11.4 C
Makwānpur
Homeमुख्य समाचारघासको भारि पुर्‍याएका पदमबहादुर फर्र्किएनन्‌
spot_img

घासको भारि पुर्‍याएका पदमबहादुर फर्र्किएनन्‌

spot_img
माधब न्यौपाने
हेटौंडा/२०७७ भदौमा चितवनमा बाघको आक्रमणबाट एक जनाको मृत्यु भयो । पश्चिम चितवनमा रहेको बाटुली पोखरी सामुदायिक वनमा घा“स काट्न गएका व्यक्तिलाई बाघले आक्रमण गरेको थियो ।  बाघको आक्रमणबाट भरतपुर महानगरपालिका वडा नम्बर–१३ का ६० वर्षीय बाबुराम महतोको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ । भदौ २१ गते विहान ८ बजे घरबाट घा“स काट्न निस्किएका उनी दिउ“सो मृत भेटिए ।
चितवन प्रहरीका अनुसार घटनास्थलबाट करिब २ किलोमिटर पश्चिमतर्फ जंगलमा उनको टाउको र खुट्टा भेटिएको थियो । उक्त वन चितवन राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्रमा पर्छ ।  चितवनमै बाघको आक्रमणबाट जंगलमा घा“स काट्न गएकी महिलाको पनि मृत्यु भएको थियो । २०७९ जेठ ८ गते दिउ“सो भरतपुर महानगरपालिका–१३ स्थित बाटुली पोखरी सामुदायिक वनमा घा“स काट्न गएकी ५२ वर्षकी फूलकुमारी बोटेलाई बाघले आक्रमण गरेको थियो । दिउ“सो २ बजे महिलालाई बाघले आक्रमण गरेको प्रहरीले जानकारी पाएको थियो । त्यसपछि ३ घण्टा खोजी गर्ने क्रममा बोटेको शव फेला परेको जिल्ला प्रहरी कार्यालयले बताएको छ ।
चितवन राष्ट्रिय निकुञ्जकै मध्यवर्ती क्षेत्रमा घा“स काट्न गएका एक पुरुषको पनि बाघको आक्रमणबाट मृत्यु भएको थियो । राप्ती नगरपालिका–१, दुबीचौरका ४३ वर्षीय हरि पौडेलको बाघको आक्रमणबाट मृत्यु भएको हो । मकवानपुरको मध्यवर्ती क्षेत्रमा पर्ने मनहरी गाउ“पालिका–६ स्थित लोथर राप्ती दोभानमा घा“स काट्न पुगेका उनलाई २०८० मंसिर ८ गते बाघले आक्रमण गरेको थियो ।
बाघकै आक्रमणबाट चितवनमा रत्ननगर नगरपालिका–६ का ५५ वर्षीय बबना चौधरीको ज्यान गएको थियो । चितवन राष्ट्रिय निकुञ्जका अनुसार स्थानीय कुमरोज मध्यवर्ती सामुदायिक वनभित्र हात्ती चराउन जा“दा बाघले आक्रमण गरेको हो । हात्ती चराउ“दै घा“स काट्ने क्रममा बाघले आक्रमण गरेको जनाइएको छ । २०७७ असोज १० गते बाघले जरायो मारेर शिकार गरिरहेको अवस्थामा उनी घा“स काट्न त्यहा“ पुगेपछि बाघले आक्रमण गरेको थियो ।
चितवनमा घा“स काट्न गएका अर्का व्यक्तिको पनि बाघको आक्रमणबाट मृत्यु भएको छ । चितवनको खैरहनी नगरपालिका–१३ स्थित कुमरोज मध्यवर्ती सामुदायिक वनमा घा“स काट्न जा“दा बेपत्ता भएका ६८ वर्षका पदमबहादुर रानामगरको बाघको आक्रमणबाट मृत्यु भएको हो ।
जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार शुक्रबार विहान ७ बजेतिर घा“स काट्न गएका सोही स्थानका पदमबहादुरलाई बाघले आक्रमण गरेको हो । पदमबहादुरसहित अन्य तीन जनास“गै घा“स काट्न गएकोमा उनी भने सम्पर्कबिहीन भएका थिए । घा“सको भारि पुर्‍याएर घर फर्कने क्रममा स“गै गएका साथीहरुले पदमबहादुरलाई बोलाउ“दा र खोज्दा नभेटेपछि प्रहरीलाई खबर गरेका थिए ।
विहान ११ बजेदेखि खोजीकार्य सुरु गरिएकोमा दिउ“सो करिब पौने ३ बजे जंगलभित्र बाघले खाएको अवस्थामा उनको शव फेला परेको जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता प्रहरी नायव उपरीक्षक (डीएसपी) रवीन्द्र खनालले बताए । कम्मरमाथिको केही भाग बाघले खाएको अवस्थामा पदमबहादुरको फेला शव फेला परेको बताइएको छ । डीएसपी खनालका अनुसार परीक्षणका लागि भरतपुर अस्पतालको शवगृहमा राखिएको छ ।
करिब ५ सय स्थानीय भेला भइ बाघ नियन्त्रण लिएपश्चात् मात्र शव मुचुल्का प्रारम्भिक कार्य हुनुपर्ने माग राखी कुमरोज मध्यवर्ती सामुदायिक वनको गेटमा भेला भएका थिए । वडा अध्यक्ष, वार्डेन, डार्क टोली र नेपाली सेनाको उपस्थितिमा छलफलपछि शव मुचुल्कापश्चात् अपराह्‌न ५ बजे पोष्टमार्टमका लागि भरतपुर सरकारी अस्पताल पठाइएको बागमती प्रदेश प्रहरी हेटौंडाले जनाएको छ ।
केही समयअघि हेटौंडा–१८, रामधुनी सिम्सारमा घा“स काट्न जा“दा माइतीकुमारी बयलकोटी बाघको आक्रमणबाट घाइते भइन् । उनी घा“स काट्ने साधारण औजार क“चियाको भरमा बाघस“ग जुधेर बा“च्न सफल भएकी थिइन् । पश्चिम मकवानपुरको मनहरी–५ मा पुस १४ गते बाघको आक्रमणबाट ज्यान गुमाएकी ७२ वर्षीया कान्छीमाया रुम्बाको परिवारलाई मनहरी गाउ“पालिकाले सहयोग गर्‍यो । पालिका अध्यक्ष रञ्जन कालाखेतीले घरमै पुगेर किरिया खर्चका लागि ५० हजार सहयोग गरेका थिए । अध्यक्ष कालाखेतीले उक्त घटना केवल व्यक्तिगत् दुःखमात्र नभइ मानव र वन्यजन्तुबीच बढ्दो द्वन्द्वको गम्भीर संकेत भएको बताउ“दै दीर्घकालीन समाधानका लागि संघीय, प्रदेश र स्थानीय सरकारबीच सहकार्य अपरिहार्य रहेकोमा जोड दिए । उनले जंगली जनावरको आक्रमणबाट हुने क्षति रोक्न सबै पक्ष एकजुट भएर काम गर्नुपर्ने आवश्यकता औंल्याउ“दै उक्त घटनापछि मानव र वन्यजन्तुबीच सन्तुलन कायम राख्न ठोस र दीर्घकालीन रणनीतिहरु अपनाउनु आवश्यक रहेको बताए ।
मनहरी–५, बसन्तपुर गुम्बाटोलमा बाघको आक्रमणबाट धनबहादुर रुम्बाकी ७२ वर्षीया पत्नी कान्छीमायाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जानकारी दिएको छ । रुम्बालाई घरनजिक खोल्सामा बाघले आक्रमण गरेको थियो । चितवन निकुञ्जआसपासमा बाघले मान्छेमाथि आक्रमण गर्ने घटना बढ्दै गएको छ । पछिल्लो तथ्यांकले देशभरका वनक्षेत्रमा ३ सय ५५ बाघ भएको देखिन्छ । जसमध्ये चितवन निकुञ्ज र यस आसपास वनक्षेत्रमा सबभन्दा धेरै १ सय २८ बाघ छन् ।
उष्ण पारिस्थितिक प्रणालीको उच्च तहमा पाइने मांसहारी प्रजाति भएकाले बाघलाई छाता प्रजाति पनि भनिन्छ । बाघलाई मात्र बचाउन सके अन्य धेरै प्रजाति स्वतः बच्ने संरक्षणकर्मीहरु बताउ“छन् । विश्व संरक्षण संघ (आईयुसीएन) ले बाघलाई रातो किताबको दुर्लभ सूचीमा राखेको छ । संकटापन्न वन्यजन्तु तथा वनस्पतिका प्रजातिको अन्तर्राष्ट्रिय व्यापारसम्बन्धि महासन्धि साइटिस) ले अनुसूची १ मा राखेर यसको अन्तर्राष्ट्रिय व्यापारमा पूर्ण प्रतिवन्ध लगाएको छ ।
spot_img
Basanta Ad

प्रतिक्रिया दिनुहोस

spot_img
spot_img

ताजा सन्देश

spot_img
spot_img

यो पनि