Homeमुख्य समाचार‘सरकार गैरजिम्मेवार र असफल’

‘सरकार गैरजिम्मेवार र असफल’

सुनिता बिष्ट

हेटौंडा/वागमती प्रदेशको प्रमुख प्रतिपक्षी दल नेकपा माओबादी केन्द्रले प्रदेश सरकार असफल र गैरजिम्मेवार भएको बताएको छ । मंगलबार संसदीय दलको कार्यालय हेटौंडामा पत्रकार सम्मेलन गर्दै संसदीय दलका नेता शालिकराम जम्कट्टेलले सरकारले विपक्षीसँग गरेका प्रतिबद्धता अवज्ञा गर्दै सरकार एकलौटीढंगबाट चलेको बताउँदै वर्तमान वागमती प्रदेश सरकार असफल र गैरजिम्मेवार भएको बताएका हुन् । उनले यस्तो परिस्थिति अविलम्ब अन्त्य हुनपर्ने बताए ।

वर्तमान सत्तारुढ दलसमेत संलग्न रहेर निर्माण भइ सर्वदलीय सहमतिमा बजेट पारित भएको छैठौं महिना प्रवेश गरेको बताउँदै निर्वतमान मुख्यमन्त्रीसमेत रहेका जम्कट्टेलले पारित बजेटको कार्यान्वयन, बजेट पारित गर्दा भएका सर्वदलीय सहमति र सरकारका प्रतिबद्धताहरु तथा त्यसयता आएका बाढीपहिरोलगायत प्राकृतिक विपत्तिका विषयमा प्रदेश सरकारसमक्ष माओबादी केन्द्रका तर्फबाट पेश गरिएका ज्ञापनपत्रको कुनै सुनुवाइ नभएको गुनासो गरे ।

‘प्रदेश सरकारले प्रदेश एवम् प्रदेशबासीलाई बाढीपहिरोले गरेको विनाश र विपत्तिलगायत जरुरी महत्वका विषयलाई निषेध गर्नुका साथै त्यससम्बन्धि आवश्यक कानुनी व्यवस्था गर्ने कार्यलाई प्रदेश सरकारले पूणर्तः बेवास्ता गर्दै आएको छ,’ उनले भने-बजेट कार्यान्वयन कछुवा गतिमा भएको छ । निर्माण सम्पन्न नभएका तर म्याद गुजे्रका ठेक्काका सवालमा कुनै निणर्य नगर्ने जस्ता कारण विकास निर्माण कार्य ठप्प भएका छन् । बहुवर्षीय ठेक्कासम्बन्धि मापदण्डअनुसार बजेट व्यवस्था भएका योजना असोजभित्र बहुवर्षीय योजना स्वीकृत गरी प्रक्रियामा लैजान नसक्नु सरकार कति उदासिन छ भन्ने उदाहरण पनि हो ।

सरकारले ल्याएको बजेट नागरिकको मर्म र भावनाअनुसार कार्यान्वयन नगर्नु चिन्ताको विषय भएको जम्कट्टेलले बताए । मापदण्डविपरीत टुक्रे आयोजनाहरुलाई नियमविपरीत ठेक्कामा लैजान कर्मचारीलाई गैरकानुनी आदेश जारी गरेर प्रदेश सरकार आफैंले कानुनको उपहास गरिरहको जम्कट्टेलको आरोप छ । जसले गर्दा विकास र सेवाप्राप्त गर्ने प्रदेशबासीको अधिकार कुण्ठित भएको उनको भनाइ छ ।

बाढीपहिरोलगायत प्राकृतिक विपत्तिमा परेका नागरिकको पक्षमा तत्काल राहत र पुनस्र्थापनाका कार्यक्रम घोषणा र लागु गर्न, चालु आर्थिक वर्षकोे बजेटमा व्यवस्था भएका बहुवर्षीय मापदण्डअनुसार योजना तुरुन्त ठेक्का प्रक्रियामा अगाडि बढाउन, म्याद गुज्रेका ठेक्काका सवालमा अविलम्ब उचित निणर्य गर्न, बजेट पारित गर्दाका बखत भएका प्रतिबद्धता तथा सर्वदलीय सहमति कार्यान्वयन गर्न सरकारलाई ध्यानाकर्षण गराइएको दलका नेता जम्कट्टेलले बताए ।

असोज १४ गते काठमाडौंमा बसेको सर्वदलीय बैठकको निणर्य कार्यान्वयन गर्न र कार्तिक २८ गते माओबादी केन्द्र संसदीय दलले मुख्यमन्त्री बहादुरसिं लामालाई बुझाएको ज्ञापनपत्र सम्बोधन गर्न मुख्यमन्त्री लामाको ध्यानाकर्षण गराइएको उनको भनाइ छ । ‘सरकारलाई बेलाबेलामा हामीले घच्घच्याउँदा पनि हामीसँग भएका कुनै प्रतिबद्धतामा सरकारले तदारुकता देखाएन,’ पत्रकार सम्मेलनमा माओबादी संसदीय दलका सचेतक रत्नप्रसाद ढकालले भने-सरकारले प्रदेशसभा बैठक डाक्न पनि कुनै हतार गरेको छैन । सरकारका काम मन्त्रिपरिषद्बाट गर्ने तर सदन नडाकेकोप्रति पनि हाम्रो आपत्ति छ । प्रदेशसभा बैठक अविलम्ब बोलाउन प्रदेश सरकारसँग माग गरिएको ढकालले बताए । यदि बैठक आह्वान नभए प्रतिपक्षी दलहरु मिलेर संवैधनिक प्रक्रियाबाट सभा बैठक अघि बढाउने बताइएको छ । वागमती प्रदेशसभा बैठक अन्तिम पटक असोज ७ गते बसेको थियो । त्यसपछि हिउँदे अधिवेशन आह्वान गर्नुपर्नेमा सरकार पक्ष उदासिन देखिएको छ ।

ताजा सन्देश

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here