19 C
Makwānpur
Homeमुख्य समाचारमुख्य बजारमै पहिलो महिला होमस्ट

मुख्य बजारमै पहिलो महिला होमस्ट

हेटौंडा/हेटौंडाको मुख्य बजार क्षेत्रमा आभाश्री होमस्टे सञ्चालनमा ल्याउने तयारी गरिएको छ । यो सम्भवतः हेटौंडा नगरको पहिलो होमस्टे हुनेछ । बाहिरी जिल्लाबाट विभिन्न सिलसिलामा हेटौंडा आउने महिलाका लागि हेटौंडा-१ स्थित भिन्तुनापथमा महिला उद्यमी सरिद्धी श्रेष्ठले आफ्नै घरमा होमस्टे सञ्चालनमा ल्याउने सम्पूणर् तयारी पूरा गरेकी हुन् ।
बिहीबार निवासमा पत्रकार सम्मेलन गरी होमस्टेबारे श्रेष्ठले जानकारी दिइन् । आफ्नै घरमा सञ्चालन हुने होमस्टे हाल ४ वटा रुमबाट सुरु गरिने श्रेष्ठले बताइन् । बाहिरबाट पढाइ, जागिरलगायत विभिन्न कामका लागि हेटौंडा आउने महिलालाई होटल/लजमा बस्न गाह्रो हुने भएका कारण सहज वातावरण होस् भनेर आफूले सञ्चालनमा ल्याउन लागेको उनले बताइन् ।

महिनाको १५ हजार रुपियाँ प्याकेजमा खान र बस्नलगायत सुबिधा हुने उनले बताइन् । मकवानपुर उद्योग वाणिज्य संघ महिला उद्यमी पूर्वसभापतिसमेत रहेकी श्रेष्ठले हाल ४ वटा रुमबाट सेवा सुरु गरे पनि आवश्यकताअनुसार बढाउँदै लगिने बताइन् । हामीकहाँ ग्रामीण क्षेत्रमा होमस्टेको प्रचलन बढ्दो छ । स्थानीय पर्यटन प्रवद्र्धनमा यसले राम्रो सघाउ पनि पुर्‍याइरहेको छ । खासगरि व्यवस्थित होटल, लज नभएको स्थानमा होमस्टे राम्रो विकल्प हो, उनले भनिन्-यहाँ होमस्टेको छुटै विशेषता छ । आनन्द छ । महत्व छ । होमस्टेमा पाहुना बनेपछि स्थानीय समाज, रहनसहन, सँस्कृति, बोली- चालीलाई नजिकबाट साक्षात्कार गर्न पाइन्छ । हामीमा आत्मीयता पनि मिल्छ । एउटै परिवारजस्तै भएर बस्न सकिन्छ ।

त्यसैले बिदामा कतै घुमघामको योजना बनाइरहेकाहरुलाई होमस्टे राम्रो विकल्प हो । होमस्टेले स्थानीय रहनसहन र सँस्कृतिलाई बुझ्ने मौका दिलाउँछ । वास्तवमा हामी एक अपरिचित घरमा पाहुना लाग्ने हो । त्यहाँको रहनसहन, चालचलन सबै कुरामा हामी बेखबर हुन्छौं । परिवारका सदस्यलाई साइनो लगाएर सम्बोधन गर्न मिल्छ । काका, दाइ, भाइ, बहिनी, फुपू आदि । यसले पाहुनाहरुसँग निकट हुने अवसर दिलाउँछ । आफू बसेको परिवारका सदस्यहरुसँग
कुराकानी, भलाकुसारी हुन्छ । खानेकुरामा पनि सकेसम्म स्थानीय परिकारलाई महत्व दिइनेछ । परिवारले जे दिन्छन्, जसरी दिन्छन्, त्यसलाई राजीखुशीसाथ स्वीकार गरिन्छ । कुनै कुराले समस्या भए विनम्रतापूर्वक अवगत गराउन सकिनेछ ।

ताजा सन्देश

Leave a reply

Please enter your comment!
Please enter your name here