हेटौंडा/यस वर्षको माध्यमिक शिक्षा परीक्षा कक्षा १० (एसईई) मा बागमती प्रदेशबाट १ लाख भन्दा बढी विद्यार्थी सहभागी हुने भएका छन् । चैत ७ गतेबाट सञ्चालन हुने परीक्षामा बागमती प्रदेशमा १ लाख ८ हजार ५ सय ७१ विद्यार्थी सहभागी हुने बागमती प्रदेशको सामाजिक विकास मन्त्रालयअन्तर्गत् शिक्षा विकास निर्देशनालयले जनाएको छ ।
निर्देशनालयकी सूचना अधिकारी पवित्रा तिमल्सिनाका अनुसार एसईई दिने सबभन्दा धेरै विद्यार्थी काठमाडौंका छन् । काठमाडौंमा नियमिततर्पm र ग्रेडबृद्धि गरी ३९ हजार ७ सय ६१ विद्यार्थीले एसईई परीक्षा दि“दैछन् । उनका अनुसार सबभन्दा कम विद्यार्थी रसुवामा छन् । रसुवामा ५ सय ३१ विद्यार्थी एसईईमा सहभागी हुने निर्देशनालयको तथ्यांक छ । भक्तपुरमा ६ हजार ६ सय ७, ललितपुरमा १० हजार ५ सय ३६, काभ्रेमा ६ हजार ३ सय ९३, सिन्धुपाल्चोकमा ३ हजार ४ सय २८ र नुवाकोटमा ४ हजार ६ सय १३ विद्यार्थी एसईईमा सहभागी ह“ुदैछन् । धादिङमा ५ हजार ४ सय ७५, चितवनमा १२ हजार ३ सय ५३, रामेछापमा २ हजार ७ सय ८५, दोलखामा २ हजार १ सय ६१, सिन्धुलीमा ५ हजार ७ सय ७२ र मकवानपुरमा ७ हजार ४ सय ५६ विद्यार्थी एसईईमा सहभागी हुने शिक्षा विकास निर्देशनालय हेटौंडाको तथ्यांक छ ।
निर्देशनालयकी सूचना अधिकारी तिमल्सिनाका अनुसार बागमतीमा एसईई सञ्चालनका लागि ४ सय ३४ परीक्षा केन्द्र तोकिएको छ । जसमा काठमाडौंमा १ सय ३६ वटा परीक्षा केन्द्र तोकिएको छ भने भक्तपुरमा २५ वटा, ललितपुरमा ४० वटा, काभ्रेमा ३४ वटा, सिन्धुपाल्चोकमा १९ वटा परीक्षा केन्द्र तोकिएको छ । नुवाकोटमा २१ वटा, रसुवामा ६ वटा, धादिङमा २४ वटा, मकवानपुरमा २८ वटा, चितवनमा ४२ वटा, रामेछापमा १९ वटा, दोलखामा १७ वटा र सिन्धुलीमा २७ वटा परीक्षा केन्द्र निर्धारण गरिएको तिमल्सिनाले जानकारी दिइन् ।
मकवानपुरमा कुन विद्यालयमा केन्द्र ?
७ हजार ४ सय ५६ विद्यार्थी एसईईमा सहभागी हुने मकवानपुरमा २८ वटा केन्द्र तोकिएका छन् । शिक्षा विकास तथा समन्वय समिति मकवानपुर एकाईं प्रमुख सुदीप गिरीका अनुसार यहा“ नियमित परीक्षा दिने विद्यार्थीको संख्या ५ हजार ८ सय ६५ छ भने ग्रेडबृद्धितर्पm १ हजार ५ सय ९१ विद्यार्थीले एसईई दि“दैछन् ।
प्रमुख गिरीका अनुसार मकवानपुरका १० स्थानीय तहमध्ये हेटौंडा उपमहानगरपालिकामा परीक्षा केन्द्रको संख्या धेरै छ । हेटौंडामा हेटौंडा–१० स्थित सोलिड्यारिटी स्कुल, हेटौंडा–९ स्थित प्रगति माध्यमिक विद्यालय, हेटौंडा–४ मा रहेको श्रमिक माध्यमिक विद्यालय, हेटौंडा–२ मा रहेको सिद्धार्थ माध्यमिक विद्यालय, हेटौंडा–५ मा रहेको जीएस निकेतन माध्यमिक विद्यालय, हेटौंडा–४ मा रहेको भुटनदेवी माध्यमिक विद्यालयलाई केन्द्र तोकिएको छ ।
हेटौंडा–३, बसामाडीको महेन्द्रकिरण माध्यमिक विद्यालय, हेटौंडा–१९, बस्तीपुरमा रहेको निर्मल माध्यमिक विद्यालय, हेटौंडा–६, चौघडामा रहेको वंशगोपाल माध्यमिक विद्यालय, हेटौंडा–४ मा रहेको आधुनिक राष्ट्रिय माध्यमिक विद्यालय, हेटौंडा–५ मा रहेको बालज्योति माध्यमिक विद्यालय, हेटौंडा–१० मा रहेको ज्ञानदा माध्यमिक विद्यालय, हेटौंडा–१ मा रहेको अमर माध्यमिक विद्यालय, हेटौंडा–८ मा रहेको चन्द्रोदय माध्यमिक विद्यालय र हेटौंडा–१६, हटियामा रहेको जनप्रिय माध्यमिक विद्यालय गरी उपमहानगरपालिकामा १५ केन्द्र छन् । बा“की ९ स्थानीय तहमा १३ केन्द्र तोकिएको छ ।
बागमती गाउ“पालिका फापरबारीस्थित जनता माध्यमिक विद्यालयमा केन्द्र निर्धारण गरिएको छ भने बकैयाको हात्तीसु“डेस्थित बुद्ध माध्यमिक विद्यालयमा एसईई परीक्षा केन्द्र तोकिएको एकाईं प्रमुख गिरीले जानकारी दिए । उनका अनुसार बकैयाको छतिवनमा रहेको महेन्द्र माध्यमिक विद्यालयलाई केन्द्र तोकिएको छ भने भीमफेदी गाउ“पालिमा रहेको महेन्द्र माध्यमिक विद्यालय, थाहा नगरपालिकाको पालुङस्थित जनकल्याण माध्यमिक विद्यालय, थाहा नगरपालिका–२ मा रहेको मत्स्यनारायण माध्यमिक विद्यालयमा केन्द्र रहने छ ।
इन्द्रसरोवर गाउ“पालिका–१ मा रहेको सरस्वती बालबोधिनी माध्यमिक विद्यालयमा केन्द्र तोकिएको छ भने मनहरी गाउ“पालिकामा रहेको राष्ट्रिय रोटरी माध्यमिक विद्यालय, मनहरीकै ज्यामिरेमा रहेको महेन्द्रकिरण माध्यमिक विद्यालय र मकवानपुरगढी गाउ“पालिका–६ मा रहेको जालपादेवी माध्यमिक विद्यालयमा केन्द्र तोकिएको छ । राक्सिराङ गाउ“पालिका–५ मा रहेको प्रजा जागृति माध्यमिक विद्यालय, कैलाश गाउ“पालिका–९ मा रहेको कालिका माध्यमिक विद्यालय र थाहा नगरपालिका–६ मा रहेको बज्रबाराही माध्यमिक विद्यालयमा एसईई परीक्षा केन्द्र तोकिएको गिरीको भनाइ छ ।










