17.8 C
Makwānpur
Homeमुख्य समाचारविरोधको नया“ शैली प्रशासनमै टेबुल राखेर वडा कार्यालयहरुका सेवा
spot_img

विरोधको नया“ शैली प्रशासनमै टेबुल राखेर वडा कार्यालयहरुका सेवा

spot_img
हेटौंडा/शान्तिसुरक्षा माग गर्दै हेटौंडा उपमहानगरपालिकाका सबै १ देखि १९ वडाका अध्यक्षहरुले आइतबार जिल्ला प्रशासन कार्यालयअगाडि सेवाप्रवाह सुरु गरेका छन् । करिब एक महिनाअघि वडा–१ का अध्यक्ष सबिन न्यौपानेमाथि भएको उनको कार्यालयमै भएको शारीरिक आक्रमणमा संलग्नलाई पक्राउ नगरेको भन्दै उनीहरुले प्रमुख जिल्ला अधिकारी र प्रहरी प्रमुखविरुद्ध चरणबद्ध आन्दोलन थालेका हुन् ।
दुई दिनसम्म प्रशासनपरिसरमा टेबल राखेर सेवा दिने र त्यसपछि थप आन्दोलन घोषणा गर्ने तयारी गरिएको न्यौपानेले बताए । असार ४ गते वडा–१ का अध्यक्ष/नगरका प्रवक्ता न्यौपानेमाथि दिउ“सो करिब पौने ४ बजे कार्यालयमा भएको आक्रमणपछि दोषी पक्राउ नगरेको भन्दै आक्रोश चुलि“दै जा“दा सुरक्षा र प्रशासन संयन्त्र जनप्रतिनिधिमैत्री नदेखिएको भन्दै स्थानीय जनप्रतिनिधि प्रशासनको विरोधमा खनिएका छन् । जनप्रतिनिधिले २ दिनसम्म जिल्ला प्रशासन कार्यालयभित्रबाट सेवा दिनुका साथै त्यसपछि थप संघर्षका कार्यक्रम सार्वजनिक गर्ने तयारी गरेका छन् ।
न्यौपानेमाथि आक्रमण भएको एक महिना बितिसक्दा पनि आक्रमणकारीलाई पक्रन नसकेपछि जनप्रतिनिधि आन्दोलित हुने अवस्था सिर्जना भएको हो । व्यवहारमा ॅदम्भ’ र ॅअसहयोगी शैली’ का कारण प्रमुख जिल्ला अधिकारी (सीडीओ) स्किम श्रेष्ठ र जिल्ला प्रहरी कार्यालय (एसपी) प्रमुख विश्वराज खड्काविरुद्ध हेटौंडा उपमहानगरपालिकाका सबै वडाका अध्यक्षसहित जनप्रतिनिधि सडकमा उत्रिएका हुन् ।
प्रशासन र प्रहरीले ठोस कारबाही नगरेपछि उपमहानगरका प्रमुख, उपप्रमुखसहित सबै १९ वडा अध्यक्षहरुले जिल्ला प्रशासन कार्यालयलाई नै ॅवडा कार्यालय’ बनाउने निर्णय गरेका छन् । उनीहरुले वडामा बसेर काम गर्न असुरक्षित महसुस गर्दै अबको सेवा प्रशासन कार्यालयमा टेबल राखेर दिने बताएका छन् । स्थानीय तहको समन्वयलाई बेवास्ता गर्दै घटनालाई हल्कारुपमा लिइएको र पीडितको पक्षमा उभिनुको साटो उदासिनता देखिएको जनप्रतिनिधिको गुनासो व्याप्त छ ।
उपमहानगरका तर्फबाट पटकपटक आग्रह गरिए पनि दोषी संरक्षण गरिएको जनप्रतिनिधिको आरोप छ । पक्राउ परेका एक अभियुक्तलाई पनि परीक्षा दिनुपर्ने भन्दै हिरासतमुक्त गरिनु प्रशासनको दोहोरो मापदण्डको उदाहरण भएको जनप्रतिनिधिको आरोप छ । प्रहरी–प्रशासन कसैको दबाबमा परेर दोषीलाई पक्राउ नगरेको र दोषीस“ग प्रहरी नै मिलेको आफूहरुलाई लागेको हेटौंडा उपमहानगर उपमेयर राजेश बानिया“को आरोप छ ।
पक्राउ, अनुसन्धान र सुरक्षा प्रत्याभूति दिने जिम्मेवारी बोकेको प्रशासन र प्रहरी आफैं गैरजिम्मेवार देखि“दा स्थानीय तह बाध्य भएर विरोधमा उत्रिनुपर्ने अवस्था सिर्जना भएको न्यौपानेको दाबी छ । वडा अध्यक्ष न्यौपानेले मकवानपुरको सुरक्षा अवस्था इतिहासकै कमजोर रहेको बताएका छन् । न्यौपानेले आफूमाथि आक्रमण गर्नेलाई प्रहरी–प्रशासनले कारबाहीको दायरामा ल्याउने विश्वास लिइए पनि एक महिना बित्दा पनि कोही पक्राउ नपरेस“गै उनले यस्तो प्रतिक्रिया दिएका हुन् । ॅजिल्लाका प्रहरी र प्रशासक निकम्मा देखिए । हामी जनप्रतिनिधिले एक महिनासम्म समय दि“दा पनि प्रहरी र प्रशासनले कुनै नतिजा दिएनन् । यस्तो अवस्थामा जनताले शान्तिसुरक्षाको अनुभूति गर्न सक्दैनन् । यो प्रहरी र प्रशासनको अकर्मण्यता हो,’ उनले भने ।
एक हप्ताभित्र आक्रमणकारीलाई कानुनी दायरामा ल्याउने वचन प्राप्त भएको थियो । मैले कुनै जवाफ पाएको छैन,’ न्यौपानेले भने–मकवानपुरमा जनप्रतिनिधिले न्याय पाउ“दैन भने जनताको अवस्था के होला ? उपमहानगरपालिका कार्यालयसहित जिल्लाका राजनीतिक दलको साथ र सहयोग हु“दा पनि प्रहरी–प्रशासनले नतिजा दिन नसक्नु दुःखद् भएको उनले बताए ।
आफूमाथि आक्रमण गर्नेहरु अब पक्राउ पर्लान् र कानुनी कारबाहीको दायरामा आउलान् भन्ने विश्वास नभएको न्यौपानेको प्रतिक्रिया छ । जिल्ला प्रहरी प्रमुख प्रहरी उपरीक्षक खड्का र प्रजिअ श्रेष्ठले आफूहरुले काम गरिरहेको पटकपटक बताए पनि आफूलाई विश्वास लाग्न छाडेको वडा अध्यक्ष न्यौपानेले बताए । ॅकाम गरेको भए सफलता हात परिहाल्थ्यो नि । कामै गरेको होइन रहेछ भन्ने त प्रमाणित भएको छ,’ उनले भने । ॅवडा कार्यालयको सीसीटिभी क्यामेरामा आक्रमणकारीहरुको पहिचान देखिए पनि प्रहरी मौन बसेर विषय पचाउन लागेकाले आन्दोलन गर्नुपरेको उपमहानगर प्रवक्ता तथा पीडित न्यौपानेले बताए । न्यौपानेमाथि चाइनाक्वार्टरस्थित वडा कार्यालयमा अपरिचित ३–४ जनाको कालो पोशाक र मास्क लगाएर फाइल हेर्ने बहानामा उनीमाथि मोबिल छ्यापेर अनि कुटपिट गरेका भागेका थिए ।
प्रहरीले आक्रमणकारी पक्राउ नगर्दा अन्य जनप्रतिनिधिले खतरा महसुस गर्न थालेको प्रतिक्रिया दिएका छन् । ॅवडा अध्यक्षमाथि आक्रमण भएको एक महिना भइसक्दा पनि आक्रमणकारीलाई पक्राउ गर्न नसक्नु मकवानपुरको प्रहरी प्रशासनको लाचारीपन हो,’ हेटौंडा–१६ का वडा अध्यक्ष रामकृष्ण कोइरालाले प्रश्न गरे–जनप्रतिनिधि सुरक्षित छैनन् । यस्तो प्रहरी प्रशासनबाट जनताले के अपेक्षा राख्ने ? आन्दोलनमा एमालेबाट निर्वाचित वडा अध्यक्ष भने सहभागी भएनन् ।
घटनालाई मकवानपुरका प्रमुख राजनीतिक दलहरुले लोकतन्त्रविरोधी गतिविधिको संज्ञा दि“दै दोषीलाई कानुनी कारबाही गर्न माग गरेका थिए । संयुक्त प्रेस विज्ञप्तिमा भनिएको थियो–समस्याको समाधान वैचारिक बहस र संवादबाट खोजिनुपर्छ, हिंसात्मक गतिविधिले लोकतान्त्रिक मूल्य र सँस्कारमाथि आघात पुर्‍याउ“छ । विज्ञप्तिमा घटनाको कडा निन्दा गर्दै दोषीलाई तत्काल कानुनी दायरामा ल्याउन जिल्ला प्रशासन कार्यालय र प्रहरी प्रशासनस“ग माग गरिएको थियो ।
मकवानपुर प्रशासनका प्रवक्ता/सहायक प्रमुख जिल्ला अधिकारी राजेन्द्रप्रसाद क“डेलले प्रहरीद्वारा खोजी कार्य तीव्रगतिमा भइरहेको दाबी गरेका छन् । उनका अनुसार घटना भएको केही मिनेटमै प्रहरी घटनास्थल पुगेको भए पनि आक्रमणकारीहरु त्यहा“बाट भागिसकेका थिए । त्यसयता प्रहरी निरन्तर अनुसन्धानमा खटिएको क“डेलको दाबी छ । उनले उक्त घटनालाई राजनीतिकरुपमा नहेरी कानुनी प्रक्रियाअनुसार अघि बढाइने स्पष्ट पारेका छन् ।
वडा–१ अध्यक्ष/नगर प्रवक्ता न्यौपानेमाथि आक्रमण भएको १६ दिनपछि हेटौंडा उपमहानगरपालिका–४ नम्बर वडा अध्यक्ष नवीन सिग्देलमाथि पनि कुटपिट भएको थियो । बाटो मर्मतमा रहेको स्थानमा एक महिलाले आफूमाथि हातपात गरेको भन्दै उनले पालिकामा पत्रकार सम्मेलन गरी जानकारी दिएका थिए । लामो समयदेखि नबनेको सडक मर्मत गर्न माटो झिकेको र माटो सार्वजनिक स्थानमा लैजानुपर्छ भन्ने विषयमा कुरा गर्दै गर्दा मञ्जु लामाले भिडियो बनाइरहेकी थिइन् । बारम्बार भिडियो नबनाउन आग्रह गर्दा अटेर गरेपछि मोबाइल हटाउने क्रममा मोबाइल भुर्इंमा झरेपछि आफूमाथि कुटपिट भएको उनले बताएका थिए । ॅजनप्रतिनिधिलाई जसले जे गर्दा पनि हुन्छ भन्ने होइन । हामीलाई काम गर्ने क्रममा बारम्बार सांकेतिक हमला भइरहेको छ । लामाले माटो बेच्न खोजेकी थिइन् । मैले नदिएपछि घटना घट्यो,’ उनले भनेका थिए । तर, आइतबारको जनप्रतिनिधिको प्रदर्शनमा उक्त विषय उठान नै भएन ।
वडा अध्यक्ष न्यौपानेमाथि आक्रमण हुनुअघि हेटौंडा–१० स्थित राप्तीरोडमा रहेको दास इम्पोरियम (कपडा पसल) सञ्चालक विन्दल दासमाथि आक्रमण भएको थियो । उक्त घटना सेलाएको छ । उक्त विषयमा हेटौंडा उपमहानगर मेयर, उपमेयरसहित वडा अध्यक्षहरु र जिल्लाका राजनीतिक दलले आक्रमण गर्नेलाई कानुनी कारबाहीमा ल्याउनुपर्ने माग गरेका थिए ।
spot_img
Basanta Ad

प्रतिक्रिया दिनुहोस

spot_img
spot_img

ताजा सन्देश

spot_img
spot_img

यो पनि