राजुराम राउत
हेटौंडा एक सुन्दर शहर हो, जुन प्राकृतिक सौन्दर्य र सांस्कृतिक विविधताले भरिपूणर् छ ।
तर, यस शहरमा ध्यान पुर्याउनु पर्ने निकायको मौनताले खाद्य वस्तुमा अखाद्य वस्तुको मिलावट र बेचबिखनले मानवीय स्वास्थ्यमा गम्भीर समस्या देखिरहेको छ । यो समस्या न केवल स्वास्थ्यको दृष्टिले मात्र खतरनाक छ, तर यसले समग्र समाजमा गम्भीर असरसमेत पार्दैछ । यहाँका विभिन्न निकायहरूले यो समस्याको समाधानमा के कस्तो भूमिका खेलिरहेका छन्, र किन उनीहरूको प्रयासमा नैरास्यता देखिरहेको छ भन्ने कुरामा चर्चा गर्ने जमर्को गरिएको छ ।
अखाद्य वस्तुको समस्या : हेटौंडामा खाद्य वस्तुहरूको गुणस्तर अव्यवस्थित छ । केही बर्षअघिसम्म नगरपालिकामै गुणस्तर मापन र नियन्त्रण शाखाको स्थापना गरि- एकोमा हाल उक्त कार्य नाम मात्रको रहन पुगेको छ । जस्को प्रत्यक्ष असर नगरवासीले भोग्नु परिरहेको छ ।
हाल हेटौंडामा चलिरहेको अल्ट्रा प्रोसेष्ड फुडको बहानामा अति प्रशोधित खानेकुरा भनी दूधबाट दही बनाउन रङ, फ्लेवर, चिनी वा कोर्न सिरप हालिन्छ । जसले, पोषकता बढाउनलाई नभई एकपटक खाएपछि त्यसको स्वाद मुखमा बस्ने गरी बनाइन्छ ।
ताकी, यसको बिक्री भइरहोस र नाफामा कुनै कमि नहोस् मानौ शहर नाफाखोरको चंगुलमा रहिरहोस् ।
यसरी बजारमा विभिन्न प्रकारका खाद्य सामग्री बिक्रीमा छन् ।
जसमा ताजा, स्वस्थ र उच्च गुणस्तर संगै अखाद्य वस्तुहरूको पनि भारी मात्रामा उपस्थिती देखिन्छ । फलफूल, तरकारी, मःमः, चाउचाउ, र अन्य खाद्य वस्तुहरूमा देखिने दुर्गन्ध र अस्वास्थ्यकर अवस्था स्वास्थ्यका लागि ठूलो खतरा हो । यसमा यो उ भन्नुभन्दा पनि एकाधबाहेक यो दौडमा सबैको सहभागिता रहेको पाईन्छ । अखाद्य वस्तुको बिक्रीले विभिन्न स्वास्थ्य समस्याहरू निम्त्याई रहेको छ ।
खाद्यजन्य रोगहरू जस्तै टाइफाइड, डाइरियासंग सम्बन्धित समस्या, र अन्य संक्रमणका रोगहरू यसका कारण उत्पन्न हुन सक्छन् । अर्को भाषामा यस्ता खानेकुरालाई कस्मेटिक फुड पनि भन्ने गरिन्छ । विश्व स्वास्थ्य संगठन (डब्लुएचओ)का अनुसार ती उत्पादन औद्योगिक प्रविधि र प्रक्रियाबाट बनाइन्छ ।
डब्लुएचओका केही उदाह-रणअनुसार कार्बोनेटेड चिसो पेय, मिठाई, बोसोयुक्त वा नुनिलो खाजा, क्यान्डी, ठूला कार- खानामा बनाएको पाउरोटी, बिस्कुट, पेस्ट्री, केक, दही, मासु, चीज, पास्ता, पिज्जा, माछा, ससेज, बर्गर, हट डग, इन्स्टेन्ट सुप, चाउचाउ, बेबी फर्मूला ईत्यादि हुन् ।
अचारलाई लामो समय राख्न अत्याधिक नुन, चिनी, भेनेगर र साइट्रिक एसिड प्रयोग गर्ने जस्ता अति प्रशोधित खानेकुराको सेवनले पनि डिप्रेसन र एन्जाइटी निम्त्याउन सक्दछ भन्ने कुरा एक अनुसन्धानले देखाईसकेको छ ।
रोकथाममा सरोकारवालाको भूमिका : खाद्य वस्तुको गुणवत्ता र सुरक्षा निगरानीको जिम्मेवारी विभिन्न सरकारी र गैरसरकारी निकायहरूको हुन्छन् । यिनमा खाद्य प्रविधि तथा गुण नियन्त्रण विभाग, नगरपालिका, र स्वास्थ्य कार्यालय प्रमुख छन् । तर, यी निकायहरूले आफ्नो जिम्मेवारी प्रभावकारीरूपमा पूरा गर्न विफल छन् । यसैगरी उपभोक्ता हित संरक्षण मञ्च जस्ता संघ/संस्थासमेतको सुस्त गतिविधिले खासै उपभोक्ता हित संरक्षणमा महत्वपूणर् कार्य गरेको देखिदैन् ।
खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय : खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालयले खाद्य वस्तुको गुणस्तरलाई निगरानी गर्ने जिम्मा पाएको छ । तर, कार्यालयको कार्यान्वयनमा कमी देखिईरहेको छ । नियमित निरीक्षण नगर्ने, उपयुक्त कारवाही नगर्ने, र जनतालाई सचेत गराउनका लागि शैक्षिक कार्यक्रम सञ्चालन नगर्नुले यस्ता समस्यामा झन ठूलो समस्या थपिदिएको छ ।
उपनमहागरपालिका : उपमहानगरपालिकाले पनि खाद्य वस्तुको गुणस्तर र सुरक्षामा महत्वपूणर् भूमिका खेल्नुपर्छ । तर, हेटौंडामा नगरपालिकास्तरमा उचित सजगता र निगरानीको कमी छ । बिक्रेताहरूको अनुगमन गर्न र अखाद्य वस्तुहरूको बिक्री रोक्नका लागि आवश्यक कानून र नियमहरूको कार्यान्वयन गर्न असफल देखिन्छ ।
स्वास्थ्य कार्यालय : स्वास्थ्य कार्यालयले स्वास्थ्य र सुरक्षा मापदण्डहरू लागू गर्नुपर्छ । जनस्वास्थ्यको क्षेत्रमा यस्ता संस्थाहरुको पनि महत्वपुणर् भुमिका रहन्छ । तर, हेटौंडामा भने स्वास्थ्य कार्यालयले सर्वसाधा-रणलाई स्वास्थ्यका लागि खतरनाक खाद्य वस्तुहरूको बारेमा जानकारी दिनमा कमी गर्दै आएको छ । जनचेतना कार्यक्रमको अभाव र स्वास्थ्य शिक्षा नदिइने कारणले गर्दा समस्या बढ्दै गएको छ ।
जनचेतनाको कमी : हेटौंडामा नागरिकबीच खाद्य सुरक्षा र स्वास्थ्य विषयमा जनचेतना जागरूकता पुर्याउनका लागि विभिन्न कार्यक्रमहरूको आवश्यकता छ । तर, कुनै पनि निकायले यस क्षेत्रमा पर्याप्त प्रयास गरेको पाईदैन । यसो भन्दा यहाँ सम्बद्द निकायहरुको नाम लिनैपर्ने जरुरतसमेत म त देख्दिन । अखाद्य वस्तुहरूको पहिचान र स्वास्थ्यका लागि हुने समस्याबारे नागरिकलाई जानकारी दिइनु अत्यन्त महत्वपूणर् छ । यसका लागि विद्यालय, स्थानीय समुदाय र विभिन्न संघ/संस्थाहरूले सक्रिय भूमिका खेल्न सक्छन् र खेल्नुपर्ने आवश्यकतासमेत देखिदै आएको छ ।
कानून र नियमहरूको अभावः खाद्य सुरक्षा र नियन्त्रणका लागि कानून र नियमहरू भए तापनि, तिनीहरूको कार्यान्वयनमा समस्या छ । खाद्य सुरक्षा ऐन २०७५ लागू भए पनि, यसको कार्यान्वयनमा देखिएको कमीले अखाद्य वस्तुको बिक्रीलाई किनारा गर्दै आएको छ । यदि खाद्य सुरक्षा र गुणस्तरको निगरानी गर्न कानूनी प्रक्रिया प्रभावकारीरूपमा लागू भएमा, हेटौंडामा अखाद्य वस्तुहरूको बिक्रीमा कमी आउन सक्छ । यसका लागि पालिकाले आवश्यक ठानिएको क्षेत्रमा पालिकास्तरीय मापदण्ड र स्तरनिर्धारण गरि नियन्त्रणसमेत गर्न हेटौंडा उपमहानगरपालिकालाई चुनौति देखिन्छ ।
समाधानको आवश्यकता : हेटौंडामा अखाद्य बेचबिखनको समस्या समाधान गर्नका लागि विभिन्न उपायहरू अपनाउनु पर्ने आवश्यकता देखिन्छ, जसका केही सुझाव यहाँ प्रस्तुत गर्न सान्दर्भिक देखिएकोले प्रस्तुत गरिएको छ ।
नियमित अनुगमन र निरीक्षण: खाद्य प्रविधि तथा गुण नियन्त्रण विभाग, उपमहानगरपालिका र उपभोक्ता हित संरक्षण मञ्चलगायतका संस्थाहरुले संगसंगै काम गरेर नियमित अनुगमन र निरीक्षण गर्ने गराउने प्रक्रिया लागू गर्नुपर्छ । यसले बजारमा रहेका खाद्य वस्तुको अवस्था र गुणस्तरको निगरानी गर्न मद्दत गर्नेछ ।
जनचेतनामूलक कार्यक्रम : स्थानीय समुदायमा खाद्य सुरक्षा र स्वास्थ्यका लागि जनचेतना कार्यक्रम सञ्चालन गर्नुपर्छ । विद्यालय, क्याम्पस, टोबिस र स्थानीय समुदायका केन्द्रमा कार्यशाला र सेमिनारको आयोजना गर्नाले नागरिकलाई सचेत गराउन मद्दत मिल्नेछ । उदाहरणको लागि, प्याकको अगाडि पोषणको मात्रा उल्लेख गर्ने कुरामा कुरामा ध्यान दिएमा ८० प्रतिशत समस्या रोक्न सकिन्छ । हाल यी सबै जानकारी लेबलको पछाडि लेखिएका हुन्छन् तर ती अक्षर, अंक यति सानो हुन्छ कि ग्राहकले यसलाई ध्यान दिंदैनन् र चाहेर पनि दिनै सक्दैनन् ।
यस्ता बिषयहरुमा आमउपभोक्तालाई सुसुचित गराउदै उत्पादकलाई खालि आँखाले पढ्न सकिने खालका लेखौट राख्न बाध्यात्मक ब्यवस्था गराउनु पर्दछ ।
कानूनको कार्यान्वयन : खाद्य सुरक्षा ऐन र नियमहरूको प्रभावकारी कार्यान्वयन गर्न आवश्यक छ । यसमा, जिम्मेवार निकायहरूले नियमित अनुगमन गरून् र अव्यवस्थित विक्रेताहरूलाई दण्डित गर्ने प्रक्रिया अपनाउनु पर्छ ।
सारांसमा भन्नुपर्दा, हेटौंडामा भैरहेको अखाद्य बेचबिखन र यसलाई रोकथाम गर्नुपर्ने निकायहरूको नैराश्यता एक गम्भीर समस्याको रूपमा रहेको छ । स्वास्थ्य र सुरक्षा सुनिश्चित गर्न यसको समाधानका लागि तात्कालिक कदम उठाउनु आवश्यक छ । हेटौंडामा खाद्य वस्तुको अव्यवस्थापन र अखाद्य बिक्री रोक्नका लागि सबैको सहकार्य र सहयोग आवश्यक छ । यसमा स्थानीय सरकार, स्वास्थ्य कार्यालय र नागरिक समाज सबैले जिम्मेवारीका साथ काम गर्नु पर्दछ । केवल यसैगरी मात्र हाम्रो समाज स्वस्थ र सुरक्षित रहन सक्छ ।
जाँदाजाँदै जनहितको लागि विज्ञका अनुसार प्रशोधित खानेकुराको उत्पादनको क्रममा चिनी, नुन, बोसो वा दुई फरक प्रकारका पदार्थको सम्मिश्रण, केमिकल र लामो समयसम्म भण्डारण गर्न सकिने सबै सामग्री औद्योगिक प्रक्रियामार्फत् मिसाइन्छ । जुन, हामी सामान्यतया हाम्रो भान्सामा प्रयोग गदैनौं ।
(लेखकः नेपाल सरकार तथा युनाईटेड मिसन टु नेपालको संयुक्त सञ्चालनका अस्पतालमा कार्यरत हुनुहुन्थ्यो ।)