24 C
Makwānpur
Homeमुख्य समाचारप्रेस युनियनद्वारा सम्मान/पुरस्कृत
spot_img

प्रेस युनियनद्वारा सम्मान/पुरस्कृत

spot_img

हेटौंडा/नेपाल प्रेस युनियन मकवानपुरले चार जना प्रेस युनियनकर्मीहरुलाई सम्मानित एवम् पुरस्कृत गरेको छ । शनिबार हेटौंडामा आयोजित नेपाल प्रेस युनियन मकवानपुरको वार्षिक साधारणसभामा संस्थापक अध्यक्ष राममणि दाहाललाई नगद १५ हजारसहित सीतादेवी स्मृति प्रेस युनियन पत्रकारिता पुरस्कार प्रदान गरिएको छ ।

जनही १० हजारसहित नगद प्रेस युनियन पत्रकारिता पुरस्कारबाट प्रेस युनियनका बागमती प्रदेश सदस्य गंगाप्रसाद पौडेल, गणेशदर्पण अधिकारी र मानवी बानियाँलाई पुरस्कृत गरिएको छ । नेपाल प्रेस युनियन मकवानपुर अध्यक्ष सुबास बिडारीको सभाध्यक्षतामा भएको कार्यक्रममा नेपाल प्रेस युनियन केन्द्रीय अध्यक्ष शिव लम्सालको प्रमुख आतिथ्यता, नेपाली कांग्रेस मकवानपुर सभापति बुद्ध लामाब्लोनको विशिष्ट आतिथ्यता, नेपाल पत्रकार महासंघ वरिष्ठ उपाध्यक्ष दीपक आचार्य, प्रेस युनियन उपाध्यक्ष, नकुल अर्याल, महासचिव दिलिप पौडेल, केन्द्रीय सदस्यद्वय राजन दाहाल खुशराज, सबिना पौडेलको आतिथ्यतासँगै विभिन्न सञ्चार संस्थाका प्रतिनिधिको उपस्थिति थियो ।

- Advertisement - Ad Banner

प्रेस युनियनले नेपाल पत्रकार महासंघ मकवानपुर शाखाको नवनिर्वाचित कार्यसमितिलाई बधाई ज्ञापन गर्दै अध्यक्ष बालकृष्ण अधिकारीलाई प्रशंसापत्र प्रदान गरेको थियो । साधारणसभामा संगठन सचिव बलराम पुडासैनी र कोषाध्यक्ष प्रदीप अधिकारीद्वारा प्रस्तुत प्रतिवेदन सर्वसम्मत् पारित भएको छ ।

spot_img
Basanta Ad

प्रतिक्रिया दिनुहोस

spot_img
spot_img

ताजा सन्देश

spot_img
spot_img

यो पनि