22.2 C
Makwānpur
Homeमुख्य समाचारमेयरको असन्तुष्टि मागेजति दिँदा पनि प्रदेशले दिएन’
spot_img

मेयरको असन्तुष्टि मागेजति दिँदा पनि प्रदेशले दिएन’

spot_img

सुनिता बिष्ट
हेटौंडा/बागमती प्रदेशको राजधानीसमेत रहेको हेटौंडा उपमहानगरपालिकाको विकासका लागि बागमती प्रदेश सरकारले चासो नदेखाएको बताइएको छ । बुधबार हेटौंडा उपमहानगरपालिकाको आयोजनामा ॅसंघीय संरचनामा स्थानीय सरकार र हेटौंडाको विकास’ विषयक अन्तत्र्रिmयामा प्रदेश सरकारले प्रदेशको राजधानीमा विकास गर्न चासो नदेखाएको चर्चा भएको हो । तर, कार्यक्रमका प्रमुख अतिथि बागमती प्रदेशका मुख्यमन्त्री बहादुरसिंह लामाले स्थानीय तहको विकास भएमात्र सिंगो मुलुकको विकास हुने बताए । जसका लागि प्रदेश सरकारले स्थानीय तहसँगको समन्वयमा नीति, कार्यक्रम तथा बजेट निर्माणलाई तीव्रता दिइरहेको उनको भनाइ थियो ।

कार्यक्रममा जनप्रतिनिधिहरुले प्रदेशको स्थायी राजधानी हेटौंडामा भए पनि हेटौंडाको भौतिक विकासमा प्रदेश सरकार उदासीन रहेको बताएका हुन् । कार्यक्रममा हेटौंडाकी मेयर मीनाकुमारी लामाले प्रदेश सरकारले मागेजति आफूले उपलब्ध गराए पनि राजधानी विकासमा भने प्रदेश सरकार नलागेको बताइन् । यहा’को सडकसञ्जाल, पूर्वाधार निर्माण तथा राजधानीमा हुनुपर्ने संरचना निर्माणमा प्रदेश सरकारले चासो नदेखाउँदा हेटौंडाको विकास हुन नसकेको उनले बताइन् । हेटौंडा स्थायी राजधानी ’का नागरिकहरुले सोचेका थिए, त्यसको आधा पनि विकास हुन सकेको छैन । प्रदेश सरकारमा रहेका मन्त्री ज्युहरु आफ्‌नो निर्वाचन क्षेत्र र पालिका बनाउन व्यस्त हुनुहुन्छ । उनले हेटौंडाको विकासका लागि संघीय सरकारले भने सहयोग गरको बताइन् । हेटौंडाको खानेपानी क्षेत्र र ढल व्यवस्थापनका क्षेत्रमा संघीय सरकारले लगानी गरेको र त्यसको प्रतिफल राम्रो आएको उनको भनाइ थियो ।

- Advertisement - Ad Banner

उपमहानगर उपमेयर राजेश बानियाँले नगरपालिकाबाट सम्पादन भएका कामहरुको प्रचारप्रसार नहु’दा गरेका असल अभ्यासहरु नागरिकमाझ नपुगेको बताए । संघ, प्रदेश र स्थानीय सरकार तीन तहबाट प्राप्त अधिकार, बजेट र नीतिमा टेकेर गरेका कामहरुको प्रचार नभएको उनले बताए । ॅखानेपानीका लागि सिंहदरबार धाइरहेका मेयरहरु पनि हामीले देखिरहेका छौं,’ उपमेयर बानियाँले भने–हामी त्यही पानी निःशुल्क वितरण गरिरहेका छौं । तर, यस्ता कुराको प्रचार कम हँदा काम नगरेजस्तो भएको छ । पूर्वराष्ट्रियसभा सदस्य डा.खिमलाल देबकोटाले नीति तथा कार्यक्रम, योजना र बजेट तर्जुमा गर्दा ध्यान दिनुपर्ने विषयहरुको चर्चा गरेका थिए । उनले प्रदेशको राजधानी रहेको हेटौंडा उपमहानगरपालिकामा विकास गर्न तथा मानिसको आकर्षण बढाउन संघीय राजधानीसँगको सडक राम्रो हुनुपर्ने बताए । प्रदेशको राजधानी र संघीय राजधानी जोड्ने छोटो दुरीका सडक राम्रो र सजिलो भए हेटौंडामा बसाईं सरेर आउनेको दर बढ्ने देबकोटाले बताए । सडकसञ्जाल सहज नभएका कारण प्रदेशको राजधानीमा विकास हुन नसकेको र मानिसहरुको आकर्षणको केन्द्र बन्न नसकेको उनको भनाइ थियो ।

उनले हेटौंडाका १९ वटै वडाहरुका लागि बजेट निर्माण गर्दा त्यस वडाको अवस्था, विकटता र आवश्यकताका आधारमा रहेर योजना तर्जुमा गर्नुपर्ने बताए । हेटौंडा साक्षरता प्रतिशत्‌मा १७ औं स्थानमा रहेको बताउँदै देबकोटाले यसलाई सुधार गर्न उपमहानगरपालिकाले नीति बनाउनु आवश्यक रहेको बताए । हेटौंडा उपमहानगरपालिकाको मात्र साक्षरता दर हेर्ने हो भने सबभन्दा पहिलो स्थानमा ४ नम्बर वडा र अन्तिम स्थानमा १८ नम्बर वडा रहेको देबकोटाले बताए । यसका आधारमा टेकेर अन्तिम स्थानमा रहेका वडालाई बराबरीमा ल्याउने गरी नीति तथा कार्यक्रम र बजेट निर्माण गर्नु आवश्यक रहेको उनले औंल्याए ।

उनले योजना तर्जुमा गर्दा नगर प्रहरीको भूमिका, सहकारी संस्था, एफएम सञ्चालन, स्थानीय कर, स्थानीय सेवा व्यवस्थापन, स्थानीय तथ्यांक र अभिलेख संकलनलगायत विषयमा ध्यान दिनुपर्ने बताए । स्थानीयस्तरका विकास आयोजना तथा परियोजनाहरुमा समेत ध्यान दिनु जरुरी रहेको बताउ“दै उनले भने–विकास आयोजना तथा परियोजनासम्बन्धि नीति, कानुन बनाउनु आवश्यक छ । शहरी विकास, बस्ती विकास र भवनसम्बन्धि नीति, कानुन निर्माणमा ध्यान दिनुपर्छ भने राष्ट्रिय भवनसंहिता तथा मापदण्डबमोजिम भवन निर्माण अनुमति, अनुगमन र नियमन गर्ने सरकारी भवन, विद्यालय, सामुदायिक भवन, सभागृह र अन्य सार्वजनिक भवन तथा संरचना निर्माण र मर्मतसम्भार तथा सञ्चालन र व्यवस्थापनको नीति तयार गर्नु आवश्यक देखिन्छ ।

प्रदेश सांसद् प्रेमबहादुर पुलामीले प्रदेश सरकारले नीति तथा बजेट बनाउँदा सम्बन्धित सरोकारवाला निकायहरुलाई नसमेटेको बताए । आफूहरु यतिबेला प्रमुख प्रतिपक्षी दलको हैसियतमा रहेको र यस बेला रचनात्मक सुझाव दिनुपर्ने बताउँदै सांसद् पुलामीले भने–प्रदेश सरकारले बनाउने बजेटमा विकासमा भन्दा अन्य क्षेत्रमा लान पाए हुन्थ्यो जस्तो गर्नुहुन्छ । देशमा भएका सम्पत्ति बेचेर पैसामा रुपान्तरण गर्ने नीति नै बनाउँदैन । खेर गइरहेको बालुवा गिट्टी, काठलगायत प्राकृतिक स्रोतसाधन बेचेर पैसा कमाउन सकिन्छ । तर, नेपालमा प्राकृतिक स्रोत बेच्यो भने सबै सकिन्छ भन्ने सोच छ । सकिने भए अरब मुलुकमा तेल सकिन्थ्यो ।

सांसद् एकालाल श्रेष्ठले प्रदेश सरकारले हेटौंडाका लागि धेरै राम्रा काम गरेको दाबी गरे । पूर्वमन्त्रीसमेत रहेका श्रेष्ठले मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठान, हेटौंडा चक्रपथ, बाइपास सडकको अवधारणाजस्ता महत्वपूर्ण योजनाहरु बागमती प्रदेश सरकारकै भएको बताए । ॅप्रदेश सरकारको दायित्व प्रदेश राजधानीमा मात्र नभएको बताउँदै उनले भने–प्रदेश सरकारले प्रदेशका १ सय १९ वटा स्थानीय तहको विकासमा नजर लगाउनुछ । प्रदेशको राजधानी भएको स्थानीय तह हो भन्दैमा यहाँमात्र बजेट छ्ट्याउने, यहाँमात्र विकासनिर्माण गर्न असम्भव छ । तर, अन्य स्थानीय तहको तुलनामा हेटौंडाको समग्र विकासका लागि प्रदेश सरकार लागिपरेको छ ।

कार्यक्रममा प्रदेश सांसद्, जिल्लाका विज्ञ तथा विभिन्न क्षेत्रका सरोकारवाला निकायको उपस्थिति थियो । हेटौंडा उपमहानगरपालिकाले असार १० गते बस्ने नगरसभाबाट आगामी आर्थिक वर्ष २०८२/०८३ को नीति तथा कार्यक्रम ल्याउँदै छ । सोही नीति तथा कार्यक्रम निर्माणलाई सघाउ पुग्ने उद्धेश्यसाथ कार्यक्रम आयोजना गरिएको उपमहानगरपालिका आर्थिक विकास महाशाखा प्रमुख जगन्नाथ सापकोटाले जानकारी दिए ।/uploads/2025/06/29-Gate-PDF.pdf” title=”29 Gate PDF”]

spot_img
Basanta Ad

प्रतिक्रिया दिनुहोस

spot_img
spot_img

ताजा सन्देश

spot_img
spot_img

यो पनि