Homeटप न्युजएन्फाको क्याम्पमा बसेका ६ खेलाडी बेपत्ता, पहिरोमा पुरिएको आशंका

एन्फाको क्याम्पमा बसेका ६ खेलाडी बेपत्ता, पहिरोमा पुरिएको आशंका

मकवानपुर : अखिल नेपाल फुटबल संघ (एन्फा)ले मकवानपुरको इन्द्रसरोबर गाउँपालिका–३ मा राखेको युथ–१४ क्याम्पका ६ जना खेलाडी सम्पर्कबिहीन भएका छन् ।

एन्फा केन्द्रीय सदस्य टीकाराम लामा अनुसार स्थानीय वत्सला माविमा होस्टलसहित आवासीय व्यवस्था गरी दैनिक प्रशिक्षणमा राखिएका ३७ जना खेलाडीमध्ये ६ जना सम्पर्कबिहीन भएका हुन् ।

आज बिहान करिब ६ बजेको समयमा अविरल वर्षासँगै सुरक्षित स्थानमा खेलाडीलाई सार्न खोज्दा उनीहरु पहिरोमा पुरिएको आशंका छ ।’, उनका अनुसार अन्य खेलाडी भने सम्पर्कमा रहेका छन् । खेलाडीहरु छोटो बाटो भएर सुरक्षित स्थानमा आफैँ जान खोज्दा दुर्घटना भएको भन्ने सूचना छ’, उनले भने ।

बेपत्ता विद्यार्थीहरुमा अनुप घलान मकवानपु, आदित्य वलम्पाकी सर्लाही, रियान्स आचार्य, काठमाडौं, सुमन योन्जन मकवानपुर, विकल रेग्मी, निजगढ, दिवस बानियाँ मकवानपुर रहेका छन ।

मकवानपुरका प्रहरी प्रमुख उपरीक्षक सीताराम रिजालका अनुसार उक्त स्थानमा प्रहरी र सशस्त्र प्रहरीको टोली परिचालन गरेपनि खोला तर्नुपर्नेहुँदा समस्या भइरहेको बताए । ‘हामीले लामो बाटो हिँडेर भएपनि त्यहाँ पुगिहाल्न भनेका छौं’ उनले भने ।
– स्रोत : ईकान्तिपुर

ताजा सन्देश

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here