हेटौंडा/मनसुनका बेला पनि पर्याप्त पानी नपर्दा असारे खडेरीले अन्नको भण्डार’ का रुपमा रहेको मधेस प्रदेशलाई सुक्खाग्रस्त क्षेत्र घोषणा गर्नुपर्यो । न पर्याप्त सिचार् सुबिधा छ, न त आकासबाट पानी पर्छ । असारको अन्तिम साता बित्नै लाग्दा पनि खेतमा धान रोप्ने पानी छैन । कतै भूमिगत् सिचा, कुलो भएका ठाउ“मा पनि रोपेको धानमा धा“जा फाट्न थालिसके,’ मधेस प्रदेशका कृषि मन्त्री जनार्दनसिंह क्षेत्रीले भने ।
धानको हबका रुपमा रहेको मधेस प्रदेशमा यतिखेर खानेपानीकै समेत हाहाकार छ । ॅहाल त गाउ“गाउ“मा चारैतिर खानेपानीकै हाहाकार मच्चिरहेको छ । पानीको पाइप सुकिसक्यो, डिप ट्युबबेल गरेको ठाउ“मा स्यालो ट्युबबेलको काम छैन,’ कृषि विकास निर्देशनालय मधेस प्रदेशका वरिष्ठ कृषि अर्थविज्ञ गेनालालप्रसाद मण्डल भन्छन्–पम्पसेट बोरिङले तान्न पनि खोलामा पनि पानी छैन । पानी परेपछिमात्र सबै प्रयासले पर्याप्त मात्रामा काम गर्छ ।
विगतमा असारभित्र लगभग रोपाईं गरिसक्ने किसान यसपटक असार अन्तिम सातासम्म पनि सुक्खा खेतमा धान रोप्न आकासे पानी पर्खिरहेका छन् । मौसमविद्ले यसपटक औसतभन्दा धेरै वर्षा हुने अनुमान गरेका छन् तर मनसुनमा पनि धान रोप्न पुग्ने गरी पानी परेको छैन ।
मधेस प्रदेश मन्त्रिपरिषद् बैठकले सुक्खाग्रस्त मधेसका किसानका लागि विशेष राहत प्याकेज घोषणा गर्न संघीय सरकारस“ग आग्रह गरेको छ । आवश्यक सहयोग गर्न कृषिक्षेत्रमा क्रियाशील दातृ निकायलाई पनि आग्रह गरिएको कृषिमन्त्री क्षेत्रीले बताए । ॅपानीको समस्याले मधेसमा विकराल अवस्था लिएको छ,’ मन्त्री क्षेत्री भन्छन्–पानी नपरेर किसानलाई धेरै समस्या भइरहेको छ । बैकल्पिक व्यवस्थाका रुपमा तत्काल ठाउ“ठाउ“मा बोरिङ गाडेर वा खोलानालाबाट पम्पिङसेटबाट तानेर व्यवस्थापन गर्दैछौं ।
उनका अनुसार सिचाईंका लागि प्रदेशस्तरबाट स्यालो ट्युबबेलको कार्यक्रम गरिएको छ । तर, यो पर्याप्त भएन । समयमा रोप्न नपाएपछि धानका वीउ ब्याडमै छिप्पिएर गएको छ भने उत्पादनमा ह्रास आउने चिन्ता किसानलाई छ ।
ॅसिचार्इं सुबिधा छैन, आकासबाट कहिले पानी झर्छ भनेर कुर्नुपर्छ । यस पटक त पानी धेरै पर्छ भनेको थियो, खोई ? असारमै रोप्नुपर्ने धान रोप्न पाएको छैन, वीउ सुक्न लागिसक्यो, हाम्रो व्यथा कसले बुझिदिन्छ,’ सर्लाहीका धनु यादब भन्छन् । सुनसरीको बराह क्षेत्रमा पनि किसानले रोपेका धान खेत धा“जा फाटेर गएको छ । आकासको पानी कुर्दाकुर्दै रोपेको धान पनि सुकेर गएको कृषक बताउ“छन् । यस वर्ष पोहोरको तुलनामा आधा जमिनमा पनि धान रोपिनसकेको उनीहरुको गुनासो छ । ॅपहिले यतिखेर रोपाईं सकिने बेला भइसक्थ्यो । हाल आधा पनि रोपेको छैन,’ स्थानीय राम विकासले भने ।
मधेस प्रदेशमा यस वर्ष ३ लाख ७२ हजार ६ सय ४५ हेक्टर क्षेत्रफलमा धानखेती हुने अनुमान सरकारले गरेको छ तर खडेरी लम्बिए धानखेती प्रभावित हुने देखिएको छ । कृषि विकास निर्देशनालय धनुषाका अनुसार असार सकिनै लाग्दासम्म ३३.७९ प्रतिशत्मात्र धान रोपाईं सकिएको छ । हालसम्म प्राप्त विवरणअनुसार प्रदेशभर १ लाख २५ हजार ८ सय ८८.६ हेक्टर जमिनमा मात्र धान रोपिएको छ ।
प्रदेशमा सबभन्दा धेरै पर्सामा ७३.३४ प्रतिशत् अर्थात् २९ हजार १ सय ३८ हेक्टरमा रोपाईं भएको छ । पर्साको ५४ हजार ४ सय ६ हेक्टर खेतीयोग्यमध्ये ३९ हजार ७ सय ३१ हेक्टरमा धानखेती हुने गर्छ । रौतहटमा ४५ प्रतिशत् (१५ हजार ७ सय ५० हेक्टर), सर्लाहीमा ४० प्रतिशत् (१७ हजार ४ सय ७७.६ हेक्टर), बारामा ४० प्रतिशत् (१८ हजार ४ सय ८ हेक्टर) क्षेत्रफलमा रोपाईं भएको छ ।
सिरहामा २९ प्रतिशत् अर्थात् धानखेती हुने ५४ हजार हेक्टरमध्ये १५ हजार ६ सय ६० हेक्टरमा धान रोप्न सकिएको छ भने धनुषामा २५ प्रतिशत् (धानखेती हुने कुल ४३ हजार ७ सयमध्ये १० हजार ९ सय २५ हेक्टर) मा मात्र रोपाईं भएको निर्देशनालयले जनाएको छ । सबभन्दा कम सप्तरीमा १६ र महोत्तरीमा १८ प्रतिशत् जमिनमा धान रोपिएको छ । पानी नपर्दा सप्तरीको धानखेती हुने ६८ हजार हेक्टरमध्ये ८४ प्रतिशत् जमिनमा धान रोप्न सकिएको छैन । महोत्तरीको कुल ४२ हजार ५ सयमध्ये ७ हजार ६ सय ५० हेक्टरमा मात्र रोपाईं भएको वरिष्ठ बागवानी विकास अधिकृत प्रदीपकुमार यादबले जानकारी दिएका छन् ।
तर, समयमै पानी परेपछि बागमती प्रदेशमा भने धान रोपाईंले तीव्रता पाएको छ । आकाशे पानीको भरमा धान रोप्नुपर्ने किसानहरुका लागि समयमै पानी परेपछि प्रदेशमा धान रोपाईंसमेत उत्साहजनक देखिएको छ । बागमतीमा हालसम्म ७६.४८ प्रतिशत् रोपाईं सम्पन्न भएको प्रदेशको कृषि विकास मन्त्रालयले जनाएको छ । मन्त्रालयका प्रवक्ता सुजन क“डेलका अनुसार प्रदेशका अधिकांश धान रोपाईं हुने स्थानमा यस वर्ष समयमै पानी परेकाले धान रोपाईं भएको हो । हालसम्म ९२ हजार २ सय ५०.८५ हेक्टर जमिनमा रोपाईं भएको छ ।
उनका अनुसार प्रदेशका १३ जिल्लामा खेतीयोग्य जमिन ५ लाख २८ हजार ९ सय १९.९ हेक्टर रहेकोमा १ लाख २० हजार ६ सय १०.२५ हेक्टर रोपाईंयोग्य जमिन छ । जसमा उपत्यकाका ३ जिल्लामा शत्प्रतिशत् रोपाईं भएको मन्त्रालयको तथ्यांक छ । काठमाडौंको ५ हजार ९ सय २४ हेक्टर, ललितपुरको ४ हजार १ सय ६३ हेक्टर र भक्तपुरको २ हजार ६ सय ९९ हेक्टरमा रोपाईं भएको प्रवक्ता क“डेलले जानकारी दिए । उनका अनुसार तीन जिल्लाका सबै रोपाईं हुने जमिनमा रोपाईं भएको हो ।
सबभन्दा धेरै रोपाईं भएको जिल्ला दोलखा हो । त्यहा“ रोपाईं हुने २ हजार ८ सय १४ हेक्टर रहेकोमा हालसम्म २ हजार ५ सय ८८.८८ हेक्टरमा रोपाईं भएको हो । त्यहा“ ९२ प्रतिशत् रोपाईं भएको मन्त्रालयले जनाएको छ ।
हालसम्मको अवधिमा सबभन्दा कम रोपाईं रसुवामा भएको छ । त्यहा“ हालसम्म ३७.७० प्रतिशत्मात्र रोपाईं भएको हो । रसुवामा २ हजार ७ सय १८ हेक्टरमा रोपाईं हुनेमा हालसम्म १ हजार ४९ हेक्टरमा रोपाईं भएको छ । रामेछापको कुल ७ हजार ८ सय ५९ हेक्टर रोपाईं हुने जमिन रहेकोमा हालसम्म ८३ प्रतिशत् अर्थात् ६ हजार ५ सय २२.९७ मा रोपाईं भएको छ ।
मकवानपुरमा ७ हजार ६७ हेक्टरमध्ये ५९.३ प्रतिशत् अर्थात् ४ हजार १ सय ९३.५ हेक्टरमा रोपाईं भएको छ भने २७ हजार २ सय ७ हेक्टरमा रोपाईं हुने गरेको चितवनमा ८०.३ प्रतिशत् अर्थात् २१ हजार ८ सय ५० हेक्टरमा रोपाईं भएको हो । नुवाकोटमा १६ हजार ४ सय ९८ हेक्टर धानखेती हुने जमिनमध्ये १६ हजार २ सय ८९ हेक्टरमा रोपाईं सकिएको छ ।
सिन्धुपाल्चोकमा ८ हजार ७ सय ८२ हेक्टरमध्ये ६७.२ प्रतिशत् अर्थात् ५ हजार ९ सय १.३ हेक्टरमा रोपाईं सकिएको मन्त्रालयको तथ्यांक छ भने सिन्धुलीमा ११ हजार ४ सय ४५ हेक्टरमध्ये ६३.७ प्रतिशत् अर्थात् ८ हजार ५ सय ६५ हेक्टरमा रोपाईं सकिएको मन्त्रालयको तथ्यांक छ । १० हजार २ सय १० हेक्टरमा रोपाईं हुने गरेको काभ्रेमा ७६.१४ प्रतिशत् अर्थात् ७ हजार ७ सय ७४.२ हेक्टरमा रोपाईं भएको छ ।









