माधब न्यौपाने
हेटौंडा/कृषि तथा पशुपक्षी विकास मन्त्रालयले मकवानपुर जिल्लालाई खोरेत र लम्पीस्किन रोगमुक्त क्षेत्र घोषणा गरिसकेको छ । मकवानपुरको बकैया र बागमती गाउ“पालिकासहितलाई खोरेत रोगमुक्त घोषणा पनि गरिएको छ ।
उत्तरी छिमेकी मुलुक चीनको साझेदारीमा छिमेकी सिन्धुलीमा निर्माण हुन लागेको थर्मल्ली प्रोसेस्ड कुक्ड वफेलो मिट फ्याक्ट्री (भैंसीको मासु प्रशोधन फ्याक्ट्री) का लागि सोही कारण उद्योग विभागले २० अर्ब नेपाली रुपिया“बराबर प्रत्यक्ष वैदेशिक लगानी (एफडीआई) स्वीकृत गरेको छ ।
कारखानाको नेपालस्थित साझेदार कम्पनी हिमालयन फुड इन्टरनेसनल प्राइभेट लिमिटेड परियोजना प्रमुख तथा अध्यक्ष डा. नवीन शर्माका अनुसार बिहीबार उद्योग विभागले कारखाना सञ्चालनका लागि २० अर्ब नेपाली रुपिया“बराबर प्रत्यक्ष वैदेशिक लगानी स्वीकृत गरेको हो । हिमालयन फुड इन्टरनेसनल प्राइभेट लिमिटेडले चीनको सांघाई जियान पब्लिक लिमिटेडको सहायक कम्पनी छेङ्दु जियान फुड लिमिटेडको आर्थिक सहयोगमा अत्याधुनिक पूर्णस्वचालित प्रोसेस्ड कुक्ड वफेलो मिट फ्याक्ट्री निर्माण गरी सञ्चालनमा ल्याउन लागेको हो । ७० डिग्री सेल्सियस तापक्रममा तताइएको रा“गाभैंसीको मासु चीनमा निर्यात हुनेछ ।
नेपालको इतिहासमा फुड्ससम्बन्धि सबभन्दा ठूलो प्रत्यक्ष वैदेशिक लगानी भएको यो पहिलो परियोजना हो । सरकारले यस परियोजनालाई गेमचेञ्जर परियोजनाको रुपमा हेरेको छ । कारखाना निर्माण गर्न तथा प्रोसेस्ड कुक्ड वफेलो मिट उत्पादन गर्न २७ अर्ब ६४ करोड ८४ लाख ६० हजार बराबर (२ सय अमेरिकी डलर) को लगानी लाग्ने भएको छ । जसमध्ये २० अर्ब चीनको छेङ्दु जियान फुड लिमिटेड र बा“की ७ अर्ब नेपाली साझेदार कम्पनी हिमालयन फुड इन्टरनेसनलले लगानी गर्नुपर्ने सम्झौतामा उल्लेख छ । २० अर्ब कारखाना निर्माण र प्लान्ट राख्न खर्च हुनेछ । ७ अर्ब पशुपालन, पशुपालनका लागि आवास, कामदार बस्ने आवास र घा“सखेतीमा खर्च हुनेछ ।
परियोजना प्रमुख शर्माका अनुसार उक्त रकम इक्विटी वा बैंकबाट ऋण लिएर परिचालन गरिनेछ । उनका अनुसार कारखाना सिन्धुली जिल्लाको मरिण गाउ“पालिका वडा नम्बर–४ स्थित साहान भन्ने स्थानमा निर्माण प्रक्रिया सुरु भएको हो । कारखाना निर्माणका लागि १ सय बिगाहा जग्गा आवश्यक छ । ५० बिगाहा कारखाना निर्माण र कारखानावरिपरि भैंसीपालन गर्ने छुट्टै कम्प्लेक्स निर्माण तथा भैंसीलाई विषादीरहित घा“स खुवाउनका लागि घा“स उत्पादन गर्न कम्तिमा ४० बिगाहा जग्गा आवश्यक परेको हो ।
७ हजार कामदार
उनका अनुसार कारखानामा मासु प्रशोधन कार्यमा खटिने ७ हजार कामदारका लागि बस्ने आवास गृह पनि यही ४० बिगाहा क्षेत्रफलमा निर्माण हुनेछ । मासु प्रशोधन गर्ने कार्यमा संलग्न हुने कामदारलाई रोग संक्रमणबाट जोगाउन कारखानाभित्र बसोबास गर्नुपर्ने व्यवस्था गरिएको छ ।
उनीहरु भैंसी वा घा“सखेतीस“ग सम्पर्कमा रहने छैनन् । भैंसी पाल्ने किसानलाई संक्रमण सर्नसक्ने जोखिमका कारण कारखानाको परिसरभित्र प्रवेश गर्न नदिने व्यवस्था हुनेछ । यसमध्ये हालसम्म ५० बिगाहा जग्गा खरिद गर्न हिमालयन फुड इन्टरनेसनल प्राइभेटले बैना गरिसकेको छ । बैना भएकोमध्ये १० बिगाहा कारखानाका नाममा हस्तानान्तर भइसकेको छ । बा“की बैना भएको जग्गा पनि हस्तान्तरण प्रक्रियामा छ ।
ॅहदबन्दीभन्दा बढी क्षेत्रफलको जग्गा आवश्यक परेकाले हामीले आवश्यक जग्गा उपलब्ध गराइदिन सरकारस“ग आग्रह गरेका छौैं,’ शर्माले भने–कारखाना निर्माणपछि मासु सिन्धुलीबाट काठमाडौं हु“दै केरुङ नाकामार्फत् चीन निर्यात हुनेछ । परियोजनामार्फत् कम्तिमा ७ हजार सर्वसाधारणले प्रत्यक्ष रोजगारी प्राप्त गर्नेछन् । सुरुवाती समयमा २ सय चिनिया“ प्राविधिक रहने र बा“की कर्मचारी नेपाली हुने उनले बताए । किसानलाई व्यावसायिक र रोगमुक्त भैंसीपालनमा आकर्षित गर्न देशभर भैंसीपालक समूह गठन गरिएको छ ।
उनका अनुसार सरकारको नीतिअनुसार वर्षामा गिट्टी, बालुवा उत्खनन् नहुने भएकाले असोजबाट निर्माण प्रक्रिया सुरु हुनेछ । अगामी असोजसम्म भने आवश्यक पर्ने जग्गा व्यवस्थापन गरिने उनको भनाइ छ । कारखानाको भौतिक पूर्वाधार निर्माणसम्बन्धि डिजाइन भने तयार भइसकेको छ । हिमालयन फुड इन्टरनेसनल प्राइभेट लिमिटेड र छेङ्दु जियान फुड लिमिटेडबीचको सम्झौताअनुसार कारखाना निर्माणपछि दैनिक पा“च हजार गोटा राँगा तथा भैंसी (५ सय मेट्रिकटन) का दरले वार्षिक १ खर्ब ५० अर्ब बराबरको झण्डै २ लाख मेट्रिकटन प्रसोस्ड कुक्ड वफेलो मिट चीन निर्यात हुनेछ ।
पर्याप्त परिमाणमा रा“गाभैंसी उपलब्धता भएपछि दैनिक ९ सय मेट्रिकटन वफेलो मिट निर्यात गर्ने लक्ष्य राखिएको छ । दैनिक ९ सय मेट्रिकटनका दरले वार्षिक २ खर्ब ७० अर्ब बराबरको मिट निर्यात हुने शर्माले जानकारी दिए ।
उनका अनुसार चीनले मासु प्रशोधन कारखानास“गै मरिणमा एयरपोर्ट निर्माण गर्ने प्रस्ताव पनि अघि सारेको छ । मरिण वडा नम्बर–७ स्थित बाह्रबीसेमा विमानस्थल निर्माणको सम्भाव्यता अध्ययनसमेत भइरहेको बताइएको छ ।
५,१५६ जनालाई रोजगारी
उद्योग विभागका सूचना अधिकारी पशुपतिबाबु पुरीका अनुसार चीनको सिचुआन प्रान्तस्थित छेङ्दु जियान फुड कम्पनी लिमिटेडले २० अर्ब नेपाली रुपियाँबराबर प्रत्यक्ष वैदैशिक लगानी नेपालमा भिœयाउने गरी विभागबाट अनुमति पाएको हो । अनुमतिअनुसार अनुमति पाएको १२ महिनाभित्रमा ६ अर्ब, २७ महिनाभित्र थप १० अर्ब र ३६ महिनामा थप ४ अर्ब गरी २० अर्ब नेपालमा भिœयाइसक्नु पर्नेछ । वधशाला तथा बफेलो मिट प्रसोसिङ इन्डस्ट्रिज सञ्चालनका लागि उक्त रकमबराबर लगानी स्वीकृत भएको पुरीले जानकारी दिए ।
उनका अनुसार वार्षिक २ लाख मेट्रिकटन प्रसोस्ड बफेलो मिट र ५५ हजार मेट्रिकटन सहउत्पादन (हाड, छाला, टाउको, विभिन्न प्रकारका आन्तरिक अंगलगायत) उत्पादन गर्ने लक्ष्य कारखानाले लिएको छ । उद्योगमा शत्प्रतिशत् लगानी विदेशी भएको उद्योग विभागमा बुझाइएको फाइलमा उल्लेख छ । उद्योगबाट ५ हजार १ सय ५६ जनाले रोजगारी पाउनेछन् ।
कारखाना निर्माण गर्न १० देखि २० महिना लाग्नेछ भने हाल कम्पनी दर्ता र वातावरण प्रभाव मूल्यांकन (ईआईए) गर्न बा“की छ । हाल चीनले सबभन्दा बढी परिमाणमा भारत र भियतनामबाट भैंसीको मासु खरिद गर्दै आएको छ । विश्वभर उत्पादन हुने भैंसीको कुल मासुको परिमाणमध्ये झण्डै ४३ प्रतिशत् भारतमा उत्पादन हुन्छ ।
मापदण्डअनुसार निर्यात
चीनले आफ्नो मुुलुकमा बफेलो मिट निर्यातका लागि कडा मापदण्ड र शर्त तोकेको छ । मासु आयातको हकमा चीनले १५ पृष्टको मापदण्ड तोकेको छ । मापदण्डअनुसार राँगाभैंसी सम्पूर्णरुपले रोगमुक्त हुनुपर्ने, नेपालको आफ्नै उत्पादन हुनुपर्ने, खाद्य, स्वच्छता, फाइटो स्यानेटरीलगायत हिसाबले उत्कृष्ट हुनुपर्ने, ३० महिनामुनिको भैंसी हुनुपर्ने, बध गर्दा सरकारले तोकेको प्रावधानभित्र हुनुपने‘लगायत मापदण्ड तोकिएको छ ।
पशुसेवा विभागका महानिर्देशक डा.रामनन्दन तिवारीका अनुसार मासु निर्यात हुन नदिनका लागि विभिन्न ३० वटा पालिकामा राँगाभैंसीपालन अभियान सुरु गरिएको छ । कृषि गणना, २०७८ अनुसार नेपालमा राँगाभैसीको संख्या २९ लाख २३ हजार छ । यो संख्या घट्दो हो । २०६८ सालतिर राँगाभैसीको संख्या ३१ लाख ७४ हजार थियो । नेपालमा वार्षिक १ लाख १६ हजार ५ सय ३ मेट्रिकटन भैंसीको मासु उत्पादन हँदै आएको छ ।
मध्यपहाडी क्षेत्रका साथै मधेश प्रदेशसहित नवलपरासी, रुपन्देही, कपिलवस्तु, बाँके, बर्दिया, कैलाली, कञ्चनपुरलगायत जिल्लामा व्यावसायिक भैंसीपालन भइरहेको मन्त्रालयले जनाएको छ । बाँकेमा सबभन्दा बढी परिमाणमा भैसीको मासु उत्पादन हुन्छ । मन्त्रालयको तथ्यांकअनुसार मकवानपुरमा ४ हजार २ सय ८६ मेट्रिकटन भैंसीको मासु उत्पादन हुँदै आएको छ ।









