Homeटप न्युजस्कुल दूध दिवसबारे जनचेतना

स्कुल दूध दिवसबारे जनचेतना

काठमाडौं/सेन्टजर्ज स्कुलमा नेपाल डेरी एसोसिएसनले आयोजना गरेको साताव्यापी विश्व स्कुल दूध दिवस मनाउने क्रममा दोस्रो दिन विद्यार्थीलाई दूधसम्बन्धि जनचेतनामुलक कार्यक्रम गरेको छ ।

कार्यक्रममा नेपाल डेरी एसोसिएसन केन्द्रीय अध्यक्ष प्रह्लाद दाहाल, उपाध्यक्ष दीपप्रसाद धमला, केन्द्रीय सदस्य रविशरण थापा र बेदलाल गौतम, विद्यालयका शिक्षकलगायत उद्योगीको सहभागिता थियो । केन्द्रीय अध्यक्ष दाहालले दूधबाट बनेका परिकार, दूधको स्रोत, बजारीकरण, उत्पादन, प्रशोधनदेखि उपभोक्तासम्म पुग्ने क्रम बताउँदै साताव्यापी विद्यालय दूध दिवस मनाउँदाको महत्व बताए । कार्यक्रममा नेपाल डेरी एसोसिएसन उपाध्यक्ष धमलाले दूध सबैले पिउनुपर्ने पौष्टिक तत्वले भरिपूणर् भएको हुनाले विहान/बेलुका सबै विद्यार्थी एवम् अभिभावकले दूध पिउनुपर्ने बताए ।

नेपाल डेरी एसोसिएसन वागमती प्रदेश अध्यक्ष टीकाप्रसाद घिमिरेले दूध पूणर् पौष्टिक आहार भएको बताउँदै सबै विद्याथीलाई अनिवार्य दूध तथा दुग्धपदार्थ सेवन गर्न आग्रह गरे । केन्द्रीय सदस्य थापाले बालकदेखि वृद्धसम्म नभइ नहुने दूधको महत्व बताए ।

दूध तथा दुग्ध पदार्थ उपभोग बढी गर्ने देशहरु विश्वमा हरेक कुरामा अग्रपंक्तिमा हुन्छन् । विश्वमा कुनै बालबालिकाले दूध तथा दुग्ध पदार्थ सेवनबाट बञ्चित हुन नपरोस् भनेर स्कुल दूध दिवस सेप्टेम्बर महिना अन्तिम बुधबार सन् २००० देखि निरन्तर २४ वर्षसम्म भव्यतासाथ मनाउने गरेको तथ्यांक छ ।

यस वर्ष विश्वमा २४ औं र नेपालमा १० औं विश्व स्कुल दूध दिवस नियमित दूध तथा दुग्ध पदार्थ सेवन, स्वस्थ्य र निरोगी रहन्छ विद्यार्थी जीवन भन्ने नारासहित साताव्यापीरुपमा असोज ३ गतेबाट मनाउने र असोज ९ गते सेप्टेम्बर अन्तिम बुधबार मुल समारोह गर्ने गरी नेपाल डेरी एसोसिएसनले मनाउने कार्यक्रम छ । एसोसिएसनले सरोकारवाला सबै र आफ्नामातहत पालिका, जिल्ला र प्रदेशलाई १० औं दिवस मनाउन अनुरोध गरिसकेको छ ।

नेपालको तथ्यांकअनुसार प्रतिव्यक्ति प्रतिवर्ष ९२ लिटर दूधसेवन गर्नुपर्नेमा हाल ८५ लिटरमात्र सेवन हुने गरेकाले आगामी दिनहरुमा कम्तिमा बालबालिकाका लागि ९२ लिटर अनिवार्य पुर्‍याउनुपर्ने देखिएकोले सरोकारवालाहरु यसमा लाग्नुपर्ने देखिन्छ । बालबालिकालाई दूधको महत्व बताउँदै अनिवार्य दूधसेवन गर्न प्रेरित गर्नुपर्छ । दूधबारे अभिभावकहरुले र विशेषगरि शिक्षकले राम्रोसँग बुझेर सबै बालबालिकाहरुलाई दूध तथा दुग्ध पदार्थ सेवन गराउनुपर्ने छ ।

ताजा सन्देश

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here