24 C
Makwānpur
Homeमुख्य समाचार‘अलबिदा’ लेखेका डाक्टर सकुशल फेला
spot_img

‘अलबिदा’ लेखेका डाक्टर सकुशल फेला

spot_img

हेटौंडा/फेसबुकमा ‘अलबिदा’ लेखेर बेपत्ता भएका डाक्टर बालाजुमा सकुशल फेला परेका छन् । सामाजिकसञ्जालमा ‘अलबिदा’ लेखेका डा. केशब श्रेष्ठलाई प्रहरीले काठमाडौंमा सकुशल फेला पारेको हो ।

जिल्ला प्रहरीपरिसरको टोलीले बालाजुनजिक तार्केश्वरमा उनलाई फेला पारेको काठमाडौं प्रहरी प्रवक्ता एसपी अपीलराज बोहराले जानकारी दिए । सामाजिकसञ्जालमा ‘अलबिदा’ लेखेर बेपत्ता भएका श्रेष्ठलाई प्रहरीले खोजी तीव्र पारेको थियो । उनलाई जिल्ला प्रहरीपरिसर काठमाडौंका टोलीले तार्केश्वर नगरपालिका–३ स्थित श्रीनाथ बुटिक रिसोर्टबाट उद्धार गरेको छ ।

- Advertisement - Ad Banner

उनलाई प्रहरी टोलीले उद्धार गरेर प्रहरीपरिसर काठमाडौं कार्यालयमा ल्याएको छ । त्यहाँबाट उनलाई आफन्तको जिम्मा लगाइने बोहोराले बताए । सोमबार विहान चाबहिलस्थित गोपीकृष्णहल नजिक रहेको डेराबाट उनी बुलेट मोटरसाइकल चढेर हिँडेका थिए । स्ट्याटस लेखेर मोबाइल स्विचअफ गरेपछि प्रहरीले उनको खोजी तीव्र पारेको थियो । उनको खोजीमा उपत्यका अपराध अनुसन्धान कार्यालय, साइबर ब्युरो र काठमाडौंपरिसरका अनुसन्धान अधिकृतहरु जुटेका थिए । डा. श्रेष्ठ नवलपुर गैंडाकोटका हुन् । रामेछाप अस्पतालको निमित्त प्रमुख भएर काम गरेका उनको हेटौंडामा सरुवा भएको छ ।

spot_img
Basanta Ad

प्रतिक्रिया दिनुहोस

spot_img
spot_img

ताजा सन्देश

spot_img
spot_img

यो पनि