22.2 C
Makwānpur
Homeमुख्य समाचारविपन्न दलितलाई चल्ला र दाना
spot_img

विपन्न दलितलाई चल्ला र दाना

spot_img

हेटौंडा/हेटौंडा उपमहानगरपालिका–११ स्थित सागरपथका विपन्न दलितहरुलाई लोहाटन कुखुराको चल्ला र दाना वितरण गरिएको छ । आश्रय नेपालले वडाको आर्थिक सहयोगमा ४० घरधुरी दलितलाई चल्ला र दाना वितरण गरेको हो ।

आश्रय नेपाल अध्यक्ष सुनिता बिडारीको सभाध्यक्षतामा भएको कार्यक्रममा वडा अध्यक्ष जुना दाहालको प्रमुख आतिथ्यता थियो । विपन्न र पिछडिएका दलितहरुलाई आयआर्जनसँग जोडी आर्थिक सबलताको बाटोमा डोर्‍याउने उद्धेश्यले कार्यक्रम गरिएको संस्था सचिव मनिषा बिश्वकर्माले बताइन् । कार्यक्रममा वडा सदस्य गोपिनी सापकोटा, सागरपथ टोलविकास संस्था अध्यक्ष सूर्यबहादुर थिङ, सचिव बुद्धिनाथ न्यौपानेलगायतको आतिथ्यता थियो ।

- Advertisement - Ad Banner

सिमलटारका विपन्न दलितलाई पनि कुखुराको चल्ला र दाना वितरण गरिएको छ । सिमलटारका २५ घरधुरीलाई चल्ला र दाना वितरण गरिएको हो । ग्रामीण जीवनस्तर सुधार मञ्च हेटौंडाको आयोजना र वडाको आर्थिक सहयोगमा चल्ला र दाना उपलब्ध गराइएको हो । मञ्च अध्यक्ष दुर्गा घोरसाइनीको सभाध्यक्षतामा भएको कार्यक्रममा वडा अध्यक्ष दाहालको प्रमुख आतिथ्यता थियोे । कार्यक्रममा वडा सदस्य सापकोटा, सिमलटार टोलविकास संस्था अध्यक्ष देवकृष्ण थोकरलगायतको आतिथ्यता थियो ।

spot_img
Basanta Ad

प्रतिक्रिया दिनुहोस

spot_img
spot_img

ताजा सन्देश

spot_img
spot_img

यो पनि