माधब न्यौपाने
हेटौंडा/नेपाली कांग्रेस बागमती प्रदेश संसदीय दलको नेता निर्वाचनका लागि प्रदेश कार्यसम्पादन समितिले मंगलबार निर्वाचन समिति गठन गरेको छ । हेटौंडामा बसेको बैठकले कांग्रेस बागमती प्रदेश सहमहामन्त्री हरिशरण श्रेष्ठको संयोजकत्वमा सहमहामन्त्रीद्वय ऋषिराम घिमिरे र जीवन डंगोल सदस्य रहने गरी निर्वाचन समिति गठन गरेको हो ।
नेपाली कांग्रेस बागमती प्रदेश सभापति इन्द्रबहादुर बानिया“ मुख्यमन्त्री बन्ने ढोका खुलेको छ । कांग्रेसका ३७ मध्ये २२ सांसद्ले बानिया“को पक्षमा समर्थन गर्दा मुख्यमन्त्री बहादुरसिंह लामाले दलको नेताको हैसियत गुमाएपछि बानिया“ दलको नेता बन्दै मुख्यमन्त्री बन्ने रफ्तार अघि बढेको हो । सभापति बानिया“लाई दलको नेता तथा मुख्यमन्त्री बनाउन कांग्रेस केन्द्रीय नेता, प्रदेशका बहुसंख्यक नेतादेखि बहुमत सांसद्को समर्थन बढेको छ ।
कांग्रेस बागमती प्रदेशको संसदीय दलको नेताको हैसियत गुमाएका मुख्यमन्त्री लामा तामाङले मुख्यमन्त्रीबाट राजीनामा नदिने अडान दोहोर्याएका छन् । मंगलबार संसदीय दलमा भएको मतविभाजनमा पराजित भए पनि उनले मुख्यमन्त्रीबाट भने राजीनामा दिनुपर्ने कुनै संवैधानिक बाध्यता नरहेको भन्दै आफ्नो अडान कायम रहेको दाबी गरेका हुन् ।
प्रदेशमा विश्वासको मतको पक्षमा समर्थन गर्ने सांसद्मा बानिया“, शिवराज अधिकारी, कञ्चनचन्द्र वादे, दीपेन्द्र श्रेष्ठ, पुकार महर्जन, बिनु रायमाझी पौडेल, यमुनादेवी श्रेष्ठ, उर्मिला नेपाल केसी, शान्ता ढकाल, प्रभात तमाङ, छिरिङ दोर्जेलामा, मीना पराजुली, याङ्किला शेर्पा, मीनकृष्ण महर्जन, बिमल ठकुरी, मदुकुमार श्रेष्ठ, सुरजचन्द्र लामिछाने, सुरेश श्रेष्ठ, श्रीराम लामिछाने, सुना परियार, श्यामबहादुर खड्का र कृष्णबहादुर तामाङ छन् ।
विपक्षमा समर्थन गर्ने सांसद्हरुमा लामा, कुन्दनराज काफ्ले, उत्तम जोशी, लक्ष्मी श्रेष्ठ, रमेशकुमार महत, हरिप्रभा खड्गी, रामकुमार पहाडी, क्षेत्रबहादुर बम्जन, गीता गुरुङ, मसिना खड्का, तीर्थ लामा, रामकृष्ण चित्रकार, माया श्रेष्ठ, गोबिन्द लम्साल र समिता खड्गी छन् ।
मत विभाजनपछि पत्रकारहरुस“ग कुरा गर्दै लामाले सरकारको नेतृत्व र संसदीय दलको नेतृत्व अकै भएको बताए । सरकारको नेतृत्व एउटा पाटो हो, संसदीय दल अर्को पाटो हो । मुख्यमन्त्री हुनका लागि दलको नेता चाहि“दैन,’ उनले भने–गठबन्धन सरकारमा दलको नेताको हैसियतले मात्र मुख्यमन्त्री बन्नुपर्ने कुनै बाध्यता छैन । संसदीय दलमा भएको मतविभाजनमा लामाको पक्षमा १५ मत परेको छ भने विपक्षमा २२ मत परेको थियो । बहुमत गुमाएपछि उनले संसदीय दलको नेताको हैसियत गुमाएका छन् ।
प्रदेशका मुख्यमन्त्री लामाविरुद्ध संसदीय दलमा अविश्वास प्रस्ताव दर्ता गराएका सांसद्हरुले उनको विकल्पमा प्रदेशसभा सदस्य तथा नेपाली कांग्रेस बागमती प्रदेश सभापति बानिया“लाई अघि सारेका छन् । संसदीय दलमा लामाले विश्वास गुमाएको तथा २२ सांसद् बानिया“को पक्षमा रहेकाले लामालाई प्रदेश सरकारको मुख्यमन्त्रीबाट राजीनामा दिएर बानिया“लाई सरकार हस्तान्तरण गर्न नैतिक दबाब बढेको छ ।
कांग्रेसको विधानअनुसार नेपाली कांग्रेस प्रदेशले निर्वाचन समिति बनाएर मिति तोकेर उम्मेद्वारी प्रक्रिया अगाडि बढेको प्रदेश सभापति बानिया“ले जानकारी दिए । बानिया“ले अविश्वास प्रस्ताव पारित भएस“गै मुख्यमन्त्री लामाले नैतिकताका आधारमा मार्गप्रशस्त गर्नुपर्ने बताए ।
सबैलाई मिलाएर जाऔं भन्दा विभिन्न किसिमका जाल रचिएको रहेछ । मेरै मन्त्रीहरु पनि त्यसको हिस्सा रहेछन् । कसैको दबाबमा यस्तो अवस्था आएको हो,’ पराजित भएपछि लामाले भने । उनले आफू संसदीय दलको नेतामा पराजित भए पनि संसदीय दलको नया“ नेताको चयन प्रक्रिया बा“की रहेकाले त्यसमा आफ्नो पक्षले उम्मेद्वारी दिने बताए । मुख्यमन्त्री लामाले उम्मेद्वार प्रदेश सांसद्हरुबाट जोसुकै हुनसक्ने उल्लेख गर्दै त्यसमा पुनः आफैं वा कसैलाई प्रतिस्पर्धामा उतार्ने बताए ।
प्रदेशको मुख्यमन्त्री फेरबदलको रस्साकस्सी अझै टुंगिएको छैन । मुख्यमन्त्री फेर्नुपर्ने अभिलाषासाथ लामाविरुद्ध संसदीय दलमा अविश्वासको प्रस्ताव छ । यद्यपि, संसदीय दलमै बानिया“ र लामाबीच सांसद् दुई समूहमा विभाजित हुने क्रम रोकिएको छैन । मुख्यमन्त्री प्रस्ताव पेश भएका दिन गरिएको हस्ताक्षरमा २ सांसद् मीना पराजुली र माया श्रेष्ठले ॅआफूलाई थाहै नदिइ हस्ताक्षर गर्न लगाएको’ भन्दै विज्ञप्ति जारी गरेका थिए । आफू लामा समूहमै रहेको उनीहरुले बताएका थिए । तर, पराजुलीले बानिया“कै पक्षमा र श्रेष्ठले लामाको पक्षमा मत जाहेर गरेका थिए ।
बानिया“लाई समर्थन गर्दै प्रदेशका खानेपानी, ऊर्जा तथा सिचाईं मन्त्री श्यामबहादुर खड्काले मुख्यमन्त्री लामासमक्ष राजीनामा बुझाएका थिए । कांग्रेस संसदीय दलको कार्यालयमा दलका नेता लामाविरुद्ध दर्ता भएको अविश्वासको प्रस्तावमा मत विभाजन गर्ने अन्तिम समयमा उनले मन्त्रीबाट राजीनामा दिएका हुन् । अविश्वास प्रस्तावमा हस्ताक्षर नगरेका खड्काले मन्त्रीबाट राजीनामा दिएर बानिया“लाई समर्थन गर्ने निर्णय गरेको बताए । यसअघि २०७९ पुस १३ गते भएको संसदीय दलको निर्वाचनमा लामा र बानिया“बीचको निर्वाचनमा खड्काले लामालाई समर्थन गरेका थिए ।
यसस“गै बागमतीमा कांग्रेसका ५ मन्त्रीले राजीनामा दिएका हुन् । यसअघि सहकारी मन्त्री मदुकुमार श्रेष्ठ, पर्यटन मन्त्री बिमल ठकुरी, युवा तथा खेलकुद मन्त्री मीनकृष्ण महर्जन र आन्तरिक मामिला तथा कानुन मन्त्री सुरजचन्द्र लामिछानेले राजीनामा दिएका थिए । ती पा“च मन्त्रीले बानिया“लाई समर्थन गरे ।
संसदीय दलमा स्पष्ट दुई धार देखिएको छ भने दुवै पक्षले आफ्ना उम्मेद्वार उठाउने तयारी गरेका छन् । संसदीय दलको नेताविरुद्ध अविश्वास प्रस्ताव पास भएस“गै दुवै पक्ष दलको नेता चयन प्रक्रियामा जुटेको छ । मतविभाजनमा लामाको पक्षमा १५ र विपक्षमा २२ मत परेका कारण सोही समीकरण कायम रहे बानिया“ले संसदीय दलको नेतामा बाजी मार्नसक्ने सम्भावना प्रबल छ ।
यद्यपि, मुख्यमन्त्री लामा पक्ष पनि दलको निर्वाचनमा उम्मेद्वारी दिएर अघि बढ्ने रणनीतिमा छ । प्रदेशसभा सदस्य एवम् कांग्रेस बागमती प्रदेश संसदीय दलका उपनेता रामकृण चित्रकारले संसदीय दलको निर्वाचनमा एकल उम्मेद्वारी कायम नहुने बताए । प्रदेश कार्यसमिति सभापतिसमेत रहेका बानिया“लाई सर्वसम्मत् दलको नेता बन्न नदिने रणनीतिसहित एकल उम्मेद्वारी कायम हुन नदिने लामा समूहको निष्कर्ष रहेको उनले बताए । मुख्यमन्त्री लामाको समूहबाट जोकोही पनि दलको नेतामा उम्मेद्वार बन्नसक्ने चित्रकारले बताए । मुख्यमन्त्री लामा स्वयम्ले चाहे फेरि उनी उम्मेद्वार बन्नसक्ने सांसद् चित्रकारको भनाइ छ ।









