माधब न्यौपाने
हेटौंडा/नेपाली विद्यार्थीहरु उच्चशिक्षा लिने नाममा विदेशिने क्रम बढ्दै गएको छ । जसकारण नेपाली पैंसा वर्षेनि अर्बौ रुपिया’ बाहिर गइरहेको छ । सरकारी तथ्यांकअनुसार पछिल्लो ९ वर्षमा ३ लाख बढी विद्यार्थी अध्ययनका लागि विदेशिएका छन् । तर, ती विद्यार्थीहरुले के गर्दैछन्, उनीहरुको अवस्था कस्तो छ भन्ने सन्दर्भमा सरकारले प्रभावकारी अध्ययन नगरेको पाइएको छ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका अनुसार पछिल्लो ९ वर्षमा ३ लाख २ हजार ७ सय ९३ विद्यार्थीले विदेशमा अध्ययनका लागि अनुमति लिएको देखिन्छ । यसरी हेर्दा दैनिक १ सय ६४ जना विद्यार्थी विदेशिने गरेको पुष्टि हुन्छ । यसले पनि विद्यार्थीहरु विदेशिने क्रम बढ्दै गएको स्पष्ट हुन्छ ।
आव २०६७/०६८ मा ११ हजार ९ सय ८२ जना, २०६८/०६९ मा १० हजार ३ सय २४ जनाले अनुमति लिएका थिए । आव २०६९/०७० मा १६ हजार ५ सय ४, २०७०/०७१ मा २८ हजार १ सय २६ र २०७१/०७२ मा ३० हजार ६ सय ९६ जनाले अनुमति लिएको शिक्षा मन्त्रालयले जानकारी दिएको छ । आव २०७२/०७३ मा ३२ हजार ४ सय ८९, २०७३/०७४ मा ५० हजार ६ सय ५९, २०७४/०७५ मा ५८ हजार ७ सय ५८ र २०७५/०७६ मा ६३ हजार २५९ विद्यार्थी विदेशिएको शिक्षा मन्त्रालयको तथ्यांकमा उल्लेख छ । उक्त तथ्यांक पछिल्ला वर्षहरुमा त उल्लेख्य बढेको पाइन्छ । विदेशमा अध्ययनका लागि जानुअघि शिक्षा मन्त्रालयमार्फत् ॅनो अब्जेक्सन सर्टिफिकेट (एन.ओ.सी)’ लिनुपर्ने प्रावधान छ । अध्ययनका लागि नेपाली विद्यार्थीहरु अष्ट्रेलिया, अमेरिका, क्यानडा, जापानलगायत ६० देश जाने गरेका छन् । उच्चशिक्षा अध्ययनका लागि पछिल्लो चार महिनामा कुल १२ अर्ब १७ करोड रुपिया’ बाहिरिएको छ ।
जनशक्ति प्रक्षेपणले मुलुकमा केका लागि कति जनशक्ति आवश्यक छ भनेर प्रक्षेपण गर्ने र विदेशिने विद्यार्थीको संख्या घट्ने अपेक्षा लिइए पनि तत्कालीन शिक्षा मन्त्री गिरिराजमणि पोखरेलले प्रधानमन्त्रीलाई बुझाएको प्रतिवेदन अझै सार्वजनिक भएको छैन । गणतन्त्र स्थापनापछि गठन भएका नेपालका प्रँदेशिक सरकारहरुले प्रादेशिक विश्वविद्यालय माग राख्दै दौडधुप गरेको घटना नौलो होइन । प्राज्ञिक क्षेत्रका व्यक्तिहरुको संलग्नता रहेको उच्चशिक्षाको क्षेत्रमा विश्वविद्यालयको माग जायज छ/छैन भन्ने विषय गम्भीर बन्दै गएको पाइएको छ । प्रजातान्त्रिक विचार समाज मकवानपुरको आयोजनामा भएको ॅउच्चशिक्षा विकासमा प्रदेश विश्वविद्यालय सम्भावना, चुनौती र रणनीति’ विषयक अन्तत्र्रिmयाका सहभागीले यस्तो बताएका हुन् । जिल्लाका शिक्षाक्ष्ँेत्रका लामो समयदेखि क्रियाशील व्यक्तित्वहरुको भेलाले विश्वविद्यालयको माग आफ्नो स्थानमा ठीक भए पनि नेपाली विद्यार्थीको विदेशमोह रोक्नुपर्नेमा जोड दिएका थिए ।
सहभागीहरुले विश्वविद्यालयको माग राख्नुपहिले नेपालको शैक्षिक अवस्थाबारे विस्तृत विश्लेषण गर्नुपर्नेमा जोड दिए । समयमै परीक्षा नहुनु, नतिजा निर्धारित समयमा हुन नक्सदा शैक्षिक वर्ष गाभिनुजस्ता गम्भीर समस्याको चपेटामा परेका नेपाली विद्यार्थीलाई थप विश्वविद्यालय स्थापनाले रोक्न सक्छ/सक्दैन भन्ने निर्क्यौल गरेरमात्र अघि बढ्न सहभागीहरुले सुझाव दिए । विश्वविद्यालय खोल्नु भनेको एकताका नेपालका हरेक पालिकाले भ्युटावर निर्माणमा बजेट हालेजस्तै नहोस् र बच्चा जन्माउनुभन्दा पहिला भोटो सिलाउने काम जस्तो नहोस् भन्ने सुझाव सहभागीहरुले दिएका थिए । समाज मकवानपुर अध्यक्ष देवचन्द्र मानन्धरको सभाध्यक्षतामा भएको अन्तत्र्रिmयामा मकवानपुर बहुमुखी क्याम्पस अध्यक्ष अनन्त पौडेल, हेटौंडा क्याम्पस अध्यक्ष आनन्द पराजुली, बनविज्ञान क्याम्पस पूर्वडीन डा. बलराम भट्ट, निर्मल बहुमुखी क्याम्पस प्रमुखले विश्वविद्यालय खोल्नु राम्रो भए पनि यसका चुनौतीबारे गम्भीर विश्लेषण गर्नुपर्ने भन्दै सेतो हात्ती नबनाउन आवश्यक रणनीति बनाउनुपर्ने सुझाव दिएका थिए ।
बागमती प्रदेश विश्वविद्यालय अध्यक्ष प्राडा चन्द्रमणि पौडेलले संघीयताको मुल मर्म आफ्नो भूगोलको विषयवस्तु समेटेर उच्चशिक्षा प्रदान गर्न विश्वविद्यालयको अवधारणा ल्याउनु राम्रो भएको बताए । उनले हरेक कामको पछाडि अवसर र चुनौती हुन्छन् । ती चुनौती सबैले हातेमालो गरे सामना गर्नुपर्नेमा उनको जोड थियो । लामो समयदेखि शिक्षाक्षेत्रमा योगदान पुर्याएका शिक्षाविद्हरु दीपकलाल खतिवडा, ऋषिराम पोखरेल, मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठान रजिष्टार भीमसागर गुरागाईं, बद्रीनाथ शर्मालगायतले हतारमा काम गरेर फुर्सद्मा पछुताउनुनपर्ने गरी विश्वविद्यालयको आवश्यकता, अवसर र चुनौतीबारे बिस्तृत अध्ययन गर्नुपर्ने र यस्ता बहस अझै गरिनुपर्नेमा जोड दिए ।
कार्यक्रमकै अवसरमा मकवानपुरमा रहेर विद्यावारिधि हासिल गर्नेहरुलाई स्वागत तथा सम्मान गरिएको थियो । सम्मानित हुनेहरुमा डा. रामबहादुर भण्डारी, डा. शिवराज पराजुली, डा. लीलानाथ ढुंगेल, डा. भीमप्रसाद तिमिल्सना र डा. सुमार्गी हुमागाईं छन् । कार्यक्रमको अवसरमा न्याय क्षेत्रमा विशेष योगदान पुर्याउँदै वरिष्ठ अधिवक्ता उपाधि हासिल गर्ने केशबप्रसाद काफ्ले, ईश्वरराज ढकाल, धु्र्रवप्रसाद चौलागाई र कृष्णप्रसाद अर्याललाई सम्मान गरिएको थियो । मकवानपुरबाट निजामति क्षेत्रमा उच्च पद प्रँप्त गर्न सफल मधेश प्रदेश सचिव मदन भुजेल र शिक्षासेवा आयोग सदस्य रामशरण सापकोटालाई सम्मान गरिएको थियो ।