सुनिता बिष्ट
हेटौंडा/नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको निर्देशनपछि बागमती प्रदेशका मुख्यमन्त्री बहादुरसिंह लामा मुख्यमन्त्री पदबाट राजीनामा दिने मुडमा देखिएका छन् । सभापति देउवाले बुढानीलकण्ठस्थित निवासमा बोलाएर मार्गप्रशस्त गर्न स्पष्ट निर्देशन दिएपछि बागमतीका मुख्यमन्त्री लामा मुख्यमन्त्री पदबाट राजीनामा दिन तयार भएका हुन् ।
पार्टी सभापति भेट्न बिहीवार सा“झ बुढानिलकण्ठ पुगेका मुख्यमन्त्री लामालाई सभापति देउवाले राजीनामा दिएर मार्गप्रशस्त गर्न निर्देशन दिएका थिए । पार्टीभित्रको विवाद चुलि“दै जा“दा देउवाले लामास“गको प्रत्यक्ष भेटमा लोकतान्त्रिक विधिबाट आएको परिणामलाई स्वीकार गर्न आग्रह गरेको बताइएको छ ।
पार्टीभित्रको विवादले कसैलाई फाइदा नपुग्ने भन्दै सभापति देउवाले दुवै पक्ष मिलेर जान निर्देशन दिएका हुन् । लामालाई लोकतान्त्रिक निर्णय स्वीकार गरेर अघि बढ्न मार्गप्रशस्त गर्न सभापति देउवाले निर्देशन दिएको बताइएको छ । शुक्रबार आफू निकट सांसदहरुको सल्लाहमा मुख्यमन्त्री लामाले राजिनामा दिने मुडमा रहेको मुख्यमन्त्री लामा निकटका सांसद तिर्थ लामाले जानकारी दिए । उनका अनुसार बहुमतमा सरकार चलाउन पर्ने भन्दै सभापति देउवाले मार्गप्रशस्त गर्न निर्देशन दिएको विषयमा शुक्रबार सांसदहरुस“ग लामाले छलफल गरेका थिए । सो क्रममा पार्टी र्शीर्ष तहको निर्देशन मानेर जानुको विकल्प नरहेको भन्दै राजिनामा दिने मुख्यमन्त्री लामाले तयारी गरेको उनले जानकारी दिए ।
ॅसंसदीय दलको नेतामा पराजित भएपछि र त्यसमा पनि पार्टी सभापतिले नै राजिनामा दिन निर्देशन दिदादि“दै आफ्नै सुरमा लाग्नु हुन्न भन्ने सल्लाह भयो,’ सांसद लामाले भने, ॅमुख्यमन्त्रीज्युले आईतवारसम्ममा हेटौंडा पुगेर पत्रकार सम्मेलन गर्ने र सो पश्चात् राजिनामा दिने तयारीमा जुट्नु भएको छ । मार्गप्रशस्त गर्न उहा“ तयार हुनुहुन्छ ।’ उनका अनुसार मुख्यमन्त्री लामासहितका सांसदहरु यतिबेला काठमाडौंमा छन् ।
सभापतिस“गको संवादमा मुख्यमन्त्री लामाले आफ्ना साथीहरुस“ग छलफल गरेर निर्णय गर्ने जवाफ दिएका थिए । मुख्यमन्त्री निकट स्रोतका अनुसार लामाले आफ्नो टीममा रहेका प्रदेश सांसद र केही पार्टीका शीर्ष नेतास“ग छलफल गर्ने बताएका थिए । प्रदेश सभामा नेपाली कांग्रेस संसदीय दलको नेताबाट इन्द्रबहादुर बानिया“ विजयी भएस“गै लामाको नेतृत्व संकटमा परेको छ ।
निर्णय लिनुअघि मुख्यमन्त्री लामाले पार्टीका केही शीर्ष नेताहरुलाई भेट्ने र सो पश्चात् शुक्रबार भैंसेपाटीस्थित सरकारी निवासमा आफू निकटका सांसदहरुलाई छलफलका लागि बोलाएका थिए । उनले मुख्यमन्त्रीबाट राजिनामा नदिएको खण्डमा एमालेका मन्त्रीहरुले विश्वासको मत फिर्ता लिएर सरकार छोड्न पार्टीको निर्देशन थियो ।
बागमती प्रदेश सभामा नेपाली कांग्रेसको ३७ सिट रहेकोमा गत शुक्रबार २१ सांसदको हस्ताक्षरसहित लामा विरुद्ध संसदीय दलको नेतामा अविश्वासको प्रस्ताव दर्ता भएको थियो । बुधबार दलको नेताका लागि मकवानपुरका इन्द्रबहादुर बानिया“ र नुवाकोटमा लामाबीच चुनावी प्रतिस्पर्धा भएकोमा बानिया“ २२ मतसहित विजयी भएका थिए ।
संसदीय दलको नेतामा हार व्यहोरेका लामालाई मुख्यमन्त्री पद छोड्न उनकै दलबाट चर्को दबाब सिर्जना भएको थियो । अब उनले मुख्यमन्त्री पदबाट राजीनामा दिएपछि बागमती प्रदेश सरकार ढल्नेछ । सो पश्चात् कांग्रेस बागमती संसदीय दलका नेता इन्द्रबहादुर बानिया“ मुख्यमन्त्री हुनेछन् । उनी नियुक्त भएपछि अन्य मन्त्रीहरु नियुक्तको प्रक्रिया अघि बढ्नेछ । बागमतीमा हाल कांग्रेस र एमाले गठबन्धनको सरकार छ ।
केन्द्रीय सहमतीअनुसार बागमतीमा कांग्रेस र एमालेबीच २०/२० महिना सरकार चलाउने सहमती छ । यसअघि लामाले १२ महिना नेतृत्व सम्हालिसकेका छन् भने अब नियुक्त हुने बानिया“ले ८ महिना प्रदेशको नेतृत्व गर्न पाउने छन् । सोपश्चात् केन्द्रमा कांग्रेसले प्रधानमन्त्री लिँदा बागमतीमा नेकपा एमालेले मुख्यमन्त्री लिनेछ । (कगलष्तब)









