हेटौंडा/अनलाइनमा बालयौन शोषण रोकथामसम्बन्धि स्थानीय र प्रदेशस्तरीय सरोकारवालाबीच अन्तर्क्रिया भएको छ । सिविन नेपाल मकवानपुरको आयोजनामा इन्टरनेट अनलाइनमा बालबालिका संरक्षण कसरी गर्ने भन्ने विषयमा कार्यक्रम भएको हो ।
सिविन नेपाल अध्यक्ष माधब प्रधानको सभाध्यक्षतामा भएको कार्यक्रममा जिल्ला समन्वय समिति मकवानपुर प्रमुख ललित घलानको प्रमुख आतिथ्यता थियो । अनलाइन बालयौन शोषणसम्बन्धि नेपाल प्रहरी प्रधान कार्यालय साइबर ब्युरो प्रहरी नायव उपरीक्षक गजेन्द्र आचार्यले प्रस्तुतिकरण दिएका थिए । उनले अनलाइनमा बालयौन शोषण परिचय, बालयौन शोषणका स्वरुप, विद्यमान अवस्था, कानुनी व्यवस्थाहरु, सरोकारवाला निकायहरुको भूमिका र सुरक्षाका उपायबारे प्रस्तुतिकरण दिएका थिए । एआईमार्फत् बालबालिकाको यौनशोषण हुने क्रम बढ्दै गएको उनले बताएका थिए ।
कार्यक्रममा सहायक प्रजिअ राजेन्द्रप्रसाद कँडेल, बाल हेल्पलाइन प्रवन्धक झबिन्द्र ज्ञवाली, शिक्षा विकास तथा समन्वय एकाईं प्रमुख सुदीप गिरी, सामाजिक विकास मन्त्रालय, प्रदेश प्रहरी कार्यालय, मानवअधिकार आयोग, पालिकाको बालकल्याण अधिकारीहरु, नगर बाल सञ्जाललगायत सम्बन्धित निकायहरुको उपस्थिति थियो ।