18.5 C
Makwānpur
Homeमुख्य समाचार३३ वर्षमा ६८ छावा संसर्गमा नानापाटेघर, ध्रुवे, गोबिन्दे, रोनाल्डो
spot_img

३३ वर्षमा ६८ छावा संसर्गमा नानापाटेघर, ध्रुवे, गोबिन्दे, रोनाल्डो

spot_img
हेटौंडा/चितवन राष्ट्रिय निकुञ्जको हात्ती प्रजनन् तथा तालिम केन्द्र खोरसोर सौराहामा हालसम्म ६८ वटा छावा जन्मिएका छन् । २०४४ सालमा भारत, थाइल्यान्ड र म्यानमारबाट २० वटा हात्ती ल्याएर केन्द्र सुरु गरिएको थियो ।
केन्द्रमा ती देशबाट ६ वटा भाले र १४ वटा पोथी हात्ती ल्याइएको थियो । २०४९ चैतमा पहिलोपटक हात्तीले छावा जन्माएको केन्द्र प्रमुख मणिपुरण चौधरीले जानकारी दिए । त्यसयता हालसम्म ६८ वटा छावा जन्मिएकामा ७ वटाको मृत्यु भइसकेको छ ।
चौधरीका अनुसार हालसम्म जन्मिएकामध्ये ३९ भाले र २९ वटा पोथी थिए । हाल चितवन राष्ट्रिय निकुञ्जभित्र ५८ वटा हात्ती रहेको उनले बताए । ॅप्रजनन् केन्द्रमा २२ वटा हात्ती छन् । तीमध्ये ९ वटा माउ र १३ वटा बच्चामध्ये ६ वटालाई तालिम दिएर राखिएको छ । केही दिनमा तिनीहरुलाई पनि पोष्टमा पठाइँदै छ,’ उनले भने । पछिल्लो समय जन्मिएका ७ वटा छावा केन्द्रमा रहेको चौधरीले बताए । त्यहा“ जन्मिएर तालिम दिएपछि निकुञ्ज सुरक्षार्थ विभिन्न ठाउँमा रहेका पोष्टमा पठाउने गरिन्छ ।
त्यहाँ जन्मिएका छावाको विभिन्न प्रतिष्ठित व्यक्तिको सम्मानस्वरुप नामाकरण गर्ने गरिएको छ । पहिलेपहिले राजा र राजपरिवारका सदस्यका नाममा नामाकरण गरिन्थ्यो । पछिल्लो पटक निकुञ्जमा कार्यरत् रहेर हालै निधन भएका संरक्षण अधिकृत वेदबहादुर खड्काको सम्मानमा नया“ छावाको नामाकरण गरिएको छ । लामो समयसम्म निकुञ्जको संरक्षण क्षेत्रमा उल्लेखनीय भूमिका निर्वाह गरेका खड्काको सम्मानमा केन्द्रमा जन्मिएको छावाको नाम ‘वेदगज’ राखिएको छ । चौधरीका अनुसार छावा जन्मिएको १२ औं दिनमा न्वारन गर्ने प्रचलन छ ।
निकुञ्जका प्रमुख संरक्षण अधिकृत डा. गणेशप्रसाद पन्तका अनुसार वेदगज लोकतन्त्रकलीको तेस्रो सन्तान हो । बाइस वर्षीया लोकतन्त्रकलीले आठ वर्षअघि बुधगज र चार वर्षअघि स्वर्णकलीलाई जन्म दिइसकेकी छन् । तीन वर्षअघि हात्ती चराउने क्रममा बाघले आक्रमण गरेर मरेका हात्ती सुसारे रमेश चौधरीका नाममा रमेशगज, निकुञ्जभित्र तस्करसँगको भिडन्तमा ११ वर्षअघि मारिएका सिनियर गेम स्काउट शेषचन्द्र चौधरीका नाममा शेषचन्द्रगज नामाकरण गरिएको संरक्षण अधिकृत पन्तले जानकारी दिए ।
‘प्रजनन् केन्द्रमा जंगली हात्ती नानापाटेघर, ध्रुवे, गोबिन्दे, रोनाल्डो र कृष्णेलगायत आएर संसर्ग गर्छन् । त्यहाँ जन्मिएका छावाहरु तिनैका सन्तान भएको अनुमान छ,’उनले भने ।
spot_img
Basanta Ad

प्रतिक्रिया दिनुहोस

spot_img
spot_img

ताजा सन्देश

spot_img
spot_img

यो पनि