनी पार्टी सभापति देउवा र संसदीय दलको नेता निर्वाचित बानिया“स“गको छलफलपछि राजीनामा दिने पक्षमा देखिएका थिए । २०८१ साउन ८ मा मुख्यमन्त्री नियुक्त लामाले ९ साउनमा पद तथा गोपनीयताको शपथ लिएका थिए । कांग्रेस–एमाले गठबन्धन रहेको बागमती प्रदेशमा काग्रेस संसदीय दलका नेता बानिया“ मुख्यमन्त्री नियुक्त हुनेछन् ।
लामाले प्रदेश प्रमुख दीपकप्रसाद देबकोटाको अनुपस्थितिमै मन्त्रिपरिषद् सचिवालयमार्फत् राजीनामा दर्ता गराएका छन् । नेपालको प्रचलित कानुनी व्यवस्था र संविधानको धारा १६७ को उपधारा (१) बमोजिम मुख्यमन्त्रीले राजीनामा दिन चाहे प्रत्यक्ष प्रदेश प्रमुखसमक्ष बुझाउनुपर्ने प्रावधान छ । यद्यपि, प्रदेश प्रमुख देबकोटा केही दिनअघि स्वास्थ्य उपचारका क्रममा अस्पताल भर्ना भएकाले उनले मन्त्रिपरिषद् सचिवालयमार्फत् राजीनामा दर्ता गरी घोषणा गरेका हुन् ।
संविधानलाई बलियो आधार बनाएर मुख्यमन्त्रीबाट नहट्ने लामाको अडानलाई कांग्रसका शीर्ष नेताहरुको छलफलले गलाएर छाड्यो । अन्ततः उनी राजीनामा दिने निधोमा पुगे । कांग्रेस सभापति देउवाले उनलाई सरकार टिकाउन बहुमतलाई समर्थन गर्नुपर्ने र विवाद नलम्ब्याइ समस्या सुल्झाउन राजीनामाको विकल्प नहुने भन्दै मार्ग प्रशस्त गर्न निर्देशन दिएका थिए ।
प्रदेश संसदीय दलको निर्वाचनमा लामा ८ मतले पराजित भएपछि बानिया“ संसदीय दलको नेता भएका थिए । सबैलाई लागेको थियो कि लामाले तत्काल राजीनामा दिनेछन् र नवनिर्वाचित नेता बानिया“लाई सहज मुख्यमन्त्री पद हस्तान्तरण गर्नेछन् । नेपाली कांग्रेसजस्तो लोकतान्त्रिक र संसदीय मर्यादाको कदर गर्ने पार्टीमा हुनुपर्ने त्यही थियो । तर, त्यसो हुन सकेन । लामाले तत्काल राजीनामा दिने ॅबहादुरी’ देखाउनुको साटो पदमा टिकिरहने अडान लिइरहेपछि पार्टीभित्र विवाद बढेको थियो ।
ॅसंसदीय अभ्यास, राजनीतिक नैतिकता र पार्टी अनुशासनको दृष्टिबाट हेर्दा लामाको हर्कतले नेपालको संसदीय परम्परा र लोकतान्त्रिक आचरणमै प्रश्न उठाएको छ, बानिया“ पक्षका सांसद् भन्छन्–संसदीय दलमा पराजित भइसकेपछि पनि मुख्यमन्त्री भइरहन खोज्नुले कांग्रेसमा कुन स“स्कार मौलाउ“दै छ भन्ने गम्भीर प्रश्न पनि खडा गरेको छ ।
नेकपा एमाले र नेपाली कांग्रेसबीच २०/२० महिना बागमती प्रदेशको मुख्यमन्त्री बन्ने सहमतिअनुसार लामाले १२ महिना प्रदेश सरकारको नेतृत्व गरिसकेका छन् । अब नियुक्त हुने बानिया“ले ८ महिना प्रदेशको मुख्यमन्त्री पद सम्हाल्नेछन् । सोपश्चात् नेकपा एमाले बागमती संसदीय दलका नेता जगन्नाथ थपलिया मुख्यमन्त्री बन्ने सहमति छ । केन्द्रमा प्रधानमन्त्री परिवर्तन हु“दा प्रदेश सरकारमा एमालेले मुख्यमन्त्री पद लिनेछ ।
१४ मन्त्रालय रहेको बागमती प्रदेशमा लामा नेतृत्वको मन्त्रिपरिषद्मा एमालेका ६ र मुख्यमन्त्रीसहित कांग्रेसका ८ मन्त्री थिए । तर, वर्तमान सरकारको अन्तिम पत्रकार भेटमा एमालेका कृषि मन्त्री प्रकाश श्रेष्ठ, श्रम, रोजगार तथा यातायात मन्त्री प्रेमभक्त महर्जन, भौतिक पूर्वाधार विकास मन्त्री अमनकुमार मास्के, उद्योग मन्त्री सुकमाया तामाङ र स्वास्थ्य मन्त्री किरण थापा तथा कांग्रेसतर्फबाट मुख्यमन्त्री लामा, आर्थिक मामिला तथा योजना मन्त्री कुन्दनराज काफ्ले र सामाजिक विकास मन्त्री हरिप्रभा खड्की देखिए ।
बानिया“को पक्षमा रहेर यसअघि राजीनामा’ दिएका सहकारी तथा गरिबी निवारण मन्त्री मदुकुमार श्रेष्ठ, युवा तथा खेलकुद मन्त्री मीनकृष्ण महर्जन, स“स्कृति तथा पर्यटन मन्त्री बिमल ठकुरी र आन्तरिक मामिला तथा कानुन मन्त्री/प्रवक्ता सुरजचन्द्र लामिछानेलाई लामाले ‘बर्खास्त’ गरेका थिए । खानेपानी, ऊर्जा तथा सिचाईं मन्त्री श्याम खड्काले बुधबार राजीनामा दिएका थिए ।









