24.1 C
Makwānpur
Homeमुख्य समाचारसरकारी अस्पतालमा बढ्दो भिड
spot_img

सरकारी अस्पतालमा बढ्दो भिड

spot_img

मनिता राना

हेटौंडा/स्वास्थ्य बिमा गरेपछि प्राइभेट क्लिनिक जाने बिरामी सरकारी अस्पताल तथा स्वास्थ्यचौकी जाने प्रचलनसमेत बढेको देखिएको छ । पाँच जनासम्मको परिवारका सदस्यले वार्षिक तीन हजार पाँच सय तिर्नुपर्ने र पाँचभन्दा बढी परिवारका सदस्यको हकमा प्रतिसदस्य सात सयका दरले शुल्क बुझाइ बिमा गरेपछि एक वर्षका लागि बिमा गरेका परिवारका सदस्यको वार्षिक एक लाखसम्म उपचार खर्च निःशुल्क हुने व्यवस्था छ ।

- Advertisement - Ad Banner

सरकारले सञ्चालन गरेको स्वास्थ्य बिमा कार्यक्रममा वागमती प्रदेशका चार लाख ७० हजार दुई सय ५६ परिवारका १३ लाख ६५ हजार तीन सय ६२ जना आबद्ध भएका छन् । उक्त तथ्यांक २०७४ भदौ १ गतेदेखि स्वास्थ्य बिमा कार्यक्रम लागु भएयता हालसम्मको रहेको स्वास्थ्य बिमा बोर्ड मकवानपुरका प्रमुख नरबहादुर खड्काले जानकारी दिए । उनका अनुसार सबभन्दा बढी चितवनमा ७२ प्रतिशत् परिवार स्वास्थ्य बिमामा आबद्ध भएका छन् भने सबभन्दा कम काठमाडौंमा छ प्रतिशत् परिवार स्वास्थ्य बिमामा आबद्ध भएका छन् ।

चितवनमा एक लाख ७९ हजार तीन सय ४५ परिवारमध्ये एक लाख २९ हजार चार सय ३८ परिवार बीमित हँुदा काठमाडौंमा पाँच लाख ४४ हजार आठ सय ६७ परिवारमध्ये ३० हजार चार सय २० परिवारमात्र स्वास्थ्य बिमा कार्यक्रममा आबद्ध भएको प्रमुख खड्काले बताए । भक्तपुरका ६६ हजार नौं सय ५६ परिवार, मकवानपुरका ५४ हजार पाँच सय २३ परिवार बिमामा आबद्ध भएको तथ्यांक छ । काभ्रेपलाञ्चोकका ४३ हजार तीन सय ५६ परिवार, नुवाकोटमा २३ हजार एक सय ६७ परिवार, सिन्धुपाल्चोकमा १७ हजार छ सय ३० परिवार, सिन्धुलीमा २७ हजार सात सय ५८ परिवार, रामेछापमा २१ हजार एक सय ६५ परिवार, दोलखामा १५ हजार छ सय आठ परिवार, धादिङमा २५ हजार आठ सय ३८ परिवार, रसुवामा चार हजार सात सय ६५ परिवार र ललितपुरमा नांै हजार छ सय ३२ परिवार स्वास्थ्य बिमा कार्यक्रममा आबद्ध भएको प्रमुख खड्काले बताए ।

कार्यालयमा बिमा दर्ताका लागि नयाँ आवेदन पनि आइरहेको स्वास्थ्य बिमा बोर्ड कार्यालयले जनाएको छ । मकवानपुरमा स्वास्थ्य बिमा बोर्डले जिल्लाका सम्पूणर् स्थानीय तहका वडामा सहजकर्तामार्फत् प्रचारप्रसारसँगै बीमितहरुको नाम दर्ता गराउँदै आएको छ । स्वास्थ्य बिमा गराएकाले जिल्लाको आठ स्वास्थ्य संस्थाबाट स्वास्थ्य सेवा लिँदै आएका छन् । हेटौंडा अस्पताल, मनहरी आधारभुत अस्पताल, हेटौंडा सामुदायिक आँखा अस्पताल, पालुङ प्राथमिक स्वास्थ्य केन्द्र, भीमफेदी प्राथमिक स्वास्थ्य केन्द्र, बकैया आधारभुत अस्पताल, राक्सिराङ आधारभुत र सीएमसी चुरेहिल अस्पताल हेटौंडाबाट स्वास्थ्य बिमा गरेकाले सेवा लिँदै आएका छन् ।

स्वास्थ्य बिमा कार्यक्रम स्वास्थ्य सेवा उपयोगको क्रममा हुने अनियोजित खर्चको जोखिमलाई अग्रिम व्यवस्थापन गर्दै वित्तीय संरक्षण प्रदान गर्ने अवधारणाअन्तर्गत् सरकारले ल्याएको सामाजिक सुरक्षाको एक महत्वपूणर् कार्यक्रम हो । समस्त नेपाली नागरिकलाई सर्वसुलभरुपमा गुणस्तरीय स्वास्थ्य सेवा प्रदान गर्न र स्वास्थ्य सेवा उपभोगमा सुधार ल्याउनका लागि सामाजिक स्वास्थ्य बिमाको आधारमा सबैका लागि स्वास्थ्य सेवा सुनिश्चित गर्ने उद्धेश्यसाथ २०७२ सालमा सामाजिक स्वास्थ्य सुरक्षाका रुपमा शुरुवात भएको कार्यक्रम हाल स्वास्थ्य बिमा बोर्डले सञ्चालन गर्दै आएको छ । यस कार्यक्रमले सर्वव्यापी स्वास्थ्यको पहुँच प्राप्तितर्फ नेपाललाई अग्रसर बनाउँदै सन् २०३० सम्ममा दीगो विकास लक्ष्य प्राप्त गर्न महत्वपूणर् भूमिका खेल्ने आशा लिइएको छ ।

नेपालको संविधानले आधारभुत स्वास्थ्य सेवालाई निःशुल्क र सामाजिक सुरक्षाको हक प्रदान गरेको छ । वर्तमान संविधानको धारा ५१ (ज) मा नागरिकका आधारभुत आवश्यकतासम्बन्धि नीतिअन्तर्गत् नागरिकको स्वास्थ्य बिमा सुनिश्चित गर्दै स्वास्थ्य उपचारमा पहुँचको व्यवस्था मिलाउने उल्लेख छ । गुणस्तरीय स्वास्थ्य सेवा प्राप्त गर्ने नागरिकको अधिकार संरक्षण गर्न, स्वास्थ्य बिमाद्वारा पूर्वभुक्तानीको माध्यमबाट बीमितको आर्थिक जोखिम न्यूनीकरण गर्न तथा स्वास्थ्य सेवाप्रदायकको दक्षता र जवाफदेहीता अभिवृद्धि गरी स्वास्थ्य सेवामा आमनागरिकको सहज पहुँच सुनिश्चित गर्न स्वास्थ्य बिमा ऐन, २०७४ जारी भइसकेको छ ।

यस कार्यलाई थप व्यवस्थित गर्न स्वास्थ्य बिमा नियमावली, २०७५ समेत पारित हुनु स्वास्थ्य बिमा कार्यक्रमका लागि एउटा महत्वपूणर् खुड्किलो हो । यस नियमावलीले हालको सुबिधाको थैलीलाई दुई गुणाले वृद्धि गर्नुका साथै ज्येष्ठ नागरिकका लागि सरकारले नै बिमा प्रिमियम तिरिदिने गरी छुट्टै एकाईंका रुपमा वार्षिक एक लाखबराबर स्वास्थ्य बिमा व्यवस्था गरिएको छ । सम्पूणर् संगठित क्षेत्रलाई आम्दानीको एक प्रतिशत् योगदान गर्ने गरी बिमामा आबद्ध हुने अनिवार्य व्यवस्था गरिएको छ ।

spot_img
Basanta Ad

प्रतिक्रिया दिनुहोस

spot_img
spot_img

ताजा सन्देश

spot_img
spot_img

यो पनि