हेटौंडा/बागमती प्रदेशले शिव सर्किट’ परियोजना निर्माण प्राथमिकतामा राखेको छ । प्रदेश सरकारले प्राचीन धार्मिक र सा“स्कृतिक सम्पदालाई पुनर्जीवन दिने उद्धेश्यसाथ उक्त परियोजना अगाडि बढाउने तयारी गरेको हो ।
परियोजनाअन्तर्गत् बहुयातायात विकल्प पदयात्रा मार्ग, साइकल मार्ग, मोटर सडक, केबलकारलगायत माध्यममार्फत् विभिन्न वर्ग र उमेरका तीर्थयात्री तथा पर्यटकलाई सहज बनाउने सोच राखिएको छ । सिन्धुलीको कुशेश्वर क्षेत्रबाट सुरु भएर पशुपतिनाथमा टुंगिने प्राचीन पदमार्गमा शिवलिंगहरुमात्र होइन, तपोभूमि, पवित्र नदी तथा तीर्थस्थल पनि समेटिएका छन् ।
प्रदेशको भौतिक पूर्वाधार तथा विकास मन्त्रालयले लामो अनुसन्धानपछि परियोजनाको अवधारणा सार्वजनिक गरेको छ । मन्त्रालयमा आयोजित एक विशेष कार्यक्रममार्फत् भौतिक मन्त्री अमनकुमार मास्केले शिव सर्किट परियोजनासम्बन्धि अवधारणा प्रस्तुत गरे । उनका अनुसार उक्त परियोजना नेपालको ऐतिहासिक, सा“स्कृतिक र धार्मिक सम्पदा संरक्षणस“गै धार्मिक पर्यटन प्रवद्र्धनका लागि महत्वपूर्ण हुने विश्वास छ ।
परियोजनाको मूल आधार प्राचीन वैदिक, हिन्दु र बौद्ध वाङ्मयमा उल्लेखित हिमवत्खण्डमा वर्णन गरिएका ६४ शिवलिंग तथा तीर्थस्थल हुन्, जसले प्रदेशका अधिकांश जिल्ला समेट्छ । सामाजिक अवस्थाले मानिसलाई धर्म र स“स्कृतिबाट टाढा बनाउ“दै लगेको छ । त्यसैले यस परियोजनाले उनीहरुलाई पुनः मूल मान्यतास“ग जोड्न मद्धत पुर्याउने छ,’ मन्त्री मास्केले प्रदेश सरकारले परियोजनालाई आगामी वर्षदेखि चरणबद्धरुपमा लागु गर्ने योजना बनाएको बताए । प्राचीन धार्मिक पदमार्गहरुको पुनर्स्थापना गर्दै पर्यटन विकास र स्थानीय समृद्धिमा योगदान पुर्याउने शिव सर्किट परियोजना प्रदेशका लागि दीर्घकालीन उपलब्धि बन्नसक्ने आश गरिएको छ ।
धार्मिक पर्यटनको विकास गर्ने उद्धेश्यले सूर्यविनायक नगरपालिकाले पनि शिव सर्किट निर्माण गरिसकेको छ । सूर्यविनायक नगरपालिकाको १ देखि १० वडासम्म रहेका प्रसिद्ध शिव मन्दिरलाई एउटै मार्गबाट जोडेर सवारीसाधन र पैदल दुवै मार्गबाट जान सकिने गरी मार्ग निर्माण गरिएको हो । डोलेश्वर महादेव मन्दिर केदारनाथको शिर रहेको पत्ता लागेपछि त्यहा“ धार्मिक पर्यटनको सम्भावना बढेको, भारतबाट आउने पर्यटक एवम् दर्शनार्थीको संख्या बढ्दो छ । आउने स्वदेशी तथा विदेशी पर्यटक एवम् भक्तालुलाई सबै मन्दिरमा जान अभिप्रेरित गर्ने सबै मन्दिरमा नगरपालिकाले शिव सर्किटको रुटसहित नक्सासमेत राखेको छ ।









