17.8 C
Makwānpur
Homeमुख्य समाचारसाम्बालाई चिन्दै हेटौंडा
spot_img

साम्बालाई चिन्दै हेटौंडा

spot_img
हेटौंडा/‘देश चिनाउनेसँग हाम्रो चिनजान’ नाम दिइएको हेटौंडामा आयोजना गरिने एक विशेष कार्यक्रममा नेपाली राष्ट्रिय महिला फुटबल टोलीकी कप्तान साबित्रा भण्डारी (साम्बा) लाई हेटौंडेली खेलप्रेमीहरुले नजिकबाट चिन्न अवसर पाउने भएका छन् ।
साबित्राले हासिल गरेको उपलब्धिका कारण उनले नेपाली फुटबललाई दक्षिण एसियाबाट बाहिर पुर्‍याएर चिनाउने काम गरेकी हुनाले उनको प्रयास बुझ्‌न, चुनौतीका पहाड जान्न र नजिकबाट साक्षात्कार गर्न विशेष कार्यक्रम तय गरिएको हो । उनलाई साउन १७ गते आयोजना गरिने कार्यक्रमका नगद ५० हजारसहितले सम्मान गर्नका लागि हेटौंडा स्कुल अफ म्यानेजमेन्टका सञ्चालक एवम् शिक्षाविद् र खेलकुदप्रेमी पुरणबहादुर जोशीले प्रायोजन गर्ने निधो भएको छ ।
सञ्चारिका समूह नेपाल, मकवानपुरले उक्त कार्यक्रम गर्ने भएको हो । खेलप्रेमीको यथार्थपरक योगदानले समाजमा प्रेरणा र सकारात्मक ऊर्जा प्रवाह गरेको छ । ॅयस प्रकारको सहयोगले महिला खेलकुदको सम्मान र प्रवद्र्धनमा महत्वपूर्ण टेवा पुग्नेछ भन्ने हामी पूर्ण विश्वास गर्दछौं,’ सञ्चारिका समूह मकवानपुर अध्यक्ष निशा गुरुङले भनिन् ।
साम्बा उनै खेलाडी हुन्, जसले फुटबलमा ॅगोल मेसिन’ को उपमा पाएकी छन् । सन् २०१४ बाट नेपालको राष्ट्रिय जर्सी पहिरिन थालेकी उनी नेपाली टिमबाट यो कोसेढुंगा पार गर्ने पहिलो खेलाडी हुन् । उनले साउदी अरेबियामा सम्पन्न वाफ वुमन्स च्याम्पियनसिपमा नेपालका लागि ५० गोल गर्ने कीर्तिमान बनाइन् ।
पहिलो खेलमा सिरियाविरुद्ध १ गोलमात्र गरेकी सावित्राले दोस्रो खेलमा इराकविरुद्ध सनसनी प्रदर्शन गर्दै ५ गोल गरेर नेपालका लागि ५० गोलको कोसेढुंगा पूरा गरिन् । त्यसपछि उनले प्यालेस्टाइनविरुद्ध २ तथा सेमिफाइनलमा लेवनानविरुद्ध १ गोल गरिन् ।
उनी युरोपेली क्लबबाट फुटबल खेल्नेमात्र नभइ गोल गर्ने पहिलो नेपाली पनि हुन् । २० माघ २०८० मा फ्रेञ्च क्लब एना भाग गुइनगाम्पमा आवद्ध भएकी उनले आफ्‌नो डेब्यु खेलमै लिलविरुद्ध गोल गरिन् । नेपाली लिगमा मात्र नभएर उनले भारतीय महिला लिगमा समेत सर्वाधिक गोल गरेर कीर्तिमानहरु बनाएकी छन् । उनले सन् २०१८–२०१९ को सिजनमा सेथु एफीलाई च्याम्पियन बनाउन १८ गोल र र सन् २०१९–२०२० र २०२२–२०२३ को सिजनमा गोकुलम केरलालाई च्याम्पियन बनाउन क्रमशः १६ र २९ गोल गरेकी छन् ।
सन् २०१४ मा पाकिस्तानमा भएको साफ महिला च्याम्पियनसिपमा भुटानविरुद्ध खेलमा वैकल्पिक खेलाडीका रुपमा मैदान प्रवेश गर्दै साबित्राले नेपालका लागि डेब्यु गरेकी थिइन् । त्यही खेलमा उनले नेपालका लागि डेब्यु गोलसमेत गरिन् । त्यसयता उनले नेपालका लागि लगातार गोल गर्दै आएकी छन् ।
मोजाको भकुण्डोबाट सिकेको खेल
लमजुङको सिम्पानी–७, पाम्चोकमा जन्मिएकी साबित्रालाई सानैदेखि खेलकुदमा रुचि थियो । उनी फुटबल, एथ्लेटिक्स, भलिबललगायत खेल खेल्थिन् । विद्यालयस्तरमा राष्ट्रपति रनिङ शिल्डमा समेत प्रतिस्पर्धा गरिन् ।
हरेक बाबुआमाको जस्तै साबित्राको बुबाआमाको पनि सपना थियो छोरीले राम्रो पढेर परिवार सम्हालोस् । तर, सानैदेखि उनले फुटबल रोजिन् । मोजामा कागज राखेर धागोले सिलाएर उनी फुटबलको मज्जा लिन्थिन् । ॅसानैदेखि म मोजाको बल लिएर खेल्न हिं“ड्थें । मोजाको बल घरमा ल्याएर लुकाउ“दा कहिले फाल्दिनुहुन्थ्यो,’ उनी सम्झिन्छिन् ।
केटाको जस्तै छोटो कपाल काट्ने र केटाहरुस“गै फुटबल खेल्न निस्कने हु“दा उनका बारेमा गाउ“घरमा नकारात्मक टिप्पणी पनि हुन्थ्यो । ॅमोजाको बल खेल्ने साथी हुन्थेनन् । केटा साथीहरु दाइभाइस“ग खेल्नुपर्थ्यो । त्यो समाजको लागि असहज पनि हुन्थ्यो,’ साबित्रा चुनौतीपूर्ण दिनहरु सम्झिन्छिन् ।
ॅम सानैदेखि केटाकै गेटअपमा हि“ड्थें । समाजले तेरो छोरीले यसरी खेलेर हि“ड्दा तिमीहरुको इज्जत नभए पनि हाम्रो इज्जत त छ नि भन्थे । केटाहरुस“ग खेल्दा उनीहरुले अपशब्दसमेत बोल्थे,’ उनी भन्छिन्‌–तर, मैले कहिल्यै कमजोर महसुस गरिन“ । मस“ग खेल्ने दाइहरुले पनि समाजको नकारात्मक सोचाइ चिरेर अगाडि बढ्नुपर्छ भन्नुहुन्थ्यो । गाउ“लेले जेजस्तो भने पनि घरको काम सिध्याएर खेल्न जान साबित्रालाई घरपरिवारको साथ थियो । उनले परिवारलाई विश्वासमा लिइन् र खेलिरहिन् । उनी भन्छिन्‌–परिवारप्रति म वफादार थिए“ र परिवारको मप्रतिको विश्वास निभाएकी थिए“ ।
लमजुङको सिम्पानीमा जन्मे–हुर्केकी साबित्रा विद्यालय पढ्दै गर्दा फुटबलस“गै अरु खेल पनि खेल्थिन् । उनले राष्ट्रपति रनिङ शिल्डमा एथ्लेटिक्समा पनि प्रतिस्पर्धा गरेकी थिइन् । तर, २०७० सालमा घलेगाउ“मा भएको फुटबल प्रतियोगिताले उनको करिअर नै मोडियो । त्यस प्रतियोगितामा एन्फाका सहायक रेफ्री शुक्र तामाङ पनि पुगेका थिए । प्रतियोगितामा साबित्राको प्रदर्शन देखेर लामाले एपीएफसम्म आउने बाटो देखाइदिए ।
ॅफुटबलमा लाग्न मलाई मार्गदर्शन गर्ने र काठमाडौं ल्याएर यस स्थानसम्म पुर्‍याउन मद्धत गर्ने शुक्र दाइ मेरा लागि भगवान् हुनुहुन्छ,’ साबित्राले भनिन्‌–उहा“ले गाउ“को प्रतिभालाई एपीएफ क्लबमा बोलाएर प्रतिनिधित्व गर्ने अवसर दिनुभयो । पहिले कुरा काट्ने समाज हाल साम्बालाई देख्दा हाईहाई गर्छ । ॅत्यस बेला समाजको नकारात्मक सोचले पनि ममा केही गर्नुपर्छ भन्ने इगो पलाएको थियो । त्यसैले उहा“हरुलाई पनि धन्यबाद,’ उनी भन्छिन्‌–हाल गाउ“मा जा“दा छुट्टै शान हुन्छ । सबैले हाम्री छोरी आइन् भन्छन् ।
चोटले बिथोलेको समय
पछिल्लो एक दशकमा जुन सफलताको उचाईं उनले प्राप्त गरेकी छन्, त्यसमा उनको संघर्ष, कडा मेहनत र उतारचढाव पनि उत्तिकै जिम्मेवार छ । खेलकुदमा लाग्दाको संघर्षदेखि घाइते भएर टिमबाट बाहिर बस्नुपर्दासम्मको पीडा उनले राम्रैस“ग भोगेकी छन् ।
करिअरको उच्च समयमा साबित्राले चोटको समेत सामना गर्नुपर्‍यो । उनी एक वर्षभन्दा बढी समय मैदान बाहिर रहिन् । २०७७ फागुनमा महिला लिगमा पुलिसविरुद्ध खेलमा उनी घाइते भइन् । उक्त खेल जितेर एपीएफ उपाधिनजिक पुगेको थियो तर टिम र टिमका साथीहरु खुशी हुन सकिरहेका थिएनन् ।
अन्य घाइते भएको सुने पनि घु“डाको चोट कस्तो हुन्छ उनलाई थाहा थिएन । त्यसैले सुरुमा उनी धेरै आत्तिइन् । ॅएकदम पीडा थियो । घु“डामा लिगामेन्ट हुन्छ र त्यो जा“दा यस्तो हुन्छ भन्ने थाहा थिएन, आफैंलाई परेपछि पीडा भोगें,’ उनी भन्छिन्‌–मेरो चोट त ठूलो रहेछ । चोट निको हुन समय लाग्छ भनेपछि म आकाशबाट खसेजस्तै भए“ । उच्च लयमा रहेको र खेल्न विदेश जाने योजना बनाइरहेका बेला लागेको चोटले तनस“गै मन पनि दुख्यो । उनलाई चोटका कारण फुटबल छाड्नुपरेका १३ महिना १३ वर्ष जस्तो लाग्यो ।
एन्फा नेतृत्वले उनको उपचार कतारमा गर्ने व्यवस्था मिलाइदियो । त्यसबेला पहिला घाइते भएका खेलाडीहरुले पनि साबित्रालाई सन्देश पठाउ“दै सकारात्मक ऊर्जा दिइरहेका थिए । ८ महिनापछि नै मैदानमा उत्रिएकी उनले १३ महिनापछि पुनः पुरानै लय समातिन् । साबित्राको सफलताले हाल समाजमा छोरीलाई हेर्ने दृष्टिमा पनि केही परिवर्तन ल्याएको छ । छोरीले पनि खेलाडी बनेर देशको नाम राख्न सक्छिन् भनेर उनले प्रमाणित गरेकी छन् । साबित्रा नयाँ सकारात्मक सोच भएको र आउने जेनेरेसनका लागि ॅआइडल’ भएकी छन् ।
वेलिङ्टन फोनिक्समा अनुबन्ध
साम्बा न्युजिल्यान्डको वेलिङ्टन फोनिक्स एफसी क्लबमा अनुबन्ध भएकी छन् । साबित्राले दुई सिजनका लागि वेलिङ्टन फोनिक्ससँग सम्झौता गरेकी हुन् । साबित्रालाई अनुबन्ध गर्न पाउँदा गर्व महसुस भएको क्लबले जनाएको छ । वेलिङ्टन न्युजिल्यान्डको क्लब भए पनि यसले अष्ट्रेलियाको शीर्ष डिभिजन लिग खेल्दै आएको छ । यसअघि साबित्राले फ्रान्सेली क्लब एन अभान्ट गुइनगाम्पबाट दुई सिजन खेलेकी थिइन् । उनले भारत र माल्दिभ्समा पनि खेलिसकेकी छन् । साबित्राले गुइनगाम्पसँग अलग भएको घोषणा गर्दै सहकार्यका लागि धन्यबाद दिएकी छन् ।
spot_img
Basanta Ad

प्रतिक्रिया दिनुहोस

spot_img
spot_img

ताजा सन्देश

spot_img
spot_img

यो पनि