12.8 C
Makwānpur
Homeमुख्य समाचारईपीएस तालिम सम्पन्न
spot_img

ईपीएस तालिम सम्पन्न

spot_img

हेटौंडा/हेटौंडामा एक दिवसीय ईपीएस तालिम शनिबार सम्पन्न भएको छ । मकवानपुर उद्योग वाणिज्य संघअन्तर्गत् महिला उद्यमी विकास समितिले तालिम आयोजना गरेको हो ।

महिला उद्यमी विकास समिति सभापति सीतादेवी भेटवालको सभाध्यक्षतामा भएको कार्यक्रमका प्रमुख अतिथि संघ अध्यक्ष प्रमोदसिंह रानाभाट, नेपाल उद्योग वाणिज्य महासंघ केन्द्रीय सदस्य तथा संघ पूर्वअध्यक्ष कृष्ण कटुवालको विशिष्ठ आतिथ्यता रसंघ निवर्तमान अध्यक्ष कृष्णकुमार गुप्ता, संघ सल्लाहकार नरेन्द्र भण्डारी, उपाध्यक्ष काव्यमणि अधिकारी, महासचिव प्रतिमा श्रेष्ठ, सहकोषाध्यक्ष निलम वैद्य, सचिव कुलप्रसाद चौलागार्इं, निवर्तमान सभापति अंकिता सुमार्गी, कासस विक्रम सञ्जेल, आमन्त्रित राजाराम कार्की, पूर्वसभापतिहरु निरा गोर्खाली, सुशीला पाण्डे, पूर्वकावा सभापति देवकुमारी ढकाल, तालिम प्रशिक्षक विवेकआनन्द न्यौपानेलगायतको आतिथ्यता थियो ।

- Advertisement - Ad Banner

प्रमुख अतिथि तथा संघ अध्यक्ष रानाभाटले महिला उद्यमीहरुलाई सक्षम बनाउन संघ तालिमहरु आयोजना गर्न अग्रसर रहने बताए । तालिमका विशिष्ठ अतिथि केन्द्रीय सदस्य कटुवालले ईपीएस तालिम महिला उद्यमीहरुका लागि महत्वपूर्ण हुने विचार व्यक्त गरे । सभापति भेटवालले सपना पूरा गर्न आफंै क्रियाशील हुनुपर्ने र तालिमग्रहण गर्न आउनु नै यस विषयमा दक्षता हासिल गर्ने पहिलो खुड्किलो भएको बताइन् । ढिलाइ गर्दा अवसरहरु गुम्दै जाने अवस्था आउने बताउँदै उनले महिला उद्यमीहरुलाई आगामी दिनको सफलतामा सघाउनेसमेत बताइन् ।

तालिम प्रशिक्षक न्यौपानेले ४३ जना सहभागीहरुलाई भाषण कलाअन्तर्गत् ईपीएस तालिम प्रदान गरेका थिए । तालिममा प्रशिक्षकले माइक कन्ट्रोल, आई कन्ट्याक्ट, शब्दचयन, शारीरिक प्रस्तुति तथा व्यक्तित्व आदिमा ध्यान दिनुपर्ने विषय समेटी प्रशिक्षण प्रदान गरेका थिए । सहभागीहरुले आत्मविश्वास बढेको अनुभूति गर्दै तालिम अवधि थपेर एडभान्स तालिम पनि उपलब्ध गराइदिन अनुरोध गरेका थिए ।

spot_img
Basanta Ad

प्रतिक्रिया दिनुहोस

spot_img
spot_img

ताजा सन्देश

spot_img
spot_img

यो पनि